Logo
१० चैत्र २०७९, शुक्रबार
     Fri Mar 24 2023
E-paper
  English Edition
   Unicode
Logo

अमेरिकामा बेवारिसे बन्यो दान बहादुरको शब



११ जुलाई, अमेरिका । अमेरिकामा भर्जिनियाको शब गृहमा एक नेपालीको बेवारिसे शब फेला परेको छ ।  ४९ दिन देखि भर्र्जििनयाको शवगृहगृहमा बेबारिसे रुपमा दोलखा जिल्लाका स्व. दान बहादुर तामांङको शब बेवारिसे अवस्थामा रहेको पत्ता लागेको छ । स्व तामांगको मृत शरिर भर्जिनियाको फेयरफ्याक्स काउन्टीका प्रहरीले मे महिनाको अन्त्यतिर कुनै पार्कमा फेला पारेको अमेरिकाबाट डिक बहादुर तामाङले इनेप्लीजमा लेखेका छन् ।

नेपाली हो भनेर पत्ता लगाएपछि मे महिनाको २८ तारिखको दिन नेपाली राजदूताबासमा खबर भएको बुझिएको छ । तर, दुर्भाग्यवस मृतकको साथमा नेपाली राहदानी नभएको कारण दूताबासले नजिकको नातालाई वा तामांङ सोसाइटी ग्रेटर वाशिंगटनलाई खबर गर्न नसकेको अबस्था बनेको छ ।

सुकिला इन्दु समाजका चार जात छतिस बर्णका जोसुकै हुन् धनी ,गरिब, अग्ला होचा महिला पुरुष अथवा कुनै प्राणीले जन्मेपछि मृत्युलै स्वीकार्नु पर्छ मृत्युको पनि आफ्नै प्रकार छ सास्वत सत्य हो ।

कुनै समय तत्कालिन नेपाली शाही सेनाका पूर्व हवल्दार अमेरिकाको सुनौलो सपना बोकेर कुनै तत्कालिन सैनिक सहचारी महासेनानिको परिचरको रुपमा तत्कालिन वाशिंगटन डिसी १९९८ तिर आएका थिए ।

मक्लिनको एउटा भोजनालयमा काममा लागे पछि यस क्षेत्रमा सबैभन्दा ठुलो दर्ज सेफ बने । उनको सबैभन्दा प्यारो संस्था तामांग सोसाइटी ग्रेटर वाशिंगटनका सदस्य बनेर हरेक काममा अघि सरेर काम गर्थे ।

खबर नगरेको कारण मृतकको लास ४९ दिनसम्म अमेरिकाको मोर्गमा बेबारिसे अवस्थामा बसेको छ । नेपालीहरुले थाहा पाए पछि, दाह संस्कार गर्न उनकी छोरीलाई आफ्नो बाबुको अनुहार देखाउन अमेरिकामा झिकाउन नेपाली राजदूतावास र तामांङ सोसाइटी ग्रेटर वाशिंगटन पदाधिकारीहरु लागि परेका छन् ।

आफ्नो राहदानी साथमा बोकेर हिंडेको भए, राहदानीको पछिल्लो पानामा नजिकको नाताको नाम ठेगाना र फोन नम्बर लेखेको भए राजदूताबासले तुरुन्त सम्बन्धित निकायमा सम्पर्क गर्न सक्थ्यो तर त्यो अवस्था भएन ।

हाम्रा देशको राहदानीमा पनि कुनै पनि नेपाली राहदानी वाहकले जहा जाने हो आफ्नो दूताबासमा खबर गर्नुहोला भनेर लेखिएको छ । हाम्रो राहदानीमा, कुनै पनि राजदूताबास प्रथम कर्तब्य भनेको आफ्नो देशका नागरिकको सुरक्षा गर्नु हो ।

यो घटनाले मृतको आफन्तमा अन्याय महसुस भएको छ । किनकि समयमा खबर पुर्याउन सकिएन । बुद्धमार्गीहरुको चलन अनुसार बिभिन्न प्रकार प्रार्थनाहरु गर्नु पर्ने हुन्छ ।

आज ४९ दिन पुगेकोले उनको नाममा तामांग सोसैत्य्ले पूल्स्विल्स स्थित निग्मा परम्परा अनुसार प्रार्थना सभा हुदैंछ,  महसुस गरि रहनु भएको छ, नेपाली राजदूतावासको के काम ? हाम्रो मानिसको यस्तो अबस्थामा पुग्दा पनि हामीले खबर नपाउनुको कारण के ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मंगलबार एउटा अप्रत्यासित खबरले अमेरिकाका नेपाली स्तब्ध भए । अमेरिकाको नेपाली समाज मात्र नभएर

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंकहरुमा सार्वजनिक विदाको सूची सार्वजनिक गरेको

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले