back
CTIZAN AD

अमेरिकामा बेवारिसे बन्यो दान बहादुरको शब

वि.सं.२०७६ असार २६ बिहीवार

921 

shares

११ जुलाई, अमेरिका । अमेरिकामा भर्जिनियाको शब गृहमा एक नेपालीको बेवारिसे शब फेला परेको छ ।  ४९ दिन देखि भर्र्जििनयाको शवगृहगृहमा बेबारिसे रुपमा दोलखा जिल्लाका स्व. दान बहादुर तामांङको शब बेवारिसे अवस्थामा रहेको पत्ता लागेको छ । स्व तामांगको मृत शरिर भर्जिनियाको फेयरफ्याक्स काउन्टीका प्रहरीले मे महिनाको अन्त्यतिर कुनै पार्कमा फेला पारेको अमेरिकाबाट डिक बहादुर तामाङले इनेप्लीजमा लेखेका छन् ।

नेपाली हो भनेर पत्ता लगाएपछि मे महिनाको २८ तारिखको दिन नेपाली राजदूताबासमा खबर भएको बुझिएको छ । तर, दुर्भाग्यवस मृतकको साथमा नेपाली राहदानी नभएको कारण दूताबासले नजिकको नातालाई वा तामांङ सोसाइटी ग्रेटर वाशिंगटनलाई खबर गर्न नसकेको अबस्था बनेको छ ।

सुकिला इन्दु समाजका चार जात छतिस बर्णका जोसुकै हुन् धनी ,गरिब, अग्ला होचा महिला पुरुष अथवा कुनै प्राणीले जन्मेपछि मृत्युलै स्वीकार्नु पर्छ मृत्युको पनि आफ्नै प्रकार छ सास्वत सत्य हो ।

कुनै समय तत्कालिन नेपाली शाही सेनाका पूर्व हवल्दार अमेरिकाको सुनौलो सपना बोकेर कुनै तत्कालिन सैनिक सहचारी महासेनानिको परिचरको रुपमा तत्कालिन वाशिंगटन डिसी १९९८ तिर आएका थिए ।

मक्लिनको एउटा भोजनालयमा काममा लागे पछि यस क्षेत्रमा सबैभन्दा ठुलो दर्ज सेफ बने । उनको सबैभन्दा प्यारो संस्था तामांग सोसाइटी ग्रेटर वाशिंगटनका सदस्य बनेर हरेक काममा अघि सरेर काम गर्थे ।

खबर नगरेको कारण मृतकको लास ४९ दिनसम्म अमेरिकाको मोर्गमा बेबारिसे अवस्थामा बसेको छ । नेपालीहरुले थाहा पाए पछि, दाह संस्कार गर्न उनकी छोरीलाई आफ्नो बाबुको अनुहार देखाउन अमेरिकामा झिकाउन नेपाली राजदूतावास र तामांङ सोसाइटी ग्रेटर वाशिंगटन पदाधिकारीहरु लागि परेका छन् ।

आफ्नो राहदानी साथमा बोकेर हिंडेको भए, राहदानीको पछिल्लो पानामा नजिकको नाताको नाम ठेगाना र फोन नम्बर लेखेको भए राजदूताबासले तुरुन्त सम्बन्धित निकायमा सम्पर्क गर्न सक्थ्यो तर त्यो अवस्था भएन ।

हाम्रा देशको राहदानीमा पनि कुनै पनि नेपाली राहदानी वाहकले जहा जाने हो आफ्नो दूताबासमा खबर गर्नुहोला भनेर लेखिएको छ । हाम्रो राहदानीमा, कुनै पनि राजदूताबास प्रथम कर्तब्य भनेको आफ्नो देशका नागरिकको सुरक्षा गर्नु हो ।

यो घटनाले मृतको आफन्तमा अन्याय महसुस भएको छ । किनकि समयमा खबर पुर्याउन सकिएन । बुद्धमार्गीहरुको चलन अनुसार बिभिन्न प्रकार प्रार्थनाहरु गर्नु पर्ने हुन्छ ।

आज ४९ दिन पुगेकोले उनको नाममा तामांग सोसैत्य्ले पूल्स्विल्स स्थित निग्मा परम्परा अनुसार प्रार्थना सभा हुदैंछ,  महसुस गरि रहनु भएको छ, नेपाली राजदूतावासको के काम ? हाम्रो मानिसको यस्तो अबस्थामा पुग्दा पनि हामीले खबर नपाउनुको कारण के ?

वि.सं.२०७६ असार २६ बिहीवार १४:११ मा प्रकाशित

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

ब्रुज (बेल्जियम)। नेपाली जनसम्पर्क समिति बेल्जियमको छैटौं अधिवेशन सम्पन्न भएको...