back
CTIZAN AD

“बसन्त फिल्मस् प्रा.लि.को प्रथम साधारण सभा सम्पन्न

वि.सं.२०७३ मंसिर ३ शुक्रवार

864 

shares

basanta-films

“प्रवासमा नेपाली कलाकार एक हौ, नेपाली कला, सस्कृति र प्रतिभाको सम्मान तथा प्रवर्द्धन गरौ” भन्ने मुला नाराका साथ कतारमा स्थापित बसन्त फिल्मस् प्रा.लि.को प्रथम साधारण सभा सम्पन्न भएको छ । कार्यक्रम गत सोमबार काठमाडौंको लैनचौर स्थित दरबार रोधी घरको सभाहलमा सभ्य एवम भव्य रुपमा सम्पन्न भएको हो ।

कार्यक्रममा फिल्मसका प्रबन्ध निर्देशक ईश्वर काफ्ले सभापति तथा प्रस्तोता समाजका अध्यक्ष एवम लोकप्रिय गायक हेमन्त शर्मा प्रमुख अतिथि रहेका थिए । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका पुर्व अध्यक्ष तथा वरिष्ठ गायक दुर्गा रायमाझी विशेष अतिथि रहेका थिए।

यसैगरी गुरुआमा फिल्मसका प्रबन्धक स्मृति तिमिल्सिना, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका सचिव कृष्ण रेउले, प्रतिष्ठानका सदस्य शिव हमाल, राजु ढकाल, जमुना राना, उपत्यका समन्वय समितिका अध्यक्ष पिएन सापकोटा, गायक शिरिष देवकोटा, सन्तोष के.सी., गायिका देवि घर्ति, हास्य कलाकार ज्योति काफ्ले, समाजसेवि तथा व्यवसायी केसब भुसाल, चर्चित सर्जक तथा सङ्गीतकार एकनारायण भन्डारी, मारुनी रेकर्डिङ स्टुडियोका सन्चालक कुमार राना लगायत अतिथि रहेका थिए । साथै कार्यक्रममा कलाप्रेमी, कलाकार तथा बिभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

विधिवत रुपमा व्यानर अनावरण तथा दिप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रम फिल्मसका महासचिव मोहन शाहको सन्चालन तथा सचिव सरद पाण्डेले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले बसन्त फिल्मसको खुलेर चर्चा गरे । बसन्त फिल्मस् प्रा.लि.को भावी योजना र सामाजिक गतिविधिहरुका बारेमा लोक गायक शिरीष देवकोटाले प्रकाश पारेका  थिए ।  तेस्तै कार्यक्रममा प्रमुख अतिथि हेमन्त शर्मा,  दुर्गा रायमाझी,  सर्जक शिव हमाल, राजु ढकाल, जमुना राना, हास्य कलाकार ज्योति काफ्ले, व्यवसायी तथा समाजसेवी केशब भुसाल, सर्जक एकनारायण भण्डारी लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए ।

कतारमा स्थापित भएर नेपालमा आफ्नै कार्यालय स्थापना गरी सकेको फिल्मस् साँगितिक फाटको सस्था भएतापनि कतारमा तथा नेपालमा बिभिन्न सामाजिक संघ सस्था तथा विभिन्न पिडितहरुलाई आर्थिक सहयोग गर्दै आइरहेको छ । फिल्मस् कतारको सन्दर्भमा कलाकारहरुको सम्मान कार्यक्रममा अग्र पङ्क्तिमा छ । फिल्मसले कलाकारहरुलाई सम्मान मात्र नभएर विभिन्न म्युजिक भिडियोहरुलाई बजार व्यवस्थापन समेत गर्दै आइरहेको छ ।

फिल्मसका प्रबन्ध निर्देशक तथा प्रथम साधारण सभाका सभापति काफ्लेले बोल्दै कार्यक्रम सफल बनाउन अमुल्य योगदान दिनुहुने सम्पूर्णलाई विशेष धन्यवाद दिदै सभालाई समापन गरेका थिए । सो साधारण सभाले पुरानो कार्य समिती फेरबदल गरी नयाँ कार्यसमिती चयन गरेको छ ।

नव गठित कार्यसमिती निम्न प्रकार रहेको छ ।

प्रबन्ध निर्देशक – ईश्वर काफ्ले
प्रमुख व्यवस्थापक – मधु सुदन डागी
व्यवस्थापक – सरद पाण्डे
महासचिव -मोहन साह
सचिव – अबु बकर अलि
कोषाध्यक्ष – मेघ मोक्तान

सदस्यहरु –
बिक्रम बुढाथोकी
अरुणा के सि
वसन्त पोख्रेल
सुरज बि सि
किरण लामा
अजय परियार
बुद्दवीर थापा
पोषण डागी
तिलु शर्मा पौडेल

प्रमुख सल्लाहकार – माया के.सि.
सल्लाहकार – केसब कडेल
मिडिया पार्टनर – “कुमार अविरल” पन्थी (साझा नेटवर्क डटकम तथा गुल्मी टाईम्स डटकम) रहेका छन ।

वि.सं.२०७३ मंसिर ३ शुक्रवार १४:५७ मा प्रकाशित

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...