back
CTIZAN AD

भारतमा बाढीका कारण तीनको मृत्यु, चार लाख प्रभावित

वि.सं.२०७६ असार २७ शुक्रवार

930 

shares

२७ असार, गुवाहाटी, भारत ।  अत्यधिक वर्षासँगै आएको बाढीका कारण भारतको आसाम राज्यमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार अरू चार लाख जना बाढीका कारण अलपत्र परेका छन् ।

“हामीलाई अहिलेसम्म प्राप्त विवरणअनुसार कम्तीमा तीन जनाको मृत्यु भएको छ, त्यसमध्ये दुई जनाको बाढीसम्बन्धी घटना र अर्का एक जनाको पहिरोका कारण मृत्यु भएको हो,”
आसाम राज्य विपद् व्यवस्थापन कार्यालयका अधिकारीले भनेका छन् ।
पछिल्लो २४ घण्टामा २५० भन्दाबढी गाँउ जलमग्न भएको पनि कार्यालयका एक वरिष्ठ अधिकारीले जानकारी दिए । सरकारले घटनास्थलमा खोजी तथा उद्धार गर्न र राहत उपलब्ध गराउन मातहतका निकायका अधिकारीहरूलाई निर्देशन दिएको जनाएको छ ।
हालै भित्रिएको मनसुनपछिको वर्षाका कारण यो हप्तामात्रै भारतका विभिन्न ठाउँमा ठूलो मात्रामा बाढी आएको र डुबान भएको छ ।

वि.सं.२०७६ असार २७ शुक्रवार ०९:३० मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...