मलाई मन पर्दैन त्यो हाँसो
जुन हाँसोले अरुलाई गिज्याओस्
आफू माथि परी
अरुलाई तल झारी
मन दुख्ने गरि
हृदयमा बिझ्नेगरि
अहँले भरिएको हाँसो
साच्चै मलाई मन पर्दैन
हाँसो त फूल जस्तै हुनु पर्छ
जून जस्तै हुनु पर्छ
प्रभातमा हरियो दूबो माथि
टल्किएका शित् जस्तै
सूर्योदयसँगै देखिएका
हिमाल जस्तै
कलकल बगेकि नदि जस्तै
बतास सँगै रमाएका
वनस्पति जस्तै
हो हासो यस्तै हुनुपर्छ ।।
दुखेको मन हसाँउने खालको
आफू दुख्दा पनि अरुको
खुसि समेटिने खालको
दुष्मनले पनि ईष्र्या गर्ने
कपट नबोकिएको
सबैको मन मष्तिष्कमा छुने
हो हासो यस्तै हुनु पर्छ ।।।
वि.सं.२०७६ असार २८ शनिवार १०:५१ मा प्रकाशित





























