Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

विनोद भण्डारीको ब्याटिङले नेपालले बनायो किर्तिमानी स्कोर



२९ असार । अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलमा आज भएको दोस्रो खेलमा नेपालले मलेसियालाई दोस्रो १ सय ७४ रनको लक्ष्य दिएको छ ।

आइतबार किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको १ सय ७३ क्षतिमा रन बनायो ।

सुरुमा खराब प्रदर्शन रहेको नेपाललाई विनोद भण्डारीले विष्फोटक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेपछि नेपालले किर्तिमानी स्कोर बनाएको हो ।

टी ट्वान्टी आईमा नेपालले बनाएको यो हाल सम्मकै उच्च स्कोर हो । यसअघि सन् २०१४ को टी ट्वान्टी विश्वकप क्रिकेटमा हङकङविरुद्द बनाएको १ सय ४९ रन नै नेपालको टी ट्वान्टी आईमा उच्च स्कोर रहँदै आएको थियो ।

नेपाललाई कीर्तिमानी स्कोर पु¥याउन विनोद भण्डारीले २५ बलमा ३ चौका र ५ छक्का सहित ५१ रनमा अविजित रहे । उनले इनिङको अन्तिम बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे ।

अनुभवी ब्याट्सम्यान शरद भेषवाकरले ४० रनको महत्वपूर्ण योगदान दिए ।
मलेसियासँगको आइतबारको पहिलो खेलमा सहज जित निकालेको नेपालले उच्च स्कोरको लक्ष्य बनाएसँगै दोस्रो खेल पनि जित्न सक्ने सम्भावना बनाएको छ ।

सिङ्गापुरमा आगामी साउन ६ देखि १२ गतेसम्म आइसिसी टी–ट्वान्टी विश्वकप एशिया छनोटमा नेपालसहित आयोजक सिङ्गापुर, मलेसिया, कतार र कुवेत भिड्ने छन् । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ