back
CTIZAN AD

विनोद भण्डारीको ब्याटिङले नेपालले बनायो किर्तिमानी स्कोर

वि.सं.२०७६ असार २९ आइतवार

933 

shares

२९ असार । अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलमा आज भएको दोस्रो खेलमा नेपालले मलेसियालाई दोस्रो १ सय ७४ रनको लक्ष्य दिएको छ ।

आइतबार किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको १ सय ७३ क्षतिमा रन बनायो ।

सुरुमा खराब प्रदर्शन रहेको नेपाललाई विनोद भण्डारीले विष्फोटक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेपछि नेपालले किर्तिमानी स्कोर बनाएको हो ।

टी ट्वान्टी आईमा नेपालले बनाएको यो हाल सम्मकै उच्च स्कोर हो । यसअघि सन् २०१४ को टी ट्वान्टी विश्वकप क्रिकेटमा हङकङविरुद्द बनाएको १ सय ४९ रन नै नेपालको टी ट्वान्टी आईमा उच्च स्कोर रहँदै आएको थियो ।

नेपाललाई कीर्तिमानी स्कोर पु¥याउन विनोद भण्डारीले २५ बलमा ३ चौका र ५ छक्का सहित ५१ रनमा अविजित रहे । उनले इनिङको अन्तिम बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे ।

अनुभवी ब्याट्सम्यान शरद भेषवाकरले ४० रनको महत्वपूर्ण योगदान दिए ।
मलेसियासँगको आइतबारको पहिलो खेलमा सहज जित निकालेको नेपालले उच्च स्कोरको लक्ष्य बनाएसँगै दोस्रो खेल पनि जित्न सक्ने सम्भावना बनाएको छ ।

सिङ्गापुरमा आगामी साउन ६ देखि १२ गतेसम्म आइसिसी टी–ट्वान्टी विश्वकप एशिया छनोटमा नेपालसहित आयोजक सिङ्गापुर, मलेसिया, कतार र कुवेत भिड्ने छन् । 

वि.सं.२०७६ असार २९ आइतवार ०९:५७ मा प्रकाशित

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

काठमाडौं । नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र...

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

काठमाडौं । सातौं इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२ औं राष्ट्रिय...