Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

बुद्धको आँखाले ढोरपाटन झल्झली देखिरहेको छ !



हरेक नयाँ बिहानीले पटक–पटक नयाँ जीवनको सुरुवात गर भन्छ ! लुम्बिनी गार्डेनका फूलहरुले मुसुक्क मुस्कुराउन सिकाईरहेका हुन्छन् । सेन्टरको तलाउले मनलाई निर्मल बनाउ भन्छ, अनि वरिपरिका बृक्षहरुले स्वच्छ वायु प्रवाह गर्दा चराहरु आफ्नो धुन निकाल्छन् र बाँदरको एकताले टुट–फुट आरोप प्रत्यारोपमा बिभाजित मानवहरुलाई गिज्याइरहन्छ । हो एक बिहानै आकासमा लाली छाउन नखोज्दै मर्निङवाकमा खुट्टा बजार्नेहरु यही अनुभूति गर्छाै । भनौ, अझ आफूभित्रको पुरानो जीवनलाई बदल्ने प्रयत्न गर्छाै । यो लुम्बिनी भित्रको प्रकृतिक गुण मात्र हो जो नेपालका हरेक ठाउँको आ–आफ्नै बिशेषता हुन्छन् ।

लुम्बिनी सन् १९९७ देखि बिश्वसम्पदा सूचीमा सूचित छ । १९६७ अप्रिल २३ मा संयुक्त राष्ट्रसंघका तत्कालिन महासचिब उथान्तले यसको विकास गरुयोजना बनाएर अन्तराष्ट्रिय मापदण्डअनुरुपको धार्मिक एबं पर्यटकिय स्थल बनाउन बिश्वबिख्यात बास्तुविद् जापानिज नागरिक प्रोफेशर केन्जो टाँगेको टिमलाई जिम्मा दिए । करिव ६ बर्ष लगाएर प्रोफेशर टाँगेले गुरुयोजना बनाए । गुरुयोजनाको मुख्य उदेश्य यहाँ राष्ट्रिय तथा अन्तराष्ट्रिय बौद्ध संस्कृतिका जिवन्त परम्परालाई झल्काउने तथा लुम्बिनीको ऐतिहासिक पुरातात्विक तथा धार्मिक महत्वलाई संरक्षण गर्दै अन्तराष्ट्रिय मापदण्डको पबित्र तिर्थस्थलको रुपमा संरक्षण एबं संबर्धन गर्ने हो भन्ने बुझिन्छ ।

गौतम बुद्ध अर्थात् The Light of Asia  को जन्मस्थान हो लुम्बिनी । लुम्बिनीको नाम सुन्दा गौतम बुद्धको जन्मस्थान झ्वास्सै जो कसैलाई सम्झना आउछ । लुम्बिनी विविधताले भरिपूर्ण भूमी हो । जहाँ बिना तामझाम ऐतिहासिक यथार्थतालाई झल्काउने मायाँ देबिको मन्दिर छ । अशोक स्तम्भ, अशोककाल पूर्व मौर्यकालका ईटाका संरचना बुद्धकालीन ईट्टाका बुट्टा बुद्धको पाईला आकारको शिला (मार्केङस्टोन) , ऐतिहासिक गुम्बा लगायतका पुरातात्विक सम्पदा ! लुम्बिनीको बारेमा देशी बिदेसी थुप्रै लेखकले आर्टिकल लेखेका छन् । हामी विभिन्न पुस्तकमा पढ्थ्यौ,अनलाईनमा पढ्थ्यौ पढेको आधारमा केही जान्नेहो र आ–आफ्नो धारणा बनाउने हो । यथार्थमा थाहा पाउन लुम्बिनी भ्रमण गर्नैपर्ने हुन्छ ।

लुम्बिनी बिकासको लागि ११५५ बिघा भू–भागलाई तीन खण्डमा बिभाजित गरिएको छ । जस्तो की, पुरातात्विक क्षेत्र (पवित्र उद्यानम), अन्तराष्ट्रिय बौद्ध बिहार र नयाँ लुम्बिनी ग्राम । यो राष्ट्रिय गौरवको आयोजना हो । लुम्बिनी गरुयोजनाले दिर्घकालिन महत्व बोकेको छ । सायद ! त्यैसैले त होईन गुरुयोजना बनाउँदा जन्मेका गुरुहरुको दाह्री कपाल फुलिसके होलान् तर अझै सम्म लुम्बिनी गुरुयोजना ढपक्क फूल्न सकिरहेको छैन । अर्थात ४८ बर्षपहिले बनेको गुरुयोजनाले विभिन्न उतारचढाव खेप्दै आईरहेकोछ ।

परापूर्वकालदेखी मायाँदेवी मन्दिरमा हुँदै पुजारी गर्दै आएका योगेन्द्रनाथ पाण्डेका अनुसार स्थानिय समुदाय लुम्बिनीको विकसको लागि जागरुक नहुदा वा नगराउँदा तथा राजनीतिक भागभण्डाको आधारमा विकास कोषका निर्णायक तहका पदाधिकारीहरु, कर्मचारीहरु चयन गर्नु र यसरी चयन गरिएका पदाधिकारी तथा कर्मचारीलाई अपनत्व महशुस नहुने भएको हँंदा समयमै गुरुयोजना सम्पन्न न भएको बुझिन्छ । यद्यपि पछिल्लो समय गरुयोजनाको काम धमाधम भईरहेको बुझिन्छ । योजना सम्पन्न हुँदा लुम्बिनीको मुहार अझ उज्यालो हुने छ लुम्बिनी साँच्चीकै लुम्बिनी हुने छ ।

लुम्बिनीको बिकास गौतमबुद्धको प्रतिमा आकारमा भैरहेको छ । मानौ बुद्ध उत्तर फर्किएर सुतिरहेका छन् । उद्यानको चारैतिरको तलाउ उनको केश बनेको छ । मायाँदेबी मन्दिर ,पबित्र कुण्ड बोध वृक्ष तथा अशोकस्तम्भ पूराना ईट्टाका संरचना वरिपरीको उद्यनमा फूलहरुको मुस्कान गौतम बुध्दको अनुहार हो जसले सिधा उत्तरतिरको ढोरपाटन हेरीरहेको देखिन्छ । घाँटीमा विश्व शान्ति दिप छ । पेटको भागमा निश्चल तलाउछ जहाँ डुङ्गा चलिरहेका छन् । र दुबै खुट्टाको बिचमा विश्व शान्ति स्तूप (जापानिज मन्दिर) बनेको छ । शरिरको दायाँपट्टी थेराबादी र बायाँपट्टी माहायानीका गुम्वा तथा बिहारहरु छन् । दायाँ खुट्टा तिर लुम्बिनी ग्राम हुने छ ।
लुम्बिनीको बारेमा बखानगाउनेको कमी छैन तर यो पंक्तिकारले देखेको तथा बताउन चाहेको खासकुरा यहाँ आउने तथा आउन चाहाने पर्यटकहरुको ब्यबस्थापकिय पक्षमा भएको फितलो पन हो ।

संसारभरका बुद्ध धर्मालम्बीको आस्थाको केन्द्र त लुम्बिनी हो नै हो । तर, लुम्बिनी बिश्वका हरेक धर्मसम्प्रदाय तथा धर्मकर्ममा बिश्वास नगर्ने भौतिकबादीहरुको पनि अध्ययन तथा अबलोकनको गन्तव्य स्थान हो । यहाँ आन्तरिक पछी सबै भन्दा बढी छिमेकीमुलुक भारतका पर्यटकहरु आउछन । त्यस्तै श्रीलङ्का, भुटान, म्यानमार, थाईल्यण्ड, चाईना, कोरिया, कम्बोडिया मलेसिया, क्यानडा, ईन्डोनेसिया, भियतनाम, फ्रान्स ,जर्मनी ,ईटाली, स्पेन लगायत अन्य थुप्रै मुलुकका पर्यटकहरु लुम्बिनी आउछन् । यी पाहुनाहरुलाई हरेक कोणबाट खुसी बनाई स्थानिय तथा राष्ट्रिय आम्दानी वृद्धि गर्न सकिन्छ । तर, सुन्दा अचम्म लाग्न सक्छ यहाँ आउने अधिकाशं पर्यटकको गास बास गोरखपुरमा हुन्छ । गोरखपुर भारतको एउटा बजार हो । भारतका ट्राभल एजेन्सीहरु र होटल ब्यबसायीहरु लुम्बिनीको नाममा मज्जाले आम्दानी गरीरहेका छन् । श्रीलङ्का तथा दक्षिण भारत लगायतका प्राय ः पर्यटकहरु गोरखपुरबाट ट्राभलका डिलक्स बसमा बिहान लुम्बिनी घुम्न आउछन् । उतैबाट खाना पानी प्याकिङ गरेर ल्याउछन् ! दिनभरी घुम्छन् त्यहि उतैबाट ल्याएको खाना खान्छन् फोहर नेपालमा छोड्छन अनि फर्केर गोरखपुरमै पुग्छन ।

नेपाल सरकारले लुम्बिनी भ्रमणबर्ष मनाउने हाँक हालिरहेको छ । २०२० मा करिब २० लाख पर्यटक यहाँ भित्राउने लक्ष्य पनि लिएको छ । पर्यटक भित्राउने मात्र ठूलो कुरा होईन युरोप अमेरिका अष्ट्रेलिया लगायत चिसो हावापानीबाट विभिन्न बगैचाहरु घुम्दै प्राकृतिक सौन्दर्यताको बटबृक्षमा रम्दै लुम्बीनी आउईपुग्ने पर्यटकहरुलाई भैरहवादेखी लुम्बिनी सम्मको निर्माणधिन सडकको धुलो र फोहोरले छिनभरमै उकुसमुकुस बनाएको हुन्छ । प्रदूषण तथा उर्खमाउलो गर्मीले आकुल ब्याकुल बनाउदै यहाँको परिस्थितिले उनीहरुको पूर्णबासाई लुम्बिनीमा हुन दिईरहेको छैन । सम्बन्धित निकायको ध्यान यसतर्फ छिटो केन्द्रित हुन जरुरी छ ।

पर्यटन प्रबर्धनको लागि सीमा नाकाहरु ब्यबस्थित बनाउन जरुरी छ । जस्तो की, भारत लगायतका छिमिकी मुलुकबाट आउने पर्यटकको सवारी साधानलाई सीमानामै भब्य स्वागत गर्दै ठाउँठाउँमा उनीहरुलाई खुसी बनाउने विभिन्न प्रकृयाहरु अपनाउनु पर्छ । खान बस्नका लागि राम्रो प्रबन्ध सहित आतिथ्य सत्कार सहित उहाँहरुलाई कम्तिमा १ दिन भएपनि नेपालमा राखेर मात्र फिर्ता हुनुपर्ने ब्यबस्था गर्न संबन्धित सरोकारवाला निकाएको ध्यान जानु पर्छ ।
गाौतम बुद्ध तथा लुम्बिनीसंग संबन्धित तिलौराकोट, देवदह लगायतका ऐतिहासिक ठाउँहरुलाई गुरुयोजनाले प्रथामिकताका साथ राखेको भएपनि, थुम्का पहाड खोंच ताल तलैया झरना नदिनाला भिरपाखा अनि हिमालको मनमोहक दृष्य सहित चिसो हावापानीमा रमाउन चाहाने पर्यटकलाई गौतम बुद्धको आँखाले उत्तर फर्केर ढोरपाटनको सुन्दरता झलझली देखीरहेका छन् ।

कहाँ पर्छ त ढोरपाटन ?

लुम्बिनीदेखी सिधै उत्तर सालझण्डी हुँदै पहाडको यात्रा तय गरेपछी अर्घाखाँची र गुल्मी छिचोल्दै करिव १७५ कि .मी यात्रा मा बाग्लुङको बुर्तीबाङबजार पुगिन्छ । बुर्तीबाङ ढोरपाटन एरियाको ब्यापारिक केन्द्र हो । बुर्तीबाङ पुगेपछी ढोरपाटनको यात्रा मोटरमा दुईदेखि तीन घण्टाको हुन्छ ।

ढोर पाटन अर्थात फराकिलो भू–भाग ! यो प्रकृतिक सुन्दरताको अनुपम नमुना ठाउँको नाम हो । जो समुन्द्रि सतहबाट २८०० देखि ५५०० मिटर सम्मको उचाईमा पर्छ । बाग्लुङ, पूर्वी रुकुम र म्याग्दी जिल्लामा १३२५ बर्ग कि मीको क्षेत्रमा फैलिएको छ । यहाँ उच्चसमस्थली मा ठूलो सिमसार क्षेत्र छ । धौलागिरी हिमश्रृङ्खला मध्य चुरेन, पुठा, गुर्जा हिमालको टोपिलगाएको ढोरपाटनबाट निलगिरी हिमाल, धौलाश्री ,अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिमालहरुको दृष्य अबलोकन गर्न पाईन्छ ।

नेपाल सरकारले २०४२ सालमा सिकार आरक्षणको स्थापना गरेको थियो । दक्षिण एसियाको ठूलो सिकार आरक्षण रहेको ढोरपाटनमा बिश्वका धनी तथा जोखिम मोल्न सक्ने पर्यटकहरु सिकार खेल्न आउछन् । राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण बिभागले बोलपत्र आब्हानको प्रकृया मार्फत सिकार कम्पनिको छनोट गरि हरेक बर्ष सिकार गराउने गर्छ । सिकार खेल्न तथा अबलोकनका निम्ती केही मात्रामा बाह्य पर्यटक आएपनी भौगोलीक बिबिधता र भौतिक बिकास प्रयप्त हुन नसक्दा आन्तरिक तथा बाह्य पर्यटक सामु ढोरपाटन अझै चिर परिचित हुन सकिरहेको छैन ।

भौतिक विकास गर्ने ईच्छाशक्ति हुनेहो भने बेला बखत नेताहरुले उच्चारणगर्ने स्विजरल्यण्ड भन्दा ढोरपाटन कम छदै छैन । सन् १९५९ देखि १९६१ को बिचमा ढोरपाटनमा डोल्पाको बाटो हुँदै तिब्बती शरणार्थी आएका थिए । छेन्तुङ र थेरागाउँमा उनीहरुको क्यामथियो । ती शरणार्थीलाई पुर्नस्थापना गर्न तथा मानबिय सहयोग जुटाउन स्वीजरल्याण्डको सहयोग निकायबाट संचालित स्वीस प्राबिधिक सहायता संघ साटाको मातहातमा स्वदेशी तथा बिदेशी कर्मचारी थिए । उनीहरुले त्यो बेला स्वीस शैलीमा केही घर बनाएका थिए । ती घरहरु, गलैचा कारखाना तथा स्वीसशैलीमा बनेको पानी घट्ट ढोरपाटनमा देख्दा कता–कता स्वीजरल्यण्डनै होकी भन्ने आभास दिन्छ ।

विभिन्न ताल तलैया, विभिन्न बनस्पती, विभिन्न बन्यजन्तु तथा चराचरुङ्गीहरु ! रक्ताम्य फूल्ने लालीगुँरास बाह्रैमासे सुगन्ध दिने भूईपाती तथा कप्टेरी फूलहरु कुटुकी, चिराईतो, पाँचऔले, यर्चागुम्बा पाईने यो स्वर्णभूमीको बारेमा व्यापक चिनारी गराउन र पर्यटन प्रबर्धन गर्न आबाश्यक छ । साँच्चीकै लुम्बिनीको विकासको गुरुयोजना सम्पन्नको पूर्वसंध्यामा यहाँका पर्यटकलाई गर्मी याममा शितलता प्रदान गराउन सबैभन्दा नजिकको शितल भूमी गौतम बुद्धको आँखाले ढोरपाटनदेखि रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम