२ साउन, गुल्मी । निर्माण सुरु गरेर समयमै काम नसक्दा गुलमीका आधा दर्जन सरकारी भवन अलपत्र छन् । भवन अलपत्र पर्दा करोडौँ लगानी खेर जाने स्थिति भएको छ ।
सरकारी कार्यालयबीच समन्वय नहँदा भवन त्यसै छाडिएका छन् । तोकिएको म्याद सकिएको पाँच÷ सात वर्षमासमेत भवन बनाउने सुसारगरिएको छैन । कतिपय भवनको जिमेवारी लिने निकायसमेत छैनन् । रेसुंगास्थित ‘धर्मशाला ’ निर्माण अलपत्र छ । टाढा टाडाबाट रेसुंगामा आउने पर्यटक र भक्तजनलाई लक्षित गरी धर्मशाला निर्माण थालिएको थियो । तर उक्त धर्मशाला निर्माणको काम ५ वर्ष बितिसक्दासमेत सम्पन्न हुन सकेको छैन ।
जिल्ला सम्वन्वन समिति गुल्मीको सिँचाइ, नदी नियन्त्रण तथा अन्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत २०७२ सालमा धर्मशाला निर्माणको काम अगाडि बढाइएको थियो । ७ करोड लागतमा निर्माण गर्ने भनिएको धर्मशालाको ३० प्रतिशत मात्रै काम सकिएको छ । बिहीबारको अन्नपूर्ण पोस्टबाट