२ साउन, काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक गरी अलग्गै निकाय बनाउने प्रक्रिया सुरु भएको छ ।
सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राधिकरणलाई दुई संस्था बनाउनका लागि सैद्धान्तिक सहमतिको प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाएसँगै यसको प्रक्रिया सुरु भएको हो । प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकाय बनाउनका लागि विज्ञबाट मस्यौदा तयार भएसँगै तालुकदार मन्त्रालयले सैद्धान्तिक सहमतिका लागि स्वीकृती माग गरिएको मन्त्रालयका उपसचिव प्रमोद नेपालले जानकारी दिए ।
मन्त्रिपरिषद्का दुई अलग निकायका रुपमा विभाजनका लागि मस्यौदा तयार गर्न सैद्धान्तिक सहमति दिएसँगै प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकाय बनाउन बाटो खुल्नेछ । मन्त्रालयले नयाँ ऐनलाई चाँडो कार्यान्वयनका लागि विज्ञबाट मस्यौदा प्राप्त भएर सरोकारवाला मन्त्रालयमा सैद्धान्तिक सहमतिका लागि पठाएको हो । बिहीबारको कारोबार दैनिकबाट