Logo
९ चैत्र २०७९, बिहीबार
     Thu Mar 23 2023
E-paper
  English Edition
   Unicode
Logo

पाइपलाइनबाट भित्रियो डिजेल




३ साउन, काठमाडौँ । मुलुकमै पहिलोपटक पाइपलाइनबाट पेट्रोलियम पदार्थ भित्रिएको छ । भारतीय लगानीमा बनेको मोतिहारी –अमलेखगञ्ज क्रसबोर्डर पाइपलाइनमार्फत बिहीबारदेखि पेट्रोलियम पदार्थ नेपाल भित्रिन थालेको हो । भारतीय आयल निगम (आईओसी) ले बुधबार दिउँसो २ बजे मोतिहारी डिपोबाट पठाएको डिजेल बिहीबार दिउसो ३ बजेपछि नेपालतर्फको पाइपलाइनमा प्रवेश गरेको हो ।
प्रक्रियागत रुपमा केही काम पूरा हुन बाँकी रहे पनि बिहीबार नै अमलेखगञ्जमा तेल आइपुगेको मोतिहारी–रक्सोल अमलेखगञ्ज पाइपलाइन परियोजनाका विज्ञ ई. शरद पौडेलले जानकारी दिए । उनले भने,“ बुधबारदिउँसो मोतिहारीबाट निगमको अमलेखगञ्ज डिपोमा आएको छ र यससँगै पाइपलाइन सुचारु भएको छ ।” डिजल पठाउनुअघि आईओसीले दुई दिनदेखि पानी पठाएर पाइपको फोहोर सफा गरेको थियो । उक्त परीक्षणमा कतै पनि चुहावट नभएको पाइएपछि डिजेल पठाएर पाइपलाइन सञ्चालनमा ल्याइएको परियोजनाले जनाएको छ । शुक्रबारको कारोबार दैनिकबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । लामो समयदेखि अमेरिकामा समाजसेवामा सक्रिय रहेका कृष्ण लामिछाने मृत भेटिएका छन् ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले