back
CTIZAN AD

कांग्रेस –राजपाले ल्याए सार्वजनिक महत्वको प्रस्ताव

वि.सं.२०७६ साउन ३ शुक्रवार

1.2K 

shares

३ साउन, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा) ले संयुक्त रुपमा दोस्रो सार्वजनिक महत्वको प्रस्ताव संघीय संसद्मा दर्ता गराएका छन् । यी दुई दलले सरकारको दुईतिहाइको दम्भविरुद्ध संसदमा सहकार्य गर्ने सहमति गरेका हुन् ।
कांग्रेस र राजपाले बुधबार राष्ट्रिय सभामा ‘अविरल वर्षाबाट मुलुकभरि भएको धनजनको क्षति र त्यसमा आहत भएका सर्वसाधारणलाई अल्पकालीन र दीर्घकालीन उचित राहत दिनुपर्ने भएकोले’ कारण राखेर जरुरी सार्वजनिक महतवको प्रस्ताव दर्ता गराएका छन् ।

प्रस्तावमा कांग्रेस सांसद राधेश्याम अधिकारी प्रस्तावक तथा राजपा सांसद वृषेशचन्द्र लाल र कांग्रेस सांसद बद्री पाण्डे समर्थक छन् । राष्ट्रिय सभा नियमावली,२०७५ को नियम ६६ बमोजिम प्रस्ताव दर्ता भएको छ ।

प्रस्तावमा अविरल बर्षापछिको बाढी,पहिरो र डुवानको भौतिक र मानवीय क्षतीपछिको नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहलगायत विभिन्न राजनीतिक दल एवं संघसस्थाहरुबाट भएका र हुने उद्धार तथा राहतको कामकारबाही सम्बन्धमा यो सदनले जानकारी लिई आवश्यक निर्देशन गर्नुपर्ने भएकाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरिएको उल्लेख छ । शुक्रबारको नयाँ पत्रिका दैनिकबाट

वि.सं.२०७६ साउन ३ शुक्रवार ०८:१४ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...