back
CTIZAN AD

अनाथ बालबालिकासँग जन्मदिन

वि.सं.२०७६ साउन ५ आइतवार

1.4K 

shares

५ साउन, सुर्खेत । जन्मदिन भन्नेबित्तिकै अहिले धेरैले ‘केक’ भन्ने मात्र सम्झन्छन् । ‘केक’ हरेक अवसरमा प्रयोग गरिने सौखिन साधन बनेको छ । जन्मदिनको पर्याय बनेको ‘केक’ बाल मस्तिष्कमा निकै गहिरो छाप बनेर बसेको छ।
तर सुर्खेत पश्चिम चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले आफ्नो ३८औँ जन्मदिन मानवीय धर्म र संवेदनासँग ‘केक’ ले क्रेजी बनाएर होला, आजभोलि बालबालिका त घरमा हजुरबुबा, हजुरआमा, आमाबाबु, काकाकाकी, मामामाइजु, दाइदिदीलगायत विभिन्न नातासँग सम्बन्धित सबै आफन्त जन्मेको दिन सम्झाउन थालेका छन् ।
जोडेर मनाएका छन् । जुन कार्य शहरमा बसेर केक काट्न रहर गर्नेहरुका लागि मननीय छ ।
अध्यक्ष शाहीले शुक्रबार चौकुने गाउँपालिकाको सान्नेघारी माध्यमिक विद्यालय गुटुका १५ टुहुरा (अनाथ) बालबालिकासँग खुशी साटेर जन्मदिवस मनाए ।
जन्मदिवसको अवसरमा उनले अनाथ सबै बालबालिकालाई एकसरो कपडा र शैक्षिक सामग्री प्रदान गरे । उनले भने, “मेरो खुशी केकसँग होइन, तिनै अनाथ बालबालिकासँग नैतिकता र जीवन दर्शनका कुरा गरेर साटेँ ।”

भागदौडपूर्ण जिन्दगीमा एकमुठ्ठी खुशी आदानप्रदान गर्न थोरै समय भए पनि टुहुरा बालबालिकासँगै रहेर जन्म दिवस मनाउन पाउँदा मन हर्षित भएको उनले राससलाई बताए । जन्मदिनमा उपहार लिने नभई दिने चलनको विकास होस् भन्न र गर्नका निम्ति गुटुका अनाथ बालबालिकासँग जन्मदिवस मनाइएको उनको भनाइ थियो ।
कर्णालीको संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले पाषणवेदको पातमा खीर राखेर ताजा सेलरोटीसँग अचार मिलाएर खाने र दीर्घायुको कामना गर्ने मौलिक संस्कृति कायम राख्न नसक्नु हाम्रै कमजोरी भएको तर्क गरे । “विविधतायुक्त जाति, भाषा र संस्कृतिमा नेपालको पूर्वदेखि पश्चिम सबै क्षेत्र समृद्ध छ”, आचार्यले भने, “यसलाई विश्वव्यापीकरण गर्न सकेका छैनौँ ।”

वि.सं.२०७६ साउन ५ आइतवार ०९:४७ मा प्रकाशित

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली । नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका...