५ साउन, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान गर्नमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । गुणस्तरीय शिक्षण सिकाइको प्रत्याभूतिका लागि गुणस्तरयुक्त शिक्षकलाई भित्र्याउन, शिक्षकलाई क्षमतावान र सिपयुक्त बनाउन, गुणस्तर सुधार गर्न तथा शिक्षकको दक्षता परीक्षण गर्न, शिक्षक नियुक्तिको विकृति हटाउन र नककली प्रमाणपत्रको प्रवेशलाई रोक्न अध्यापन गर्नुपर्ने विषयमा ज्ञान, सिप, अभिवृद्धि,मूल्य र कार्यसम्पादन गर्न सक्ने तत्परता जस्ता पक्षहरुको विकास हुनुपर्छ ।
विभिन्न देशहरुले शिक्षकमा हुनुपर्ने सक्षमताहरु निर्धाण गरेको परिपेक्षमा नेपालमा पनि विं. २०७२ सालमा शिक्षक सक्षमताको प्रारुप २०७२ तयार गरी जारी गरिएको छ । उक्त प्रारुपमा विषयवस्तुको ज्ञान, सञ्चार र सहकार्य, पेसागत विकास र निरन्तर सिकाइ पेसागत आचरण तथा सूचना तथा सञ्चार प्रविधि गरी जम्मा ८ ओटा सक्षमताहरु निर्धारण गरिएको छ ।
यीनै सक्षमताहरुलाई आधार मानी अध्यापन अनुमतिपत्रको नयाँ विषयगत पाठ्यक्रम,२०७५ विकास भई सोहीबमोजिम लिइएको परीक्षाबाट न्यूनतम सक्षमता हासिल गरेका व्यक्तिलाई प्रमाणीकरण गरी शिक्षण पेसामा प्रवेश गराउने उद्देश्य अध्यापन अनुमतिपत्रको पाठ्यक्रमले लिएको छ ।
अब लागौं यतातिर
शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत पश्नको संगालो ल््याउने गरेका छौँ र आज माध्यामिक र निम्न माध्यामिक तहका नेपाली विषयका लागि उपयोगी हुने नमुना बहुवैकल्पिक वस्तुगत प्रश्न लिएर आएका छौँ । नेपाली विषयको शिक्षक लाईसेन्सका परीक्षामा सोधिने केही सम्भावित प्रश्नहरु लिएर आएका छौं । यी हुन् नेपाली विषयको शिक्षक लाईसेन्सका परीक्षामा सोधिने केही नमुना वस्तुगत सम्भावित प्रश्नहरु ।
नमुना वस्तुगत प्रश्नोत्तर
तह :माध्यामिक अध्यापन अनुमतिपत्रको परीक्षा पूर्णाङ्क : ४०
विषय : नेपाली
१. नियात्रा साहित्यको कुन विधाअन्तर्गत पर्दछ ?
क. नाटक ख. निबन्ध
ग. उपन्यास घ. कविता
२. कथा शब्दको निमार्ण कसरी भएको हो । ?
क. संस्कृत को ‘कथ्’ धातुमा ‘अ’ प्रत्यय लागेर ‘कथ्’ बनेपछि त्यसमा ‘आ’ प्रत्यय लागेर
ख.संस्कृतको ‘कथ्’ धातुमा ‘आ’ प्रत्यय लागेर
ग. .संस्कृतको ‘कथ्’ धातुमा ‘अ’ प्रत्यय लागेर
घ.कुनै पनि होइन
३. कथाको शाब्दिक अर्थ के हुन्छ ?
क्. केही भन्नु ख. केही सुन्नु
ग. केही सुनाउनु घ. केही कहनु
४. एउटा मुल कथा मात्र हुने साहित्यिक विधा कुन हो ?
क. उपन्यास ख. नाटक
ग. कथा घ. निबन्ध
५. ‘एक बसाइमा पढी सकिने र आफैँमा पूर्ण कथात्मक कृति कथा हो ’ यो भनाइ कसको हो ?
क. महाभारत ख. एड्गर एलेन पो
ग. हड्सन घ. गुरुप्रसाद मैनाली
६. ‘सत्यम्, शिवम् सुन्दरम्लाई अभिव्यक्त गनृे आख्यान कथा होड यो भनाइ कसको हो ?
क. महाभारत ख. एड्गर एलेन पो
ग. हड्सन घ. गुरुप्रसाद मैनाली
७.‘कथा कुनै एक चरित्रको जविनको एक मार्मिफ प्रसङ्गको नाटकीय रुपमा गरिएको प्रस्तुतीकरण हो’ यो भनाइ कसको हो?
क. महाभारत ख. एड्गर उलेन पो
ग. हड्सन घ. गुरुप्रसाद मैनाली
८. ‘कथा सानो आँखीझ्याल हो, जहाँबाट एउटा सानो संसार चियाइन्छ’ यो भनाइ कसको हो ?
क. महाभारत ख. एड्गर एलेन पो
ग. देवकोटा घ. गुरुप्रसाद मैनाली
९. ‘कुनै एउटा पात्रका जीवनको सङ्कटमय घटनालाई कलापूण रीतिले लेख्नु ने कथा हो’ यो भनाइ कसको हो ?
क. महाभारत ख. एड्गर एलेन पो
ग. देवकोटा घ. गुरुप्रसाद मैनाली
१०.कथानकलाई गतिशील बनाउने प्रमुख तत्व के हो ?
क. पात्र ख. कथावस्तु
ग. उद्देश्य घ. भाषाशैली
११. जीवनजगत्लाई सजिलै बुझ्ने तथा आर्दशमा अनुबन्धित भएका पात्रलाई के भनिन्छ ?
क. गोला ख. च्याप्टा
ग. आञ्चलिक घ. मौलिक
१२.नवीन विषयलाई अवलम्बन गर्ने तथा आफ्नो अलग्गै पहिचान भएका पात्रलाई के भनिन्छ ?
क. गोला ख. च्याप्टा
ग. आञ्चलिक घ. मौलिक
१३. कुनै स्थान विशेषलाई प्रतिनिधित्व गर्ने पात्रलाई के भनिन्छ ?
क. गोला ख. च्याप्टा
ग. आञ्चलिक घ. मौलिक
१४. कुनै मूर्त वस्तुको माध्यमबाट अमूर्त वस्तुलाई प्रस्तुत गर्ने साधनलाई के भनिन्छ ?
क्. विम्ब ख. प्रतीक
ग. अलङ्कार घ. व्यङ्ग्य
१५. कुनै वस्तु वा व्यक्तिको आकृति र त्यससम्बन्धी अवधारणा आदिलाई मस्तिष्कमा प्रतिच्छाँयाका रुपमा प्रस्तुत गर्ने कार्यलाई के भनिन्छ ?
क. विम्ब ख. प्रतीक
ग. अलङ्कार घ. व्यङ्ग्य
१६. अहिलेसम्म नेपाली भाषामा पाइएको पहिलो लघुतम कथात्मक रुप पाइने कृति कुन हो ?
क.. नासो ख. गरिब
ग. हास्यकदम्ब घ. तीन आहानहरु
१७. आधुनिक नेपाली कथाको प्रथम धारा कुन हो ,
-सामाजिक यथार्थवादी धारा
१८. नाटकमा अभिनयका प्रकार कुन कुन हुन्छन् ?
क. आङ्गिक र वाचिक ख. सात्विक
ग. आहार्या घ. माथिका सबै
१९. आनन्दबर्धनले रसका कति प्रकार हुने बताएका छन् ?
क. ८ ख. ९
ग. १० घ. ११
२०. ‘कवितामा कवि आफैँले ‘म’ का कोेणबाट कविता कथन गरेको छ भने त्यसलाई के भनिन्छ ?
क. कविप्रौढौक्ति ख. कविनिबद्धवक्तृपौढौक्ति
ग. सर्वदर्शी घ. दृष्टिविन्दु
२१. भाषालाई नियमन गर्ने भाषभित्रै अन्तर्निहित संरचनालाई के भनिन्छ ?
-व्याकरण
२२. कुनै विशेष परिवेशमा व्यतिरेकी भएर आउने ध्वनिलाई के भनिन्छ ?
– वर्ण
२३. अल्पप्राण व्यञ्जन वर्ण कुन होइन ?
क. ट ख. व्
ग. घ् घ. न्
२४. वाक्यमा कुनै काम, घटना, अवस्था स्थिति बुझाउने शब्दलाई शब्दलाई के भनिन्छ ?
क. नाम ख. सर्वनाम
ग. विशेषण घ. क्रियापद
२५. एउटा उद्देश्य र एउटा विद्येय भएको वाक्यलाई के भनिन्छ ?
– सरल वाक्य
२६. वार्तालापीय शैली अँगाली लेखिने रचना कुन हो ?
क. संवाद ख. वक्तृता
ग. वादविवाद घ. मनोवाद
२७. एक दिनभरिका घटनाहरुलाई क्रमिक प्रस्तुत गर्ने रचना कुन हो ?
क. जीवनी ख. कथा
ग. संवाद घ . दैनिकी
२८. अनुच्छेदको आदि भागमा कुन वाक्य रहेको हुन्छ ?
क. शीर्ष ख. सहयोगी
ग. सारांशीकृत पहिलो
२९. निबन्ध रचनालाई कुन दर्जामा राख्न सकिन्छ ?
क. सामान्य लेखन ख. प्राज्ञिक लेखन
ग. सिर्जनात्मक लेखन घ. बौद्धिक लेखन
३०. चिठी पत्रको मुख्य उद्देश्य के हो ?
क. सूचना सम्प्रेषण गर्नु ख. चिठी लेख्नु
ग. जानकारी लिनु घ. कुनै पनि होइन
३१. विज्ञापनमा प्रयोग गर्ने भाषा कस्तो हुनुपर्छ ?
क. सन्देशमूलक ख. चित्रात्मक
ग वर्णनातमक घ. सूत्रात्मक
३२.बोधको सुस्वात कुन तहबाट गर्नुपर्दछ ?
क. पद ख.पदावली
ग वाक्य घ. अनुच्छेद
३३. कुनै पनि विषयको मुख्य कुराको टिपोट गर्ने कार्य के हो ?
क. सारलेखन ख. सङ्क्षेपीकरण
ग. सारांश घ. पात्रपरिचय
३४. संवादमा भाषेतर क्रियाकलापलाई कहाँ संयोजन गर्नुपर्छ ?
क. सिङगोसंवादभित्र ख. कोष्ठक भित्र
ग. संवादको अन्त्यमा घ. संवादको अग्रभागमा
३५. साहित्यका प्रमुख चार विधाहरु के–के हुन् ?
क. कविता , आख्यान,निबन्धर नाटक ख. कविता, कथा,नाटक र निबन्ध
ग. आख्यान निबन्ध,प्रबन्ध र एकाङ्की घ. कविता , आख्यान,प्रबन्ध र नाटक
३६. ‘कविको लेखनीमा साक्षात् भएर ब्युँझिने कल्पना कविता हो’ यो भनाई कसको हो ?
क. माधवप्रसाद घिमिरे ख. सेक्सपियर
ग. पारसमणि प्रधान घ. कलरिज
३७. स्वचालित तथा अमूर्त लेखन कुन धाराको मुख्य प्रवत्ति हो ?
क. एतिहासिक यथार्थवादी धारा ख. सामाजिक यथार्थवादी धारा
ग. अतियथार्थवादी धारा घ. मनोविश्लेषणात्मक धारा
३८. फयडले साहित्यको हेतु केलाई मानेका छन् ?
क. दैवीप्रेरणा ख. वासनाको दमन
ग. अध्ययन घ. चिन्तन
३९. साहित्यमा रस उत्पत्ति हुनको लागि कुन कुन कुराको आवश्यकता पर्दछ ,
क. विभाव र अनुभाव ख. व्यभिचारी भाव
ग. स्थायी भाव घ. माथिका सबै
४०. व्याकरणको सुरुवात कुन भाषिक एकाइबाट हुन्छ ?
क. रूप ख. शब्द
ग. पदावली घ. वाक्य
वि.सं.२०७६ साउन ५ आइतवार १०:२६ मा प्रकाशित





























