back
CTIZAN AD

कल्र्भट निर्माणपछि स्थानीयवासी खुशी

वि.सं.२०७६ साउन ५ आइतवार

1.2K 

shares


५ साउन, तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–३ स्थित खुदीखोलामा दुई हयुमपाइप कल्र्भट निर्माण गरेपछि स्थानीयवासी खुशी भएका छन् । वर्षायामको समयमा खोलाले मानिस बगाउनुका साथै वारपार गर्नसमेत कठिनाइ भोग्दै आएका त्यस क्षेत्रका बासिन्दा कल्र्भट निर्माणपछि खुशी भएका हुन् ।

बन्दीपुर गाउँपालिकाको रु १४ लाखको लागतमा सुखौरा र शेरा जोड्ने गरी खुदीखोलामा कल्र्भट निर्माण गरेपछि मानिस तथा सवारीसाधनलाई आवतजावतमा सजिलो भएको वडाध्यक्ष हस्तबहादुर जिसीले जानकारी दिए । ‘‘खोलामा करीब ७५० मिटर लामो दुई कल्भर्ट निर्माण गरी आरसिसी ढलान गरेपछि हिउँद्, वर्र्षायाममा आवतजावत गर्न सहज भएको छ’’, उनले भने ।

“हिउँद महीनामा जेनतेन सवारीसाधान गुडे पनि खहरेखोला भएकाले वर्षायामको समयमा गुड्दैथ्यो”, वडाध्यक्ष जिसीले भने, “खोलाले बगाएर त्यस क्षेत्रका कतिपय मानिसले अकालमा ज्यान गुमाउनु परेपछि प्राथमिकतामा राखेर कल्र्भट निर्माण गरिएको हो ।” पानी परेपछि खोला तर्नुपर्ने समस्याले कतिपय बालबालिका विद्यालय जान नपाएको बताउँदै वडाध्यक्ष जिसीले भने, “कल्र्भट निर्माणपश्चात सबै क्षेत्रलाई सहज भएको छ ।”

वि.सं.२०७६ साउन ५ आइतवार ११:३२ मा प्रकाशित

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

गण्डकी । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...

पोखरामा बहुवर्गीय निर्वाचन प्रणालीबारे बहस, गोपाल किराँतीद्वारा नयाँ अवधारणा प्रस्तुत

पोखरामा बहुवर्गीय निर्वाचन प्रणालीबारे बहस, गोपाल किराँतीद्वारा नयाँ अवधारणा प्रस्तुत

पोखरा । पोखरामा आयोजित एक वैचारिक अन्तरक्रिया कार्यक्रममा नेपालका कम्युनिस्ट...

चार लाख भारतीय रकमसहित पक्राउ

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगञ्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क...