Logo
९ चैत्र २०७९, बिहीबार
     Thu Mar 23 2023
E-paper
  English Edition
   Unicode
Logo

कल्र्भट निर्माणपछि स्थानीयवासी खुशी




५ साउन, तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–३ स्थित खुदीखोलामा दुई हयुमपाइप कल्र्भट निर्माण गरेपछि स्थानीयवासी खुशी भएका छन् । वर्षायामको समयमा खोलाले मानिस बगाउनुका साथै वारपार गर्नसमेत कठिनाइ भोग्दै आएका त्यस क्षेत्रका बासिन्दा कल्र्भट निर्माणपछि खुशी भएका हुन् ।

बन्दीपुर गाउँपालिकाको रु १४ लाखको लागतमा सुखौरा र शेरा जोड्ने गरी खुदीखोलामा कल्र्भट निर्माण गरेपछि मानिस तथा सवारीसाधनलाई आवतजावतमा सजिलो भएको वडाध्यक्ष हस्तबहादुर जिसीले जानकारी दिए । ‘‘खोलामा करीब ७५० मिटर लामो दुई कल्भर्ट निर्माण गरी आरसिसी ढलान गरेपछि हिउँद्, वर्र्षायाममा आवतजावत गर्न सहज भएको छ’’, उनले भने ।

“हिउँद महीनामा जेनतेन सवारीसाधान गुडे पनि खहरेखोला भएकाले वर्षायामको समयमा गुड्दैथ्यो”, वडाध्यक्ष जिसीले भने, “खोलाले बगाएर त्यस क्षेत्रका कतिपय मानिसले अकालमा ज्यान गुमाउनु परेपछि प्राथमिकतामा राखेर कल्र्भट निर्माण गरिएको हो ।” पानी परेपछि खोला तर्नुपर्ने समस्याले कतिपय बालबालिका विद्यालय जान नपाएको बताउँदै वडाध्यक्ष जिसीले भने, “कल्र्भट निर्माणपश्चात सबै क्षेत्रलाई सहज भएको छ ।”


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । लामो समयदेखि अमेरिकामा समाजसेवामा सक्रिय रहेका कृष्ण लामिछाने मृत भेटिएका छन् ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले