back

नेपाली समाज ओमानको अध्यक्षमा दिल रोका

वि.सं.२०७६ साउन ५ आइतवार

774 

shares

२१ जुलाई, ओमान । ओमानमा सबैभन्दा पुरानो नेपाली संस्था (सन् २००३) १६ वर्ष पहिला स्थापित नेपाली समाज ओमानको आठौं महाधिवेशन भव्य रूपमा सम्पन्न भएको छ ।
जुलाई १९ मा राजधानी मस्कट स्थित अल अजैवा होटल अपार्टमेन्टमा समाजले बृहत सहभागीतामा महाधिवेशन सम्पन्न गरेको हो ।

दिल रोक्काको अध्यक्षतामा ४० सदस्यीय नयाँ कार्य समिति गठन गरिएको उक्त समितिको उपाध्यक्षमा जीवन कुमार ढुङ्गाना, सहउपाध्यक्षमा रमला श्रेष्ठ, महासचिवमा चकराम घले, सचिवमा विवेक राई, सहसचिवमा भिम प्रसाद कोईराला, कोषाध्यक्षमा पार्वती श्रेष्ठ, सहकोषाध्यक्षमा अर्जुन श्रेष्ठ रहेका छन् ।

त्यस्तै समाजको सदस्यहरुमा राजकुमार कार्की, देबि बहादुर कार्की, सज्जन सुब्बा, रवीन्द्र राज थला, मानबहादुर बिक, सुरज थापा, शिव प्रसाद पाण्डे, दिपक सापकोटा, गोविन्द कुवँर, कुमार पुडासैनी, लिला केसी, नारायण सापकोटा, तोरण थापा मगर, महिला सदस्यहरूमा धन कुमारी चौधरी, अस्मिता रोक्का, शारदा तिवारी, माया राना मगर, चन्द्रकला राई, देवि मगर रहेका छन् ।
त्यस्तै समाजको सांस्कृतिक संयोजकमा किरण राई, सांस्कृतिक सहसंयोजकमा प्रताव लामा तथा सल्लाहकारहरूमा ओमकार तमाङ, तोलाकान्त भट्टराई, मादि गुरूङ, बेल पुन मगर, गोमा थापा मगर, रन्जित आचार्य रहेका छन् ।

त्यस्तै समाजको नेपाल प्रतिनिधिहरूमा ईच्छा राई, योगेश बानु राई, भरत जंग राई, देवनारायण तिवारी, संदेश चामलिङ राई र संरक्षकमा लिलानाथ कोईरालालाई चयन गरिएको छ ।

नेपाली राजदूतावास मस्कट ओमानका श्रम सहचारी कृष्ण कुमारी गौलीको प्रमुख आतिथ्यता तथा गैरअवासीय नेपाली संघका सचिव डि बि क्षेत्रीको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको उक्त कार्यक्रमको सभापतित्व नेपाली समाज ओमानका कार्यवाहक अध्यक्ष जीवन कुमार ढुङ्गानाले गरेका थिए ।

त्यस्तै ओमानमा दिवंगत भएका नेपालीहरूको आत्माको चिर शान्तिको कामना गर्दै एक मिनटको मौन धारण गरिएको थियोे ।

कार्यक्रमका प्रमुख र विशिष्ठ अतिथिहरूले संयुक्त रूपमा दिप प्रज्वलन गरि महाधिवेशनको शुभारम्भ गरेको उक्त महाधिबेशन नेपाली राष्ट्रिय गानबाट प्रारम्भ भएको थियो ।
अधिवेशनमा कचराम घलेले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रममा उपस्थित सबैले नयाँ कार्य समितिलाई अगामी कार्यकाल सफलताको लागि शुभकामना व्यत्त गरेका थिए ।

सोहि अवसरमा समाजका भूपू अध्यक्षद्वय गोबिन्द गुरूङ्ग, लिलानाथ कोईराला, गैरआवासीय नेपाली सोसल क्लब ओमानका उपाध्यक्ष पूर्ण श्रेष्ठ, ओमान नेपाली एकता समाजका अध्यक्ष छबिलाल बस्नेत, नेपाली महिला समूह ओमानकी अध्यक्ष उमा ढुंगाना, नेपाली बुद्ध भिजन ओमानका सल्लाहकार ओमकार तमाङ्ग, प्रवासी नेपाली एकता मञ्चका उमेश विक, नेपाल मगर संघका कमल राणा, तमाङ्ग समाजका विरोज लामा, तमु समाजका गोमा गुरूङ, नेपाली जनसम्पर्क समितिका नविन कुमार पङ्गेनी , दलित एकता संजालका मानबहादुर बराईली, नेपाली विवेकशीलका जिवन कार्की, गुल्मी सेवा समाजका भूपू अध्यक्ष घनश्याम भण्डारी , बागलुङ सेवा समाजका अध्यक्ष खेम खड्का थोकि, पाल्पाली परिवार ओमानका यज्ञ पराजुली सहित ओमानमा क्रियाशील संघ संस्थाका प्रतिनिधि , पत्रकार सहित दर्जनौं नेपालीहरूको सहभागीता रहेको थियो ।

त्यस्तै पुराना कार्यसमितिका पदाधिकारीहरूलाई समाजमा योगदान पुर्याएको बापत सम्मान पत्र सहित सम्मानित गरिएको नेपाली समाज ओमानका नवनियुक्त अध्यक्ष दिल रोक्काले बताए । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिएको थियो ।

यसैबीच गत हप्ता नेपालमा आएको भारी बर्षाले निम्त्याएको भीषण बाढी मा परि ज्यान गुमाउनु हुने सम्पूर्ण मृत आत्माको चिरशान्तिको लागि गैर आवासिय नेपाली संघ क्षेत्रिय समन्वय परिषद सललाहले दिप प्रज्वलन गरि संवेदना प्रकट गरेको अध्यक्ष मनोज घिमिरेले जानकारी दिएका छन् ।

वि.सं.२०७६ साउन ५ आइतवार १५:५६ मा प्रकाशित

Himalayan Life AD
नेपोस नर्वेको आयोजनामा अन्तरक्रिया सम्पन्न

नेपोस नर्वेको आयोजनामा अन्तरक्रिया सम्पन्न

ओस्लो । नेपाली पोर्चुगिज समाज (नेपोस) को आयोजनामा नर्वेमा “समान...

नर्बेमा मनाइयो ल्होसार

नर्बेमा मनाइयो ल्होसार

प्रेम परियार,नर्वे । तमु समाज नर्बेको आयोजनामा नर्वेमा तमु ल्होसार...

प्रेम परियारको अध्यक्षतामा नेपाली समाज पोर्चुगल, नर्वेको नयाँ कार्यसमिति

प्रेम परियारको अध्यक्षतामा नेपाली समाज पोर्चुगल, नर्वेको नयाँ कार्यसमिति

नर्वे ।  नेपाली समाज पोर्चुगल–नर्वेको सातौँ अधिवेशनले प्रेम बहादुर परियारको...

न्युयोर्कमा चासोक तङनाम मनाइयो

न्युयोर्कमा चासोक तङनाम मनाइयो

अमेरिका । अमेरिकाको न्यूर्योकमा लिम्बु समुदायको प्रमुख सांस्कृतिक पर्व चासोक...

रेग्मीको नेतृत्वमा एनआरएनए केन्यामा नयाँ कार्यसमिति

रेग्मीको नेतृत्वमा एनआरएनए केन्यामा नयाँ कार्यसमिति

नैरोबी, केन्या । केन्याको राजधानी नैरोबीमा सम्पन्न गैरआवासीय नेपाली संघ,...

एनआरएनए अध्यक्ष श्रेष्ठसँग अफ्रिकाका एनआरएनको अन्तरक्रिया कार्यक्रम

एनआरएनए अध्यक्ष श्रेष्ठसँग अफ्रिकाका एनआरएनको अन्तरक्रिया कार्यक्रम

अफ्रिका । एनआरएनए एकताको खुशीको शन्देस बाड्न एनआरएनएका अध्यक्ष महेशकुमार...