back

एक हप्ता लामो अमेरिकी दबाबपछि यमनमा युद्धविराम सुरु

वि.सं.२०७३ मंसिर ५ आइतवार

777 

shares

५ मङ्सिर,याना (यमन)। यमनमा साउदी अरब नेतृत्वको गठबन्धनले इरानद्वारा समर्थन प्राप्त हुठी विद्रोहीविरुद्ध सञ्चालन गरेको सैनिक कारबाही शनिबारदेखि रोकिएको छ ।

अमेरिकी मध्यस्थतामा ल्याइएको युद्धविराम प्रस्तावअनुसार यसअघि यमनी सरकार युद्धविराम गर्न असहमत देखिए पनि विश्वव्यापी दबाबका कारणपछि यसप्रति सकारात्मक बन्दै शनिबार दिउँसो १२ बजेदेखि लागू हुने गरी युद्धविराम सुरु भएको दुवै पक्षले जनाएका छन् ।

अमेरिकी पहलमा अघि सारिएको युद्धविराम प्रस्तावलाई यमनी सरकारले सत्ताधारी समूहको आधिकारिकतालाई बेवास्ता गरेको जनाउँदै अस्वीकार गरेको थियो ।

हाल सम्झौता भई स्थायी कार्यान्वयनमा ल्याउन अमेरिकी विदेशमन्त्री मध्यपूर्वी देशको नेतृत्वसँग छलफल गरिरहेको बताइएको छ ।

यस पहिले केरीले ओमनमा विद्रोहीसँग कुराकानी गरिसकेपछि उक्त प्रस्तावलाई अघि सार्नुभएको थियो ।

यमन युद्धविरामको घोषणा गतवर्षदेखि यमनको सरकारलाई सैन्य सहयोग दिँदै आएको गठबन्धन नेतृत्वले गरेको छ ।

युद्धविराम तत्काल ४८ घन्टाका लागि गरिएको भए पनि यदि विद्रोहीले आफ्नो नियन्त्रणमा रहेको भूमिमा खाद्यान्न, औषधिलगायतका आधारभूत सामग्रीाई आपूर्तिमा रोक नलगाए लम्बिन सक्ने गठबन्धन नेतृत्वले जारी गरेको विज्ञप्तिमा जनाइएको साउदी प्रेस एजेन्सीले जनाएको छ ।

“ओमनको मस्कटमा भएको सहमतिअनुसार हामी आफ्नो समूहबाट युद्धविरामका लागि गरेको प्रबिद्धतालाई यदि अर्को पक्ष (सरकार)ले पालना गरमा कार्यान्वयनमा लग्न तयार छौँ” – हुठी विद्रोहीका ब्रिगेडियर जनरल शरफ लकमानले भन्नुभयो ।

यसअघि युद्धविरामका लागि गरिएका छपटकका प्रयासमा राष्ट्रपति अवेद्रेब्वो मन्सुर हाडीले संयुक्त राष्ट्रसङ्घद्वारा ल्याइएको विद्रोही सम्मिलित संयुक्त सरकार बनाउने प्रस्तावलाई यमनको हितमा नभएको जनाउँदै अस्वीकार गर्नुभएको थियो । हाडीले संयुक्त सरकार बनाउँदा आफ्ना वैधतामाथि बेवास्ता गरिएको महसुस गर्दै अघिल्ला प्रस्तावलाई अस्वीकार गर्दै आउनुभएको थियो ।

यमनमा द्वन्द्व सुरु भएयता करिब २० महिनाको समयमा सात हजार नागरिकको मृत्यु भएको छ भने करिब ३७ हजार मानिस घाइते भएका छन् । रासस÷एपी

वि.सं.२०७३ मंसिर ५ आइतवार ०६:०१ मा प्रकाशित

Himalayan Life AD
अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

लस एन्जलस  । अमेरिकी राज्य अलास्का र क्यानाडाको युकोन क्षेत्रको...

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

मुम्बई । भारतको लोकप्रिय पर्यटक गन्तव्य गोवामा अवस्थित एक नाइटक्लबमा...

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ । हङकङका नेता जोन लीले गत हप्ता एउटा अपार्टमेन्ट...

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र

नयाँदिल्ली । पछिल्लो समयमा बढ्दो वायु प्रदुषणका कारण भारतको नयाँदिल्ली...

नुनका नदीहरू  : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

नुनका नदीहरू  : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

खुल्ना (बङ्गलादेश) ।  विशाल हिमाली नदीहरू समुद्रको अँगालोमा प्रवेश गर्ने बङ्गलादेशको...

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित

क्वालालम्पुर (मलेसिया) । मलेसियामा हालै आएको बाढीको कारण दश हजार...