back
CTIZAN AD

एक हप्ता लामो अमेरिकी दबाबपछि यमनमा युद्धविराम सुरु

वि.सं.२०७३ मंसिर ५ आइतवार

957 

shares

५ मङ्सिर,याना (यमन)। यमनमा साउदी अरब नेतृत्वको गठबन्धनले इरानद्वारा समर्थन प्राप्त हुठी विद्रोहीविरुद्ध सञ्चालन गरेको सैनिक कारबाही शनिबारदेखि रोकिएको छ ।

अमेरिकी मध्यस्थतामा ल्याइएको युद्धविराम प्रस्तावअनुसार यसअघि यमनी सरकार युद्धविराम गर्न असहमत देखिए पनि विश्वव्यापी दबाबका कारणपछि यसप्रति सकारात्मक बन्दै शनिबार दिउँसो १२ बजेदेखि लागू हुने गरी युद्धविराम सुरु भएको दुवै पक्षले जनाएका छन् ।

अमेरिकी पहलमा अघि सारिएको युद्धविराम प्रस्तावलाई यमनी सरकारले सत्ताधारी समूहको आधिकारिकतालाई बेवास्ता गरेको जनाउँदै अस्वीकार गरेको थियो ।

हाल सम्झौता भई स्थायी कार्यान्वयनमा ल्याउन अमेरिकी विदेशमन्त्री मध्यपूर्वी देशको नेतृत्वसँग छलफल गरिरहेको बताइएको छ ।

यस पहिले केरीले ओमनमा विद्रोहीसँग कुराकानी गरिसकेपछि उक्त प्रस्तावलाई अघि सार्नुभएको थियो ।

यमन युद्धविरामको घोषणा गतवर्षदेखि यमनको सरकारलाई सैन्य सहयोग दिँदै आएको गठबन्धन नेतृत्वले गरेको छ ।

युद्धविराम तत्काल ४८ घन्टाका लागि गरिएको भए पनि यदि विद्रोहीले आफ्नो नियन्त्रणमा रहेको भूमिमा खाद्यान्न, औषधिलगायतका आधारभूत सामग्रीाई आपूर्तिमा रोक नलगाए लम्बिन सक्ने गठबन्धन नेतृत्वले जारी गरेको विज्ञप्तिमा जनाइएको साउदी प्रेस एजेन्सीले जनाएको छ ।

“ओमनको मस्कटमा भएको सहमतिअनुसार हामी आफ्नो समूहबाट युद्धविरामका लागि गरेको प्रबिद्धतालाई यदि अर्को पक्ष (सरकार)ले पालना गरमा कार्यान्वयनमा लग्न तयार छौँ” – हुठी विद्रोहीका ब्रिगेडियर जनरल शरफ लकमानले भन्नुभयो ।

यसअघि युद्धविरामका लागि गरिएका छपटकका प्रयासमा राष्ट्रपति अवेद्रेब्वो मन्सुर हाडीले संयुक्त राष्ट्रसङ्घद्वारा ल्याइएको विद्रोही सम्मिलित संयुक्त सरकार बनाउने प्रस्तावलाई यमनको हितमा नभएको जनाउँदै अस्वीकार गर्नुभएको थियो । हाडीले संयुक्त सरकार बनाउँदा आफ्ना वैधतामाथि बेवास्ता गरिएको महसुस गर्दै अघिल्ला प्रस्तावलाई अस्वीकार गर्दै आउनुभएको थियो ।

यमनमा द्वन्द्व सुरु भएयता करिब २० महिनाको समयमा सात हजार नागरिकको मृत्यु भएको छ भने करिब ३७ हजार मानिस घाइते भएका छन् । रासस÷एपी

वि.सं.२०७३ मंसिर ५ आइतवार ०६:०१ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...