back
CTIZAN AD

जोखिम बस्तीका व्यक्तिले जग्गा पाएनन्

वि.सं.२०७६ साउन ८ बुधवार

1K 

shares

८ साउन, धादिङ । सरकारले पहिचान गरेको धादिङका १० जोखिम बस्तीका मानिसमध्ये अझै पनि केहीले सरकारले उपलब्ध गराउने जग्गा नपाएपछि समस्यामा परेका छन् । जोखिम बस्ती पहिचान गरी उनीहरुलाई घर बनाउने जग्गा किन्न सरकारले पुनःनिर्माण प्राधिकरणमार्फत रु दुई लाख अनुदान सहयोग गर्ने नीतिअनुसार जोखिम बस्तीमा भएका घरमध्ये ३७ प्रतिशत मानिसले अझै पनि जग्गा किन्ने अनुदान रकम पाउन सकेका छैनन् ।

भूकम्पपछि सरकारी प्राविधिकले भौगर्भिक अध्ययनपछि उत्तरी धादिङको गङ्गाजमुना गाउँपलिकाको करङ, चेप्राङ, अन्दर, ताजिम्राङ, गम्राङ, रुबीभ्याली गाउँपालिकाको हिन्दुङ, छुम्राङ, रिचेत, चपाङचेत, र खनियावास गाउँपालिकाको धार्ना टोल जोखिम पहिचान गरेको थियो । भूकम्प प्रभावितको घर प्रबलीकरणमा परेका चार हजार ७१८ मध्ये दुई हजार ५६१ लाभग्राहीले ढिलो किस्ता लिएकोमा कसैले पनि प्रबलीकरण पूरा गरी दोस्रो किस्ता लिन पाएका छैनन् । ढिला गरी प्रबलीकरणमा रकम निकासा र लाभग्राहीसँग सम्झौता गरेका कारण प्रबलीकरणमा ढिलाइ भएको हो ।

धादिङ जिल्लामा ८३ हजार २५ घरपरिवार लाभग्राही सूचीमा परेकोमा ७७ हजार ६२८ ले सम्झौता गरी पहिलो किस्ताको रकम पाएका छन् । बाँकी रहेका पाँच हजार ३९३ को लाभग्राही सूचीबाट नाम हटाइएको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय धादिङले जनाएको छ ।

पहिलो किस्ता लिएकामध्ये २१ प्रतिशतले ९२१ हजार ४९८ लाभग्राहीले० अझैसम्म पनि तेस्रो वा अन्तिम किस्ता रकम लिन सकेका छैनन् । उनीहरुले निर्माण गरेको घर पूरा नभएर वा मापदण्ड नपुगेपछि सम्बन्धित इञ्जिनीयरले सिफारिस नगरेका कारण पुनःनिर्माण पूरा नभएको हो । आफू लागभ्राही सूचीमा नपरेका कारणसहित पुनःनिर्माण प्राधिकरणमा एक हजार तीन जनाले मुद्दा दर्ता गराएका छन् । (रासस)

वि.सं.२०७६ साउन ८ बुधवार १३:०१ मा प्रकाशित

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौँ । विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए...

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि...

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ ?

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ ?

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...