
खोइ किन हो कुन्नी
केही वर्ष यतादेखि
म जेलमा बसेजस्तो
तिमी मुक्त आकासमा उडेजस्तो
हातमा हतकडी र खुट्टामा नेल
मामाघर जस्तै हो हामीलाई त जेल
आज वर्षौपछि तिमीलाई देखे माइला
३० वर्ष अघि भन्दा चमकदार भएछौं
तिम्रो आँखालाई जखमी कसले भन्न सक्छ
निशाना अझै तिखारेका छौं
तिम्रा कानलाई कस्ले छेक्न सक्छ
सबै गड्याङ गुडुङ सुनिरहदै छौ

चरप्प हात पारेर मुठी दहरो बनाएका छौं
पोता हटाएर अनुहार चम्काएका छौ
तिम्रो ओठबाट अडान र स्थिरता बोलिरहेको छ
तिम्रो निधारले विजयको टिका खोजिरहेको छ
खोइ किन हो कुन्नी
मेरो टाउको बोझिलो बनेको छ
रुले पोतेको कालो धब्बालाई
हामी धेरैले राम्रो भन्नु परेको छ
मुक्ति मार्ग साझा बनाउ माइला
बाटो परिपक्व बनाउन एकजुट होऔं
नख्खु खोलाको सुसाइलाई भन
नयाँ एकताको नदि बनाऊँ ।