back
CTIZAN AD

कविता: मुक्त छौ माइला तिमी बरु

वि.सं.२०७६ साउन ८ बुधवार

984 

shares

खोइ किन हो कुन्नी
केही वर्ष यतादेखि
म जेलमा बसेजस्तो
तिमी मुक्त आकासमा उडेजस्तो

हातमा हतकडी र खुट्टामा नेल
मामाघर जस्तै हो हामीलाई त जेल
आज वर्षौपछि तिमीलाई देखे माइला
३० वर्ष अघि भन्दा चमकदार भएछौं

तिम्रो आँखालाई जखमी कसले भन्न सक्छ
निशाना अझै तिखारेका छौं
तिम्रा कानलाई कस्ले छेक्न सक्छ
सबै गड्याङ गुडुङ सुनिरहदै छौ

चरप्प हात पारेर मुठी दहरो बनाएका छौं
पोता हटाएर अनुहार चम्काएका छौ
तिम्रो ओठबाट अडान र स्थिरता बोलिरहेको छ
तिम्रो निधारले विजयको टिका खोजिरहेको छ

खोइ किन हो कुन्नी
मेरो टाउको बोझिलो बनेको छ
रुले पोतेको कालो धब्बालाई
हामी धेरैले राम्रो भन्नु परेको छ

मुक्ति मार्ग साझा बनाउ माइला
बाटो परिपक्व बनाउन एकजुट होऔं
नख्खु खोलाको सुसाइलाई भन
नयाँ एकताको नदि बनाऊँ ।

वि.सं.२०७६ साउन ८ बुधवार १३:०६ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...