१० साउन, काठमाडौँ । कम्पनीले तनहुँको बन्दीपुर डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तिय संस्थाले निष्काशन गरेको आईपिओ बाँडफांड गरेको छ । बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटलले शुक्रबार बिहान शेयर बाँडफांड गरेको हो ।
आईपिओ आवेदक ४९ हजार ५ सय २५ जनाले गोलाप्रथाबाट समान १० कित्ता दरले शेयर पाएका छन् । ३ लाख १ हजार ७ सय ३८ आवेदक मध्येबाट गोलाप्रथाबाट ४९ हजार ५ सय २५ जनाले समान १० कित्ता दरले शेयर पाएका हुन् ।
कुल ३ लाख २ हजार १ सय ९२ जनाले आवेदन दिएकोमा ४ सय ५४ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । योग्य रहेका ३ लाख १ हजार ७ सय ३८ ले ५५५७६२० कित्ता शेयर खुलाएको थियो । आवेदक कम्पनीले मागे भन्दा ११.२५ ले बढी शेयर माग गरेका थिए ।
कम्पनीले साउन १ देख ५ गते सम्म ५ करोड ३० लाख बराबरको ५ लाख ३० हजार कित्ता आईपिओ निष्काशन गरेको थियो। जसमध्ये ०.५ प्रतिशत अर्थात् ८ हजार २ सय ५० कित्ता कर्मचारीको लागि, ५ प्रतिशत अर्थात २६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो । बाँकि रहेको ४ लाख ९५ हजार २ सय ५० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका थिए ।
तपाईलाई कति पर्यो यहाँबाट हेर्नुस्
वि.सं.२०७६ साउन १० शुक्रवार १५:४४ मा प्रकाशित






























