back

संविधान संसोधनको प्रस्ताव दर्तामा एमालेको आपत्ति

वि.सं.२०७३ मंसिर ६ सोमवार

522 

shares
GLOBAL IME AD
NTC AD

uml-flag
६ मङ्सिर, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारले औचित्य पुष्टि नहुने गरी संविधान संशोधनको प्रस्ताव दर्ता गराउने तयारी गरेको भन्दै आपत्ति जनाएको छ ।

आइतबार बसेको एमाले स्थायी समिति बैठकले सरकारमा रहेका र बाहिरका दलले समेत संशोधनको विपक्षमा रहेका बेला सरकारले संशोधन दर्ताको विषयलाई चर्चामा ल्याउनु गम्भीर भएको निष्कर्ष निकालेको हो ।
एमाले उपाध्यक्ष भीम रावलले संविधान संशोधन गर्नुपर्ने कारण पुष्टि नभइकन गरिने संशोधनको विपक्षमा एमाले रहेको बताउनुभयो ।

“स्थायी समिति बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे विमर्ष भयो, खासगरी सरकारले संविधान संशोधनको प्रस्ताव दर्ता गर्ने चर्चा चलाएको छ, जुन औचित्यहीन छ, जे जस्ता विषयमा संशोधन गरिँदैछ, त्यो जनताको अहितमा छ, यसबारे बैठकमा गम्भीर समीक्षा भयो”–उहाँले भन्नुभयो । रासस

वि.सं.२०७३ मंसिर ६ सोमवार ०१:१८ मा प्रकाशित

संसद् बैठक : आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

संसद् बैठक : आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

तीनकुने घटनामा पक्राउ परेका सबैको जिम्मेवारी राप्रपाले लिने

तीनकुने घटनामा पक्राउ परेका सबैको जिम्मेवारी राप्रपाले लिने

काठमाडौँ । तीनकुने घटनामा पक्राउ परेका सबैको जिम्मेवारी राप्रपाले लिने...

शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा

शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति रु...

प्रतिनिधिसभा बैठक : नीति तथा कार्यक्रम बहुमतले पारित

प्रतिनिधिसभा बैठक : नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को...

छुट्टाछुट्टै घटनाका दुई हत्याका आरोपी पक्राउ

छुट्टाछुट्टै घटनाका दुई हत्याका आरोपी पक्राउ

काठमाडौँ । खोटाङ, आफ्नै श्रीमान् ५१ वर्षीय पाँचकर्ण राईको हत्या...

भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले भक्तपुर क्यान्सर अस्पताललाई...