back
CTIZAN AD

सुविधा वृद्धि अहिले नै, महाभियोग पछि

वि.सं.२०७३ मंसिर ६ सोमवार

1.1K 

shares

६ मंसिर, काठमाडौं । संसद्ले प्राथमिकतासाथ दर्ता गरी प्रक्रिया अगाडि बढाएको अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल पर धकेल्दै छोटो विधिबाट सांसदहरूले आफ्नो सेवा सुविधामा व्यापक वृद्धिसम्बन्धी विधेयक आइतबार संसद्बाट पारित गरेका छन् ।
एक महिनादेखि कार्कीविरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल पर सार्दै आएको संसद्ले आफ्नो सुविधा सम्बन्धी विधेयक सीधै पूर्ण बैठकबाट पारित गरेका हुन् । दुई दिनमात्र संसद्को पूर्ण बैठकमा छलफल गरी सीधै छोटो विधिबाट सुविधा सम्बन्धी विधेयक पारित गरिएको हो ।
विधेयकमार्फत सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्षरउपसभामुख, विपक्षी दलका नेता, सत्तापक्षका प्रमुख सचेतक, विपक्षी दलका प्रमुख सचेतकदेखि सांसदको तलब, घरभाडा, बैठक भत्ता, भ्रमण भत्ता लगायतका सुविधामा उल्लेख्य वृद्धि गरिएको पनि आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।
अख्तियार प्रमुख कार्कीविरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल सकेर समितिमा पठाउने जानकारी केही दिनअघि सञ्चारकर्मीलाई सभामुख ओनसरी घर्तीमगरले दिए तापनि संसद्का पदाधिकारी र सांसदको सेवासुविधासम्बन्धी विधेयकमाथिको छोटो छलफलसँगै त्यसलाई पारित गरेलगत्तै उनी एक साताका लागि मस्को प्रस्थान गरेकी छ ।

वि.सं.२०७३ मंसिर ६ सोमवार ०२:१३ मा प्रकाशित

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक...

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...