back
CTIZAN AD

एमाले संविधान संशोधनमा नअल्झिने – सचिव भट्टराई

वि.सं.२०७३ मंसिर ६ सोमवार

834 

shares

६ मंसिर, काठमाडौँ । नेकपा (एमाले)का सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले आफ्नो पार्टी संविधान संशोधनमा अल्झिने पक्षमा नरहेको बताउनुभएको छ ।

युवा सङ्घ, नेपाल प्रचार विभागले आइतबार आयोजना गरेको अन्तक्र्रियामा सचिव भट्टराईले संविधान संशोधनका नाममा मुलुकलाई दीर्घकालीन असर पार्ने विषय समावेश गर्न खोजिएको बताउँदै त्यसको साक्षी एमाले नबन्ने स्पष्ट पार्नुभयो ।

विगतमा संसदीय प्रणालीका नाममा मुलुकमा विकृति आएको बताउँदै उहाँले भन्नुभयो, “शासकीय र निर्वाचन प्रणालीका त्रुटि सच्याउनुपर्छ, एमालेका एक जना पनि सांसद संसदमा भएसम्म राष्ट्रघाती प्रस्तावमा हस्ताक्षर गर्दैनाँै ।”

कार्यक्रममा पूर्वउद्योगमन्त्री महेश बस्नेतले जनताको त्याग र सङ्घर्षबाट प्राप्त अहिलेको राजनीतिक उपलब्धिलाई जोगाउनपर्नेमा जोड दिनुभयो ।

युवा सङ्घ नेपालका अध्यक्ष राजीव पहारीले संविधान कार्यान्वयनका लागि युवा सङ्घले सशक्त खबरदारी कार्यक्रम देशभर सञ्चालन गर्ने जानकारी दिनुभयो ।

सोही सङ्गठनका प्रचार विभाग प्रमुख प्रभातविक्रम कटुवालले नेपालीलाई अल्पमतमा पार्ने गरी नागरिकताको विषय संशोधन हुन नसक्ने बताउँदै मुलुकलाई हानी पुग्ने विषयमा संविधान संशोधन गर्ने तयारीप्रति सचेत रहन युवालाई आग्रह गर्नुभयो ।

वि.सं.२०७३ मंसिर ६ सोमवार ०३:३१ मा प्रकाशित

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

काठमाडौँ । आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु भएकाे छ...

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

काठमाडौँ । सरकारले चिकित्सकहरूको सुझावअनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१...

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको...