१४ साउन, काठमाडौँ । प्रदेश र केन्द्र सरकारको बेवास्ताका कारण प्रदेश लोकसेवा आयोग गठनमा ढिलाइ भएको छ । दुई वटा प्रदेशले आयोग गठनको प्रक्रिया अगाडि बढाउन सकेका छैनन् । प्रदेशमा आयोग बन्न नसक्दा संघले नै कर्मचारी भर्ना गर्ने कानुनी व्यवस्था छ । प्रदेश २ सरकारले केन्द्रबाट कर्मचारी आवश्यक नपर्ने भन्दै बखेडा निकाले पनि आयोग गठनमा भने ढिलाइ गरेको विज्ञहरु बताउँछन् । प्रदेशले संघीय निजामती सेवा ऐन नबन्दा आयोग गठनमा ढिलाइ भएको बताउँदै आएका छन् । संघले निर्माण गर्ने ऐनमा उल्लिखित सेवा सर्तलाई आधार मानेर प्रदेशले पनि प्रदेश निजामती सेवा ऐन बनाउनुपर्ने र सोहीअन्रुपको मापदण्ड आबश्यक पर्नेहुन्छ । मंगलबारको राजधानी दैनिकबाट