back
CTIZAN AD

नेमारमाथिको बलात्कार मुद्दा बन्द गरियो

वि.सं.२०७६ साउन १४ मंगलवार

1.1K 

shares

१४ साउन । ब्राजिलियन फुटबल खेलाडी नेमारमाथि लागेको बलात्कारको केस बन्द गरिएको छ । प्रमाणको अभावमा उक्त केस बन्द गरिएको अनुसन्धान गरिरहेका पुलिसले भनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एएफपीले समाचार छापेको छ ।

साओ पाउलो अटर्नी जनरलको कार्यालयका अनुसार केसको प्रमाणको अभावले स्थगित गरिएको छ तर अन्तिम निर्णयका लागि अभियोजकहरुलाई पठाइने छ । ब्राजिलियन मोडेल नाजिला त्रिनाडेले मे महिनामा फ्रान्सको पेरिसको एउटा होटेलमा नेमारले बलत्कार गरेको भन्दै ब्राजिलियन पुुलिसमा मुद्धा दर्ता गराएकी थिइन् ।

नेमारले ती आरोपहरू अस्वीकार गर्दै आएका थिए । उनले ती महिलासँग भएका लामा कुराकानी र थुप्रै तस्विरहरु समेत सार्वजनिक गरेका थिए । यो घटना पहिलो पटक जून महिनामा प्रकाशमा आएको थियो, जब पेरिस सेन्ट जर्मेन स्टारले इन्स्टाग्राममा सात मिनेटको भिडियो जारी गर्दै ती महिलामाथि बलात्कारको आरोप लगाएको थियो । उनले व्हाट्सएपमा महिलाले दाबी गरेका कुराहरु प्रकाशित गरे ।

यो केसले ब्राजिलका अखबारको हेडलाइटहरूमा प्रभुत्व जमाएको थियो । न्यायाधीशले अन्तिम फैसला सुनाउन १५ दिन बाँकी छ । अघि अभियोजन पक्षहरूसँग छलफल गरिएपछि अन्तिम फैसला सुनाइने बताइएको छ ।

वि.सं.२०७६ साउन १४ मंगलवार १४:१५ मा प्रकाशित

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...