back
CTIZAN AD

करिश्माले दिइन् डा.सुरेन्द्र केसीलाई कडा चेतावनी

वि.सं.२०७६ साउन १५ बुधवार

813 

shares

१५ साउन, काठमाण्डौं । नायिका करिश्मा मानन्धरले राजनीतिक बिश्लेषक सुरेन्द्र केसीलाई चेतावनी दिएकी छन् । उनले डा सुरेन्द्र केसी विश्लेषक, बोलिरहने तर कहिलेकाँहीको बोलाईको आधारमा डा. केसीको व्यक्तित्व अन्दाज गर्न ग्राह्रो हुने गरेको बताएकी छन् ।

सामाजिक संजाल फेसबुकमा आफ्ना धारणा राख्दै करिश्माले एक अन्तरवार्तामा सिनेमाको व्यक्तिहरुले आचरण र व्यवहारका कारण आफूलाई निम्न स्तरमा पारेको बताउँदै उदाहरणमा आफ्ना पति बिनोद मानन्धरको नाम लिएको बताएकी छन् ।

‘आफ्नो ज्ञानलाई दम्भ होइन हजारौं नबलेका दियो बाल्ने ज्योती बनाउनु, बिनोद मानन्धर तपाईंको तुलनामा कुनै कुरामा कम छैन, उनले सामाजिक संजालमा भनेकी छन्, ‘सबैभन्दा ठुलोकुरा उहाँमा मानवता छ र उहाँले तपाईंले जस्तो अरुको नचाहने जजमेन्ट गरेर अरुको बारे गलत व्याख्या गर्नुहुन्न । अब आइन्दा बोल्दा विचार गर्नुहोला । सबैले सहदैनन् । हामीले तपाईंको केही खाएको छैन ।’

यस्तो छ उनको स्टाटस
‘डा. सुरेन्द्र के.सी विश्लेषक , बोलिरहनु हुन्छ , तर कहिलेकाही के बोल्नु हुन्छ के !!! त्यो वाहाको बोलाइको आधारमा वहाको व्यक्तित्व आन्दाज गर्न मुस्किल जस्तो !!

हालै एउटा अन्तरवार्तामा वाहाले भन्नू भएको रहेछ कि सिनेमाका व्यक्तिहरुले आफ्नो व्यबहार र आचरणका कारण आफूलाइ निम्न स्तरमा पारेका छन् र उदाहरण दिदा मेरो श्रीमान बिनोद जीको नाम लिनुभएको रहेछ ।

पोखरामा बिनोद जीले वाहालाई देखेपछि आफै गएर भेट्नु भयो रे अनि म करिश्माको श्रीमान भन्नू भयो रे तेस्ले बिनोद जीले आफ्नो इज्जत घटाउनु भयो रे !! वाहाले म बिनोद मानन्धर भनेर किन नचिनाएको रे यस्ता त छन अनि के इज्जत हुनुरे ! ( बिनोद मानन्धर, ईश्वर मानन्धरको इतिहास हेर्नुस् अलिकति ) यदि करिश्मा के. सी ले आफ्नो जात बद्लेर करिश्मा मानन्धर गर्न सक्छ भने बिनोद जी ले म करिश्मा मानन्धरको श्रीमान भन्दा के बेइज्जत भयो ?

वाहाजस्तो व्यक्तित्व बाट मैले यो आसा गरेको थिइन । जबकी जब बिनोद जी पोखराबाट फर्किनु भयो कस्तो उत्साहित भएर भन्दै हुनुहुन्थ्यो र भन्दै हुनुहुन्थ्यो मैले पोखरामा डा. सुरेन्द्र के . सी लाई भेटेनी , म आफै बोल्न गए , ( बिनोद जी ले सुरेन्द्र के.सी को सबै अन्तरवार्ता फलो गर्नुहुन्छ र वहाको भनाइ मनपराउनु हुन्छ )
बिनोद जी ले आफ्नो परिचय दिदा करिश्माको श्रीमान भनेकोले बिनोद जी कसरी इज्जत बिहिन हुनुभयो डा . के सी ?

जो मानिस आफू राजा जस्तो बनेर हिड्न चाहान्छ नि उस्ले आफ्नो श्रीमतीलाई रानी सरहको व्यबहार गर्छ ।

अनि जो मनिस तपाईंको आगाडी सम्मानका साथ झुकेर बोल्न आउँछ नि त्यो उस्को कमजोरी होइन त्यो उस्को बडप्पन हुन्छ ।

त्यहिबेला तपाई , बिनोद र मेरि छोरी कविताको युटुब कुराकानी जब मेरो छोरिले सेयर गरन ममि भन्दा मैले गरिन, त्यो कुरामा कबु म संग रिसाएको थियो !! त्यो तपाईंप्रति उस्को सम्मान थियो बुझ्नुभयो ! तर त्यो कुराकानीमा मेरो परिवारको साधारण पन देखेर तपाईंको आनुहारको बेवास्ता मैले पढेकोले त्यो सेयर गरिन ।

आफ्नो ज्ञानलाई दम्भ होइन हजारौं नबलेका दियो बाल्ने ज्योती बनाउनुस ।

बिनोद मानन्धर तपाईंको तुलनामा कुनै कुरामा कम छैन ।

सबैभन्दा ठुलोकुरा उहाँमा मानवता छ र उहाले तपाईंले जस्तो अरुको नचाहने जजमेन्ट गरेर अरुको बारे गलत व्याख्या गर्नुहुन्न ।

अब आइन्दा बोल्दा विचार गर्नुहोला । सबैले सहदैनन् । हामीले तपाईंको केही खाएको छैन ।’

वि.सं.२०७६ साउन १५ बुधवार १९:१६ मा प्रकाशित

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

काठमाडौँ । नेपाली लोकसंगीत क्षेत्रमा नयाँ गीत ‘खाइयो कसम’ सार्वजनिक...

चलचित्र पत्रकार सङ्घको शाखा विस्तार तिव्रः १०औँ केन्द्रीय महाधिवेशनको तयारी हुँर्दै

चलचित्र पत्रकार सङ्घको शाखा विस्तार तिव्रः १०औँ केन्द्रीय महाधिवेशनको तयारी हुँर्दै

काठमाडौँ । चलचित्र पत्रकार सङ्घले चलचित्र र कला–संस्कृतिका गतिविधिलाई राष्ट्रियस्तरमा...