back

करिश्माले दिइन् डा.सुरेन्द्र केसीलाई कडा चेतावनी

वि.सं.२०७६ साउन १५ बुधवार

285 

shares
RBB AD
NTC AD

१५ साउन, काठमाण्डौं । नायिका करिश्मा मानन्धरले राजनीतिक बिश्लेषक सुरेन्द्र केसीलाई चेतावनी दिएकी छन् । उनले डा सुरेन्द्र केसी विश्लेषक, बोलिरहने तर कहिलेकाँहीको बोलाईको आधारमा डा. केसीको व्यक्तित्व अन्दाज गर्न ग्राह्रो हुने गरेको बताएकी छन् ।

सामाजिक संजाल फेसबुकमा आफ्ना धारणा राख्दै करिश्माले एक अन्तरवार्तामा सिनेमाको व्यक्तिहरुले आचरण र व्यवहारका कारण आफूलाई निम्न स्तरमा पारेको बताउँदै उदाहरणमा आफ्ना पति बिनोद मानन्धरको नाम लिएको बताएकी छन् ।

‘आफ्नो ज्ञानलाई दम्भ होइन हजारौं नबलेका दियो बाल्ने ज्योती बनाउनु, बिनोद मानन्धर तपाईंको तुलनामा कुनै कुरामा कम छैन, उनले सामाजिक संजालमा भनेकी छन्, ‘सबैभन्दा ठुलोकुरा उहाँमा मानवता छ र उहाँले तपाईंले जस्तो अरुको नचाहने जजमेन्ट गरेर अरुको बारे गलत व्याख्या गर्नुहुन्न । अब आइन्दा बोल्दा विचार गर्नुहोला । सबैले सहदैनन् । हामीले तपाईंको केही खाएको छैन ।’

यस्तो छ उनको स्टाटस
‘डा. सुरेन्द्र के.सी विश्लेषक , बोलिरहनु हुन्छ , तर कहिलेकाही के बोल्नु हुन्छ के !!! त्यो वाहाको बोलाइको आधारमा वहाको व्यक्तित्व आन्दाज गर्न मुस्किल जस्तो !!

हालै एउटा अन्तरवार्तामा वाहाले भन्नू भएको रहेछ कि सिनेमाका व्यक्तिहरुले आफ्नो व्यबहार र आचरणका कारण आफूलाइ निम्न स्तरमा पारेका छन् र उदाहरण दिदा मेरो श्रीमान बिनोद जीको नाम लिनुभएको रहेछ ।

पोखरामा बिनोद जीले वाहालाई देखेपछि आफै गएर भेट्नु भयो रे अनि म करिश्माको श्रीमान भन्नू भयो रे तेस्ले बिनोद जीले आफ्नो इज्जत घटाउनु भयो रे !! वाहाले म बिनोद मानन्धर भनेर किन नचिनाएको रे यस्ता त छन अनि के इज्जत हुनुरे ! ( बिनोद मानन्धर, ईश्वर मानन्धरको इतिहास हेर्नुस् अलिकति ) यदि करिश्मा के. सी ले आफ्नो जात बद्लेर करिश्मा मानन्धर गर्न सक्छ भने बिनोद जी ले म करिश्मा मानन्धरको श्रीमान भन्दा के बेइज्जत भयो ?

वाहाजस्तो व्यक्तित्व बाट मैले यो आसा गरेको थिइन । जबकी जब बिनोद जी पोखराबाट फर्किनु भयो कस्तो उत्साहित भएर भन्दै हुनुहुन्थ्यो र भन्दै हुनुहुन्थ्यो मैले पोखरामा डा. सुरेन्द्र के . सी लाई भेटेनी , म आफै बोल्न गए , ( बिनोद जी ले सुरेन्द्र के.सी को सबै अन्तरवार्ता फलो गर्नुहुन्छ र वहाको भनाइ मनपराउनु हुन्छ )
बिनोद जी ले आफ्नो परिचय दिदा करिश्माको श्रीमान भनेकोले बिनोद जी कसरी इज्जत बिहिन हुनुभयो डा . के सी ?

जो मानिस आफू राजा जस्तो बनेर हिड्न चाहान्छ नि उस्ले आफ्नो श्रीमतीलाई रानी सरहको व्यबहार गर्छ ।

अनि जो मनिस तपाईंको आगाडी सम्मानका साथ झुकेर बोल्न आउँछ नि त्यो उस्को कमजोरी होइन त्यो उस्को बडप्पन हुन्छ ।

त्यहिबेला तपाई , बिनोद र मेरि छोरी कविताको युटुब कुराकानी जब मेरो छोरिले सेयर गरन ममि भन्दा मैले गरिन, त्यो कुरामा कबु म संग रिसाएको थियो !! त्यो तपाईंप्रति उस्को सम्मान थियो बुझ्नुभयो ! तर त्यो कुराकानीमा मेरो परिवारको साधारण पन देखेर तपाईंको आनुहारको बेवास्ता मैले पढेकोले त्यो सेयर गरिन ।

आफ्नो ज्ञानलाई दम्भ होइन हजारौं नबलेका दियो बाल्ने ज्योती बनाउनुस ।

बिनोद मानन्धर तपाईंको तुलनामा कुनै कुरामा कम छैन ।

सबैभन्दा ठुलोकुरा उहाँमा मानवता छ र उहाले तपाईंले जस्तो अरुको नचाहने जजमेन्ट गरेर अरुको बारे गलत व्याख्या गर्नुहुन्न ।

अब आइन्दा बोल्दा विचार गर्नुहोला । सबैले सहदैनन् । हामीले तपाईंको केही खाएको छैन ।’

वि.सं.२०७६ साउन १५ बुधवार १९:१६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेपाली चलचित्रले दर्शकको साथ पाए

नेपाली चलचित्रले दर्शकको साथ पाए

काठमाडौँ । नयाँ वर्ष विसं २०८१ को सुरूभएदेखि नै दर्शकहरूले...

अभिनेता राई भन्छन्-अब निर्देशक बन्ने सोचमा छु

अभिनेता राई भन्छन्-अब निर्देशक बन्ने सोचमा छु

काठमाडौँ । अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा...

गायक निशान भट्टराई र ऋचाले गरे डिर्भोस

गायक निशान भट्टराई र ऋचाले गरे डिर्भोस

काठमाडौं । नेपाल आइडल पहिलो सिजनका फस्र्ट रनअरप चर्चित गायक...