१६ साउन । प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गर्नु अघि सहजकर्ता तालिम योजनाबारे स्पष्ट हुन जरुरी हुन्छ । तालिम कक्षमा सहजीकरणका लागि तालिमको उद्देश्य देखि तालिमका लागि आवश्यक पर्ने भौतीक सामग्रीहरु पनि तयारी अवस्थामा राख्नु पर्दछ । सफल रुपमा तालिम सञ्चालन गर्न तथा आफूलाई सक्षम सहजकर्ताको रुपमा प्रस्तुत गर्न के के कुरामा ध्यान दिनु पर्दछ त ? जानी राखौँ :
के तपाईंले ? १. तालिमको उद्देश्यहरु बारे तयारी गर्नु भएको छ ?
२. निम्न कुराहरुको तयारी, जानकारी र प्राप्ति गर्नु भएको छ ?
क) परिचयात्मक कार्य (Introduction/ Ice-breaking)
ख) घटना अध्ययन (Case Study)
ग) अनुकरण अभ्यास (Role play)
घ) प्रशिक्षण सामग्री (Handout Materials)
ङ) प्रशिक्षण सहयोगी सामग्री (Writing pad, Pen, Meta card, Marker etc.)
३. प्रशिक्षणको सुरुवातको लागि तयारी गर्नुभएको छ ?
४. प्रस्तुत गर्नका लागि टिपोटको तयारी गर्नुभएको छ ?
क) मुख्य मुख्य बुँदाहरुको निधो गर्नुभएको छ ?
ख) जोड दिने विषयको निम्ति अन्य कुनै उदाहरणीय घटनाहरुको तयारी गर्नुभएको छ ।
ग) संक्षेपीकरण गरिनुपर्ने बुँदाहरु टिपोट गर्नुभएको छ ?
घ) अनुभव र कथाहरुको टिपोट गर्नुभएको छ ?
ङ) सहभागीहरुलाई नयाँ सोच र उत्प्रेरित गर्ने विधि र उपायहरुको टिपोट गर्नुभएको छ ?
५. विषयबस्तुको निम्ति पर्याप्त समयको योजना गर्नुभएको छ ?
६. प्रशिक्षणको लागि भौतिक सामग्रीहरुको सुनिश्चितता गर्नुभएको छ ?
क) कालोपाटी, सेतोपाटी वा फ्लीपचार्ट
ख) सुविधाजनक बसाइ व्यवस्था
ग) मार्कर, चक, मास्किङ टेप, कैची, स्टापलर आदि (Check List)
घ) झ्यालढोका, उज्यालो, खानेपानी र आवश्यक सहभागी
ङ) शान्त वातावरण (भित्र र बाहिरको वातावरणले प्रभाव नपार्ने)
प्रशिक्षण सामाग्रीले विषय वस्तु, विधि, सामाग्री र सूचना प्रदान गर्ने भए तापनि यिनीहरुका प्रयोग सहजरुपमा गरी सहभागीहरुको मन जित्न सहजकर्ताकै मानवीय व्यवहार र प्रयास आवश्यक हुने भएको हुँदा नाम अनुसारको काम तपाईहरुको दायित्व हो । (क्रमश…)
वि.सं.२०७६ साउन १६ बिहीवार १०:०५ मा प्रकाशित






























