
१९ साउन, काठमाण्डौं । विभिन्न संस्था र कम्पनीहरुले विभिन्न योग्यता पुगेका व्यक्तिहरुलाई जागिरका लागि सूचना जारी गरेका छन् ।
विभिन्न कम्पनीमा जनशक्ति आफूर्ति गर्ने प्रफेक्ट रिक्युटिङ कम्पनीले अफिस मेनेजर, (कम्तिमा स्नातक) १ पुरुष र १ महिला, अफिस सेक्रेटरी २, लेखापाल (कर्मशमा स्नातक) डकुमेन्टेशन इन्चार्ज, ऋण डेस्क, मार्केटिङ अफिसर र अफिस रनरलाई कम्तिमा प्लस टु उत्र्तिण गरेको हुनुपर्ने बताएको छ । कम्पनीको टेलिफोन नं ४३५०७६४ मा फोन गरेर इमेलमार्फत् बायोडाटा पठाउन सकिने जनाइएको छ ।
यसैगरी काठमाण्डौंको कमलपोखरीमा कार्यालय रहेको सेन्ट्रल डायग्नोस्टिक ल्याब्रेटोरीले एमडी वा एमएस्सी गरेको १ बायोकेमेस्टिक, विएस्सी एिमएलटी गरेको मेडिकल ल्याव टेक्नोलोजिस्ट ३, सिएमएलटी गरेको २ ल्याव टेक्निसियन, एकाउन्टमा स्नातक गरेको १ एकाउन्टेन तथा प्लस टु गरेको २ रिसेप्सनिस्टको माग गरेको हो ।
सो सेन्टरका अनुसार फोन नं ४४१७१७७, ४४१७१७८ मा सम्पर्क गरी अगस्त १५ भित्र सम्पर्क गर्न सकिने वा विस्तृत जानकारीका लागि www.centraldiagnoisticlabs.com मा हेर्न सकिने जनाइएको छ ।
यसैगरी uk Aid को सहयोगमा संचालित DFID NHSSP काठमाण्डौं कार्यक्षेत्र रहने ‘प्रमाण–संयोजक’ १, क्यावालिटी एस्युरेन्स तथा रेगुलेशन एडभाइजर १, निर्माण प्रवन्धक १, साइड इन्जिनियर्स काठमाण्डौं १ र पोखरा १, स्कुटरचालक इन्जिनियर १ तथा हेल्थ सिस्टम अफिसर १ जना माग रगको छ ।
सो संस्थाका अनुसार www.nhssp.org.np मा हेरी योग्यता पुगेका उम्मेदवारले १८ दिनभित्र आवेदन गर्न सक्नेछन् ।