back
CTIZAN AD

टेक्सासमा बन्दुक आक्रमण, २० को मृत्यु

वि.सं.२०७६ साउन १९ आइतवार

909 

shares

१९ साउन । अमेरिकामा केही दिन यता लगातार बन्दुक आक्रमण भैरहेको छ । एक हप्ताबीचमा २ छुट्टाछुट्टै ठाउँमा आक्रमण भएका छन् । अमेरिकी समय अनुसार शनिबार बिहान अमेरिकाको टेक्सास राज्यमा बन्दुक आक्रमणमा परेर कम्तीमा २० जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएको बताइएको छ ।

एल पासो सहरस्थित व्यापारीक केन्द्र वालमार्टमा भएको उक्त घटनालाई टेक्सासका गभर्नरले आफ्नो प्रान्तका लागि ‘इतिहासकै सबैभन्दा घातक दिन मध्येको एक रहेको’ बताएका छन्।

अन्तर्राष्ट्रिय समाचार संस्था एबिसिका अनुसार घटना अमेरिका र मेक्सिकोको सिमानाभन्दा केही पर रहेको वालमार्ट स्टोरमा भएको सो आक्रमणमा सहभागी रहेको आशंकामा प्रहरीले प्याट्रिक क्रुसिअस नामक एक २१ वर्षीय युवालाई हिरासतमा लिएको छ।

सो घटनामा मेक्सिकोका नागरिक पनि मारिएको जनाइएको छ । मेक्सिकोका राष्ट्रपतिले आफ्ना तीन जना नागरिकको मृत्यु र ६ जना घाइते भएको बताएको जनाएका छन्। आक्रमणकारीको निशानामा मेक्सिको नागरिक रहेको एक अधिकारीले जनाएको बताइएको छ ।
आक्रमणकारीले आधुनिक हतियारका साथै एके ४७ राइफल पनि चलाएको ती अधिकारीले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई कायरतापूर्ण कार्यको रूपमा भर्त्सना गरेका छन् र भनेका छन् कि निर्दोष व्यक्तिहरूको हत्या कुनै पनि परिस्थितिमा जायज ठहराउन सकिदैन।

ट्रम्पले ट्वीट गरे, “टेक्सासको एल पासोमा आज भएको गोलीबारी दुखद घटना मात्र होईन, यो एउटा कायरतापूर्ण कार्य पनि हो।”

वि.सं.२०७६ साउन १९ आइतवार १०:२७ मा प्रकाशित

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...