back
CTIZAN AD

आँखा परीक्षणबाट ६६३ विद्यार्थी लाभान्वित

वि.सं.२०७६ साउन १९ आइतवार

1.3K 

shares


१७ साउन, तनहुँ । रोटरी क्लब अफ न्यूरोड पोखराले तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनीटार माध्यमिक विद्यालयका विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरेको छ । कक्षा नर्सरीदेखि ८ सम्मका ६६३ विद्यार्थीको आँखाको परीक्षण गरिएको कार्यक्रम संयोजक दीपेन्द्र शर्माले जानकारी दिए।
मनिपाल अस्पताल पोखराको प्राविधिक सहयोगमा दुई चिकित्सकसहित पाँच जनाको समूहले विद्यार्थीको आँखा जाँच गरेको हो । क्लबको वार्षिक कार्ययोजनाअनुसार विद्यालयमा तेस्रोपटक आँखा शिविर सञ्चालन गरिएको शर्माले बताए।
आँखा जाँच कार्यक्रममा ४१ विद्यार्थीको आँखामा सामान्य समस्या देखिएको र दुई जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको छ । “आँखामा समस्या देखिएका विद्यार्थीलाई शल्यक्रियासहित आवश्यक पर्ने सबै खर्च क्लब र मनिपाल अस्पतालले व्यहोर्नेछ”, शर्माले भने। सो अवसरमा आँखामा समस्या देखिएका विद्यार्थीलाई निःशुल्क औषधि प्रदान गरिएको क्लबले जनाएको छ ।

विद्यार्थीले बनाए शैक्षिक सामग्री

तनहुँको व्यास नगरपालिका–५ पाटनस्थित परासर आधारभूत विद्यालयका विद्यार्थीले शैक्षिक सामग्री बनाएर प्रदर्शन गरेका छन् । विद्यालयको अतिरिक्त क्रियाकलापअन्तर्गत कक्षा ४ देखि ८ सम्मका ४९ छात्रछात्राले स्थानीय कच्चा पदार्थबाट विभिन्न प्रकारका शैक्षिक, सजावट, पेशा व्यवसाय, विज्ञान र परम्परागत स्थानीय प्रविधिसम्बन्धी सामग्री निर्माण गरी प्रदर्शन गरेका हुन् ।

प्रदर्शनीमा कक्षा ७ का आदित्य पौडेल प्रथम भएका छन् । उनले एटिएम मेसिन बनाएका थिए । गुड्ने कार बनाएका कक्षा ८ का मनिरा थापा द्वितीय, पङ्खा र घर बनाएका कक्षा ६ का आशिष बोटे र एक्सबो बनाई कक्षा ८ का रोमन थापा तृतीय भएका छन् भने झुमर बनाएका कक्षा ७ का सङ्गीता थापा र फूलदानी बनाएका कक्षा ६ का मुना बोटे सान्त्वना पुरस्कार पाउन सफल भएका छन् ।

विद्यार्थीलाई ‘लागुऔषध’ पढाउँदै प्रहरी

क्याम्पस र विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लागुऔषध दुव्र्यसनीबाट बचाउन इलाका प्रहरी कार्यालय भीमादले सचेतना कक्षा शुरु गरेको छ । विद्यालय र क्याम्पस तहमा अध्ययनरत विद्यार्थी बढी मात्रामा लागुऔषध दुव्र्यसनीमा फस्न सक्ने भएकाले प्रहरीले विद्यालयमै पुगेर सचेतना कक्षा शुरु गरेको हो ।

विद्यालय तहका बालबालिका लागुऔषधको बढी जोखिममा रहने हुनाले उनीहरुलाई यसविरुद्ध सचेत गराउन सचेतना कार्यक्रम शुरु गरिएको इलाका प्रहरी कार्यालय भीमादका प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले जानकारी दिए। “लागुऔषधको जोखिममा रहने बालबालिकालाई यसबाट बचाउनु सबैको कर्तव्य हो”, प्रनानि रेग्मीले भने, “समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत नगर क्षेत्रभित्रका सबै विद्यालयमा यसखाले कार्यक्रम सञ्चालन गर्नेछौँ ।”

अभियानको शुरुआत प्रहरीले भीमाद नगरपालिका–६ स्थित जनज्योति क्याम्पसबाट गरेको छ । सो अवसरमा विद्यालयमा प्लस टु र स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई यसबारेमा जागरुक बनाइएको रेग्मीले जानकारी दिए । (रासस)

वि.सं.२०७६ साउन १९ आइतवार १०:४३ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी । एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा...

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दी । गण्डकी प्रदेश सरकारले म्याग्दीमा फलफूल, तरकारी, आलु र...

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

दाङ । दाङ प्रहरीले जिल्लाका विभिन्न स्थानमा गत साउन १६...

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...