Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

ट्रयाक्टरको ठक्करबाट एकको मृत्यु



१९ साउन, सर्लाही । कविलासी नगरपालिका–७ सिरसियास्थित मलङ्गवा–नवलपुर सडकखण्डमा नवलपुरबाट मलङ्गवातर्फ आउँदै गरेको मोटरसाइकललाई बोलबम (शिवभक्त) सवार ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार एक जनाको मृत्यु भएको छ ।

ठक्करबाट चक्रघटा गाउँपालिका–६ निवासी हृदय दासको १७ वर्षीया छोरी रामशीलाकुमारी दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

गए राति ११ः१५ बजेको समयमा ट्र्याक्टरले उनलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी दासलाई तत्कालै सर्लाही अस्पताल मलङ्गवामा पु¥याइएको थियो । तर उनको उपचार त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि वीरगञ्जतर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिए। ठक्कर दिने ट्र्याक्टरको नम्बर खुलेको छैन । ठक्कर दिने ट्र्याक्टरको खोजी भइरहेको उनले बताए । मृतकको शव अहिले जिल्ला अस्पताल मलङ्गवामा राखिएको छ ।

यसैबीच सर्लाहीको पर्सा गाउँपालिका–२ सङ्ग्रामपुरस्थित नेपाल– भारत सीमा नजिकै रहेको पोखरीमा डुबेर एक भारतीय युवक बेपत्ता भएका छन् । शनिबार साँझ तीन साथीसँग पोखरीमा नुहाउन गएका भारत बिहार सीतामढी जिल्ला बथुवारा लालबन्दी–२ निवासी हबिव अन्सारीका १६ वर्षीय छोरा अजुव अन्सारी पोखरीमा डुबेर बेपत्ता भएका हुन् ।

हिजो साँझ ५ बजेदेखि नै पोखरीमा बेपत्ता युवकको खोजीमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको छ । पोखरीमा बढी पानी भएका कारण खोजीकार्यमा समस्या भइरहेको प्रहरीले जनाएको छ । खोजीकार्य अहिले पनि जारी नै रहेको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ