back
CTIZAN AD

ट्रयाक्टरको ठक्करबाट एकको मृत्यु

वि.सं.२०७६ साउन १९ आइतवार

741 

shares

१९ साउन, सर्लाही । कविलासी नगरपालिका–७ सिरसियास्थित मलङ्गवा–नवलपुर सडकखण्डमा नवलपुरबाट मलङ्गवातर्फ आउँदै गरेको मोटरसाइकललाई बोलबम (शिवभक्त) सवार ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार एक जनाको मृत्यु भएको छ ।

ठक्करबाट चक्रघटा गाउँपालिका–६ निवासी हृदय दासको १७ वर्षीया छोरी रामशीलाकुमारी दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

गए राति ११ः१५ बजेको समयमा ट्र्याक्टरले उनलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी दासलाई तत्कालै सर्लाही अस्पताल मलङ्गवामा पु¥याइएको थियो । तर उनको उपचार त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि वीरगञ्जतर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिए। ठक्कर दिने ट्र्याक्टरको नम्बर खुलेको छैन । ठक्कर दिने ट्र्याक्टरको खोजी भइरहेको उनले बताए । मृतकको शव अहिले जिल्ला अस्पताल मलङ्गवामा राखिएको छ ।

यसैबीच सर्लाहीको पर्सा गाउँपालिका–२ सङ्ग्रामपुरस्थित नेपाल– भारत सीमा नजिकै रहेको पोखरीमा डुबेर एक भारतीय युवक बेपत्ता भएका छन् । शनिबार साँझ तीन साथीसँग पोखरीमा नुहाउन गएका भारत बिहार सीतामढी जिल्ला बथुवारा लालबन्दी–२ निवासी हबिव अन्सारीका १६ वर्षीय छोरा अजुव अन्सारी पोखरीमा डुबेर बेपत्ता भएका हुन् ।

हिजो साँझ ५ बजेदेखि नै पोखरीमा बेपत्ता युवकको खोजीमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको छ । पोखरीमा बढी पानी भएका कारण खोजीकार्यमा समस्या भइरहेको प्रहरीले जनाएको छ । खोजीकार्य अहिले पनि जारी नै रहेको छ । रासस

वि.सं.२०७६ साउन १९ आइतवार ०९:५८ मा प्रकाशित

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

काठमाडौँ । नेपाली सेनाले रसुवागढी–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको हवाई...

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

काठमाडौँ । रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय...

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनामा...

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

काठमाडौं । सरकारले हेटौंडा–काठमाडौं आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन...