back
CTIZAN AD

अमरनाथ यात्रामा रहेका तीर्थयात्रीहरू बाटैबाट घर फर्किदै

वि.सं.२०७६ साउन १९ आइतवार

759 

shares

१८ साउन, भारत प्रशासित कश्मिर । विश्वभरबाट ४५ दिने अमरनाथ यात्रामा आएका हिन्दु तीर्थयात्रीलाई सकभर छिटो घर फर्किन भारतीय प्रशासनले गरेको आग्रहसँगै पूजा र प्रार्थनाका लागि त्यहाँ पुगेका यात्रुहरू हतारमा आफ्नो गन्त्व्यतिर लागेका बताइएको छ ।

भारत–प्रशासित कश्मिरमा सरकारी अधिकारीले अप्रत्यासित रुपमा हिन्दु तीर्थयात्र रद्द गर्न र पर्यटकलाई विवादित क्षेत्र छाड्न निर्देशन दिएपछि त्यहाँ पुगेका हिन्दु तीथयात्रीहरू, उक्त क्षेत्रमा रहेका विद्यार्थीहरू शनिबार हतारमा आफ्ना घरतर्फ जान हजारौँको सङ्ख्यामा बस स्टेसनहरूमा पुगेका थिए । सरकारी निर्देशनले स्थानीयमा पनि त्रास र भ्रम उत्पन्न भएको बताइएको छ ।
जम्मु–कश्मिर राज्य सरकारले शुक्रबार एक निर्देशन जारी गर्दै ‘अमरनाथ यात्रामा रहेका तीर्थयात्री’ र ‘विद्यमान सुरक्षा अवस्था’विरुद्ध आतंकवादी आक्रमण हुने गुप्तचर सूचना भएकाले तीर्थयात्री र पर्यटकले ‘तत्काल’ उक्त क्षेत्र छाड्नुपर्ने बताएको थियो ।

भारतको केन्द्र सरकारले कश्मिरमा केही हप्ता पहिले थप १० हजार सुरक्षाकर्मी तैनाथ गरेको र आतङ्कवादी हमला हुनसक्ने भन्दै गरेको पछिल्लो निर्देशनले स्थानीय बासिन्दामो भय उत्पन्न गराएको हो । यहाँका वासिन्दाले अवस्था लामो समयसम्म खराब हुने त्रासले खाद्यान्न, औषधि, इन्धनसमेत जम्मा गर्न थालेपछि स्थानीय बजारहरूमा सामन किन्नेहरूको भीड हुन थालेको देखिएको छ । आफ्नो परिचय नखुलाउने सर्तमा एक उच्च प्रहरी अधिकारीले भने, “आफूहरुलाई ‘वृहद स्तरको कानून व्यवस्थाको लागि तयार रहन’ भनिएको र यसका लागि हामीहरू तयारी अवस्थामा छौँ ।”

“विगत ३० वर्षदेखि मनोवैज्ञानिक युद्ध चलिरहेको छ र त्यो हामीविरुद्ध चालिएको छ । यहाँका मानिस मारिरहेको कुरातर्फ विश्वले आखाँ चिम्लेर बसेको छ । उनीहरुलाई हामीमाथि के भइरहेको छ भन्ने कुराको कुनै मतलब छैन,” श्रीनगरका ५५ वर्षीय एक व्यापारी नाजिर अहमदले भने ।
“शनिबार बिहानदेखि मैले मानिस गेडागुडी, चामल र पिठो किन्न हतारिएको देखिरहेको छु । मानिस के हुन लागेको भने चिन्तित छन् ।”

सन् १९४७ मा स्वतन्त्र भएपछि भारत र पाकिस्तानले कश्मिरलाई विभाजन गरेका थिए । त्यस यता कश्मिरकै विषयमा यी आणविकशस्त्र सम्पन्न दुई छिमेकीबीच तीनपटक युद्ध भइसकेको छ ।भारतले यस क्षेत्रमा सक्रिय कयैन सशस्त्र विद्रोहीलाई पाकिस्तानले सहयोग गरिरहेको आरोप लगाउँछ । तर इस्लामावादले भने यसलाई खण्डन गर्दै आएको छ ।

कश्मिर उपत्यका र विद्यामान पाकिस्तानसँगको सीमाना (एलओसी)मा गरेर लाखौँको सङ्ख्याम सैनिक तैनाथ छन् । कश्मिर विश्वमै धेरै सेनाको उपस्थित रहेको क्षेत्र मानिन्छ । अनुगमन समूहका अनुसार भारत प्रशासित कश्मिरको द्वन्दमा विगत ३० वर्षमा ७० हजार मानिसको ज्यान गइसकेको छ । युद्धमा अधिकाशं सर्वसाधारणको ज्यान गुम्ने गरेको स्थानीयको भनाइ छ । (रासस/एएफपी)

वि.सं.२०७६ साउन १९ आइतवार ०९:५६ मा प्रकाशित

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...