back
CTIZAN AD

अमेरिका ‘सही बाटोमा’ फर्किनुपर्छ : चीन

वि.सं.२०७६ साउन १९ आइतवार

747 

shares

१९ साउन, संयुक्त राष्ट्रसङ्घ। संयुक्त राष्ट्रसङ्घका लागि चिनियाँ आवासीय प्रतिनिधिले व्यापार तनाव समाधान गर्न अमेरिकालाई राष्ट्रसङ्घका लागि चिनियाँ आवासीय प्रतिनिधि चाङ च्युनले चीनले संयुक्त राष्ट्र संघको भूमिकामा उच्च महत्व दिइरहेको र बहुपक्षबाद, राष्ट्र सङ्घ केन्द्रित अन्तर्राष्ट्रिय कानून तथा प्रणालीमा आधारित परिपाटीको दृढ समर्थन गर्दै जाने कुरामा जोड दिएका छन् ।

शुक्रबार चाङले राष्ट्र संघको मुख्यालयमा प्रसिद्ध अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई संयुक्त अन्तर्वार्ता दिँदै भने, “चीन–संयुक्त राष्ट्र संघ सहयोग, बेल्ट एण्ड रोड अवधारणा, चीन–अमेरिका व्यापार द्वन्द्व तथा हङकङ समस्यालगायत हिजोआज ध्यानाकर्षण भएका विषयबारे चीनको प्रष्ट नीति छ ।”उनले भने, “आफ्नो आधारभूत हितसँग सम्बन्धमा चीनले पछि हट्दैन र चीनले चाल्ने कदम आफ्नो हितको रक्षा गर्नु मात्र नभई खुला, पारदर्शी र सम्मानपूर्वक बहुपक्षीय व्यापार प्रणालीको संरक्षण गर्नु हो ।”

चीनले व्यापार तनावबारे अमेरिकासँगको मतभिन्नतालाई समाधान गर्न चाहेको बताउँदै चाङले भने, “व्यापार विवादका सन्दर्भमा आपसी समानता र विश्वासका आधारमा बेइजिङ र वासिङ्टन अघि बढ्न सक्ने तर यसका लागि सेप्टेम्बर १ बाट लागु गर्ने भनी भएको अमेरिकी कर वृद्धिबारे घोषणाबाट अमेरिका पछि हट्नु वाञ्छनीय हुनेछ ।”

सुरक्षा परिषद्को स्थायी सदस्य भएका नाताले चीनले जिम्मेवार तथा रचनात्मक ठूलो मुलुकको भूमिका निर्वाह गर्दै खासगरी विकासोन्मुख मुलुक तथा अफ्रिकी मुलुकको शान्ति सुरक्षा संरक्षण क्षमतालाई बढाउँदै उनले बताए ।

“चीनले जिम्मेवारी तथा रचनात्मक धारणा लिएर अन्तर्राष्ट्रिय समाज सहयोगले विश्वव्यापी चुनौतीको सामना गर्दै दिगो विकास २०३० को कार्यान्वयनलाई अघि बढाउँदै जाने छ । बेल्ट एण्ड रोडको प्रारूपमा संयुक्त राष्ट्र संघसँगको सहयोगलाई गहन पार्नुका साथै चीनले विकासोन्मुख मुलुकको बैधानिक हक–अधिकारको दृढ समर्थन गर्दै जाने छ ।”

अमेरिकाले सेप्टेम्बर १ देखि चीनबाट अमेरिकालाई निर्यात हुने ३ खर्ब अमेरिकी डलर बराबर उत्पादित वस्तुमाथि थप १० प्रतिशत भन्सार कर असुल्ने सार्वजनिक घोषणा गरेको प्रसङ्गबारे सोधिएको प्रश्नमा चाङलेले भने, “चीन–अमेरिका व्यापार विवाद कम गर्न अमेरिकाले चालेका कदम गलत भएको र यसका लागि अमेरिका ‘सही बाटोमा’ आउनुको विकल्प छैन ।” उनले हङकङ, सिन्च्याङ, तिब्बत तथा ताइवान समस्याको प्रयोग गरेर चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न छुट कुनै पनि मुलुकलाई नहुने भन्दै यसबारे ‘अनर्गल प्रचार’ रोक्न अमेरिका र उसका सहयोगी राष्ट्रहरूलाई आग्रह गरे ।

हङकङ विशेष प्रशासनिक क्षेत्रले कानुन वमोजिम प्रभावकारी कदम चालेर हिंसात्मक गतिविधिलाई निस्तेज पार्दै सामाजिक स्थिरताको पुनःस्थापना गर्न केन्द्रीय सरकारले समर्थन दिँदै जान चाङले बताए । (रासस/सिन्ह्वा)

वि.सं.२०७६ साउन १९ आइतवार ०९:५३ मा प्रकाशित

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...