Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

पर्यटन मजदुरलाई निःशुल्क चिनियाँ भाषा तालीम




१९ साउन, कास्की । पोखरामा पर्यटन क्षेत्रमा कार्यरत मजदुुरहरुका लागि चिनियाँ भाषाको निःशुल्क तालीम शुरु भएको छ । नेपाल भ्रमण वर्ष २०२० तथा गण्डकी प्रदेश सरकारको आन्तिरक पर्यटन वर्षलाई सफल बनाउने उद्देश्यले नेपाल ट्रेकिङ–ट्राभल्स–¥याफटिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति कार्गो, कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि शुरु भएको सो तालीम आगामी भदौ १८ गतेसम्म सञ्चालन हुनेछ ।

नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि भएसँगै पर्यटकको बसाइँ सहज बनाउने र भाषाको अभावमा उनीहरुलाई कुनै कठिनाइ नहोस् भनेर पर्यटन बोर्ड, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र ट्रेकिङ एजेन्सिज एशोसिएसन (टान) पोखराको सहयोगमा चिनियाँ भाषाको तालीम शुरु गरिएको युनिट्राभ गण्डकीका अध्यक्ष विजय केसीले बताए ।

आधारभूत र एड्भान्स गरी दुई सत्रमा कक्षा सञ्चालन गरिएको र आधारभूतमा ४१ र एड्भान्समा २१ गरी ६२ जना तालीममा सहभागी रहेकाछन् ।
तालीम उद्घाटन गर्दै पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख काशिराम भण्डारीले भाषा तालीमबाट पर्यटकसँग गरिने व्यवहारमा सहजता हुने बताउँदै पथप्रर्दशक भनेको बाटो देखाउने मात्र नभई देशको राजदूत बन्नुपर्ने बताए। (रासस)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ