back

आपत्कालीन कोषले आयआर्जनमा टेवा पु¥याउँदै

वि.सं.२०७६ साउन १९ आइतवार

780 

shares

१९ साउन, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिलकीका मङ्गलप्रसाद चौधरीलाई ऋण खोज्नका लागि बैंक र सहकारी संस्था चहार्दै हिँडनु पर्दैन ।

ऋण लिनका लागि सिफारिश र अन्य कागजात बनाउने झन्झटसमेत छैन । चाहेको बेला बिनाझन्झट ऋण पाइने गरेको छ । गाउँमै गठन गरिएको इटाहा सामुदायिक विपद् व्यवस्थापन समितिमा चौधरी आबद्ध भएपछि उनले सहजरूपमा ऋण पाउन थालेका छन् ।

न्यून ब्याजमा सहजरूपमा ऋण पाइन थालेपछि समितिमा आबद्ध सदस्यले आयआर्जनका कार्यक्रम सञ्चालन गर्न थालेका छन् । समितिमा ६२ जना नदीको उच्च जोखिममा रहेका परिवार आबद्ध छन् । आबद्ध सदस्यको समितिमा रु पाँच लाख बचत रहेको छ । नदीको बगर संरक्षण गरी समितिमा आबद्ध २७ सदस्यले नौ बिघामा उखुखेती गरेका छन् । मल र बीउ खरीदका लागि सबैले समितिबाट रु ३० हजारदेखि रु ५० हजार आवश्यकताका आधारमा ऋण लिएका छन् ।

गत वर्ष समितिमा आबद्ध सदस्यले चार बिघा जग्गामा उखुखेती गरी एक हजार क्विन्टल उखु उत्पादन गरेका थिए । जुन रु पाँच लाख ५५ हजारमा बिक्री भएको थियो । बिक्रीको १० प्रतिशत रकम समितिको आपत्कालीन कोषमा जम्मा गरी बाँकी रकम समितिका सदस्यले आम्दानीका रुपमा राखेको समितिमा आबद्ध भङ्गी रानाले बताए।

खेर गएको बगर संरक्षण गरी प्रतिवर्ष समितिमा आबद्ध सदस्यले उखुखेती गरी रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर्दै आएका छन् । दोदा र वनहरा नदीले जग्गा कटान गरी बगाउँदै आएको थियो जगतबहादुर रानाले भने “बालुवानै बालुवाले भरिएको बगरमा घाँस रोपेर संरक्षण ग¥यौँ । त्यसपछि बगरमा नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरको सहयोगमा समिति गठन गरी उखु रोपेपछि आम्दानी हुन थालेको छ । आम्दानीसँगै नदीले जग्गा कटान गर्न छाडेपछि सुरक्षित तरिकाले बस्न सकेका छौँ ।” नदीले जग्गा कटान गरेपछि नौ वर्षअघि विस्थापनमा परेका १७ परिवार बाढीपीडित बगर संरक्षण भई नदीको जोखिम कम भएपछि पुनः पुरानै ठाउँमा फर्केर उखुखेतीमा संलग्न भएका छन् ।

उखु रोप्ने, हेरचाह गर्ने, गोडमेल गर्ने, मल राख्ने, सिँचाइ गर्ने र मिलमा लगेर बिक्री गर्ने कार्यसमितिका सदस्यले पालो मिलाएर गर्दै आएका छन् । जसबाट समय, श्रमको बचत भई सामूहिक कार्य गर्ने बानीले समाजमा मिलेर कार्य गर्ने हौसलासमेत थपिन थालेको स्थानीयवासीको भनाइ छ ।

सुत्केरी हुने महिलालाई यातायात खर्च

समितिमा आबद्ध सदस्यका महिला गर्भवती भई प्रसूतिका लागि अस्पताल लैजानका लागि रु पाँच हजार बिनाब्याज रकम उपलब्ध गराउने व्यवस्थासमेत गरिएको छ । आपत्कालीन रुपमा जुनसुकै बेला पनि सुत्केरी हुने महिलालाई रकम उपलब्ध गराउने व्यवस्था मिलाएको समितिका सचिवसमेत रहनुभएका मङ्गलप्रसाद चौधरीले बताए । यस वर्ष पाँच सुत्केरी हुने महिलालाई सो रकम प्रदान गरिएको छ ।

यसैगरी, वैदेशिक रोजगारीमा जाने युवालाई समेत रु ५० हजारसम्म कोषबाट ऋणका रुपमा रकम उपलब्ध गराइँदै आएको रामआश्रय रानाले बताए। हालसम्म २५ बढी युवाले कोषबाट रकम लिएर वैदेशिक रोजगारीमा गएका छन् । (रासस)

वि.सं.२०७६ साउन १९ आइतवार ११:२४ मा प्रकाशित

Himalayan Life AD
अर्थ-राष्ट्रिय समृद्धिको इन्जिन

अर्थ-राष्ट्रिय समृद्धिको इन्जिन

अर्थतन्त्र कुनै राष्ट्रको आय–व्ययको कागजी हिसाब मात्र होइन; यो राष्ट्रको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

नबिल बैंकद्वारा नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिपः जर्नी अफ इम्प्याक्ट, २०८२’ कार्यक्रम  सम्पन्न

नबिल बैंकद्वारा नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिपः जर्नी अफ इम्प्याक्ट, २०८२’ कार्यक्रम सम्पन्न

काठमाडौँ । नबिल बैंक लिमिटेडले ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’...

नेपाल टेलिकमद्वारा एसएमएस–आधारित भिएएस सेवामा राजनीतिक सन्देश प्रवाह रोक

नेपाल टेलिकमद्वारा एसएमएस–आधारित भिएएस सेवामा राजनीतिक सन्देश प्रवाह रोक

काठमाडौं । नेपाल टेलिकमले आफ्नो Value Added Services (VAS) प्रणालीअन्तर्गत...

टिक्मोमार्फत आइएमई रेमिटेन्स गर्दा विद्युतीय गाडी र आईफोन जित्ने मौका

टिक्मोमार्फत आइएमई रेमिटेन्स गर्दा विद्युतीय गाडी र आईफोन जित्ने मौका

काठमाडौं  । नेपालको अग्रणी रेमिटेन्स सेवा प्रदायक आइएमई लिमिटेडले “Tiqmo...

नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा निर्वाणकुमार चौधरी चयन

नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा निर्वाणकुमार चौधरी चयन

काठमाडौं । नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत...