Logo
९ चैत्र २०७९, बिहीबार
     Thu Mar 23 2023
E-paper
  English Edition
   Unicode
Logo

तीन तलाक विधेयक पारितभएको चारदिनपछि नै पतिले गरे फोनबाटै सम्बन्धविच्छेद



१९ साउन,भारत । मुस्लिम महिलाको हित सम्बद्र्धन गर्न बनेको भनिएको तीन तलाक विधेयक आएको चार दिनपछि एक व्यक्तिले आफ्नी श्रीमतीलाई फोनबाटे सम्बन्धविच्छेद गरेका छन् । आफ्नी श्रीमतीलाई फोनबाट सम्बन्धविच्छेद गरेको आरोपमा कुशीनगर पुलिसले ती व्यक्ति विरुद्ध मुद्दा दर्ता गरेको छ ।

महिलाको बुवाले पुलिसलाई लिखित निवेदन दर्ता गराएका थिए भने शनिबार पुलिसले उक्त महिलाको पति विरुद्ध नेबुआ नौरंगिया पुलिस स्टेशनमा मुद्दा दर्ता गरेको हो । रिपोर्टका अनुसार तीन तालक बिल पारित भएको भोलिपल्ट अब्दुल रहीमले आफ्नी २५ वर्षीया श्रीमती फातिमा खातूनलाई फोन गरेर तीन पटक सम्बन्ध विच्छेद गरिसकेका थिए । अब्दुल साउदी अरेबियामा काम गर्दछन् ।

अब्दुल र फातिमाको २०१४ मा विवाह भएको थियो । विवाह भएको चार महिना पछि, अब्दुल साउदी अरेबिया काममा गएका थिए । उनी बिदामा घर आउँथे तर फातिमासँग उनको व्यवहार राम्रो थिएन । उनको परिवारले पनि फातिमालाई यातना दिन्थे । यातनाका बाबजुद फातिमाले घरका कामहरु सबै गरिरहेको उनका पीताले बताए । फतिमाका ससुराले उनका पतिलाई फोनमा कुरा गर्न भन्यो, पतिले तीन पटक सम्बन्ध विच्छेद गर्दै फोन काटियो ।

जब पिता अहमद अली फातिमालाई भेट्न पुगे, छोराका ससुरालीहरूले एक पंचायत बोलाए । एक कागजमा छोरीको औठा छाप लगाएपछि १ लाख ५० हजार रुपैयाँको चेक दिइयो र भनियो कि ‘आजदेखि बिहेको सम्बन्ध खतम भयो’ । कुशीनगरका प्रहरी उपरीक्षक आरएन मिश्रले महिलाका बाबुको निवेदनमा उक्त कुरा उल्लेख गरेको जानकारी दिए ।(एजेन्सी)

मुस्लिम समुदायमा महिलालाई तिनका पुरूषले तीन पटक तलाक भनेपछि सम्बन्ध विच्छेद हुने सामाजिक व्यवहारलाई हटाउँदै मुस्लिम महिलाको हित संरक्षण गर्ने उद्देश्यले ल्याइएको भन्दै महिलाहरुले खुशी मनाएका थिए ।
तीन तलाक कानुन बनेपछि दोषी पुरूषलाई ३ वर्षको जेल सजाय हुन सक्नेछ । साथै पीडित महिलाले आफू र आफ्नो नाबालिग बालबच्चाको भरणपोषणको माग दाबी गर्न पाउने छिन् ।

भारतीय मुस्लिम महिलाका खुसीको खबर, राज्यसभाबाट पारित भयो ‘तीन तलाक’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । लामो समयदेखि अमेरिकामा समाजसेवामा सक्रिय रहेका कृष्ण लामिछाने मृत भेटिएका छन् ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले