back
CTIZAN AD

तीन तलाक विधेयक पारितभएको चारदिनपछि नै पतिले गरे फोनबाटै सम्बन्धविच्छेद

वि.सं.२०७६ साउन १९ आइतवार

963 

shares

१९ साउन,भारत । मुस्लिम महिलाको हित सम्बद्र्धन गर्न बनेको भनिएको तीन तलाक विधेयक आएको चार दिनपछि एक व्यक्तिले आफ्नी श्रीमतीलाई फोनबाटे सम्बन्धविच्छेद गरेका छन् । आफ्नी श्रीमतीलाई फोनबाट सम्बन्धविच्छेद गरेको आरोपमा कुशीनगर पुलिसले ती व्यक्ति विरुद्ध मुद्दा दर्ता गरेको छ ।

महिलाको बुवाले पुलिसलाई लिखित निवेदन दर्ता गराएका थिए भने शनिबार पुलिसले उक्त महिलाको पति विरुद्ध नेबुआ नौरंगिया पुलिस स्टेशनमा मुद्दा दर्ता गरेको हो । रिपोर्टका अनुसार तीन तालक बिल पारित भएको भोलिपल्ट अब्दुल रहीमले आफ्नी २५ वर्षीया श्रीमती फातिमा खातूनलाई फोन गरेर तीन पटक सम्बन्ध विच्छेद गरिसकेका थिए । अब्दुल साउदी अरेबियामा काम गर्दछन् ।

अब्दुल र फातिमाको २०१४ मा विवाह भएको थियो । विवाह भएको चार महिना पछि, अब्दुल साउदी अरेबिया काममा गएका थिए । उनी बिदामा घर आउँथे तर फातिमासँग उनको व्यवहार राम्रो थिएन । उनको परिवारले पनि फातिमालाई यातना दिन्थे । यातनाका बाबजुद फातिमाले घरका कामहरु सबै गरिरहेको उनका पीताले बताए । फतिमाका ससुराले उनका पतिलाई फोनमा कुरा गर्न भन्यो, पतिले तीन पटक सम्बन्ध विच्छेद गर्दै फोन काटियो ।

जब पिता अहमद अली फातिमालाई भेट्न पुगे, छोराका ससुरालीहरूले एक पंचायत बोलाए । एक कागजमा छोरीको औठा छाप लगाएपछि १ लाख ५० हजार रुपैयाँको चेक दिइयो र भनियो कि ‘आजदेखि बिहेको सम्बन्ध खतम भयो’ । कुशीनगरका प्रहरी उपरीक्षक आरएन मिश्रले महिलाका बाबुको निवेदनमा उक्त कुरा उल्लेख गरेको जानकारी दिए ।(एजेन्सी)

मुस्लिम समुदायमा महिलालाई तिनका पुरूषले तीन पटक तलाक भनेपछि सम्बन्ध विच्छेद हुने सामाजिक व्यवहारलाई हटाउँदै मुस्लिम महिलाको हित संरक्षण गर्ने उद्देश्यले ल्याइएको भन्दै महिलाहरुले खुशी मनाएका थिए ।
तीन तलाक कानुन बनेपछि दोषी पुरूषलाई ३ वर्षको जेल सजाय हुन सक्नेछ । साथै पीडित महिलाले आफू र आफ्नो नाबालिग बालबच्चाको भरणपोषणको माग दाबी गर्न पाउने छिन् ।

भारतीय मुस्लिम महिलाका खुसीको खबर, राज्यसभाबाट पारित भयो ‘तीन तलाक’

वि.सं.२०७६ साउन १९ आइतवार ११:२७ मा प्रकाशित

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...