back
CTIZAN AD

अमेरिकाको टेक्सासमा नरसंहार, गोलीकान्डमा २० मारिए

वि.सं.२०७६ साउन १९ आइतवार

774 

shares

१९ साउन ,टेक्सास । अमेरिकाको टेक्सास राज्यको एल पासोस्थित एक व्यस्त वाल्मार्ट सपिङ मलमा एक युवाले चलाएको गोली लागेर २० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त गोलीकान्डमा अरु २६ जना सख्त घाइते भएका छन् । गोली चलेका बखत उक्त सपिङ मलमा अन्दाजी तीन हजार मानिस भेला भएका थिए । नयाँ शैक्षिक सत्रको पूर्वसन्ध्यामा आफ्ना स्कुले केटाकेटी लिएर शनिबार ठूलो संख्यामा अभिभावकहरु मलमा जम्मा भएका थिए ।

प्रहरीले गोली चलाउने संदिग्ध व्यक्तिलाई पक्राउ गरेको छ । ती व्यक्तिले घटना हुनुअघि फेसबुकमा राखेको सन्देशमा आफूलाई आप्रवासी अमेरिकीप्रति घृणा रहेको बताएका थिए ।

एस पासोका प्रहरी प्रमुख ग्रेग अलेनले वाल्मार्ट बाहिर ती संदिग्ध व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको बताए । मेक्सिको सीमाबाट करिब ८ किलोमिटर भित्र उक्त वाल्मार्टको सपिङ मल रहेको थियो ।

एसोसिएटेड प्रेससँग कुरा गर्दै स्थानीय अधिकारीहरुले गोली चलाउने व्यक्ति २१ वर्षीय प्याट्रिक क्रुसिएस रहेको बताएका छन् । तर एल पासो प्रहरीले ती व्यक्तिको नाम औपचारिक रुपमा सार्वजनिक गरेको छैन । उनी अर्को अमेरिकी राज्य डल्लासबाट त्यहाँ आएको बताइएको छ ।

प्रहरीका अनुसार वाल्मार्टभित्र रहेका व्यक्तिहरु सबैभन्दा बढी पीडित भएका छन् । प्रहरी प्रमुख अलेनले भने, “यहाँको दृश्य अति नै भयावह छ ।” उनले गोली लागेका अरु २६ जनाको स्वास्थ्य अवस्था पनि निकै गम्भीर रहेको जानकारी दिए ।

प्रहरीले घाइतेहरुका लागि रगतको अभाव रहेको सूचना सार्वजनिक गर्नु परेको थियो । प्रहरी र सेनाले तनाबमा रहेका नागरिकलाई सान्त्वना दिन प्रयास गरेका थिए ।

“अहिले यहाँको वातावरण आतंकित गर्ने किसिमको छ,” सैनिक स्वास्थ्यकर्मी अस्टिन जोन्सनले बताए । वाल्मार्टको महिलाको लत्ताकपडा किन्ने ठाउँमा दुई बच्चासँग रहेकी ३९ वर्षीया एड्रियाना क्वुजेदाले भने, “निरन्तर हिर्काएको आवाज आइरहेको थियो, मानौं कुनै निर्माणको कार्य भइरहेको थियो ।”

उनका १९ वर्षीया छोरी र १६ वर्षीय छोरा दुबै जना भुइँमा सुतेका थिए । त्यसपछि उनीहरु दुबै आपतकालीन ढोकाबाट बाहिर भागेका थिए । क्वुजेदाले भने, भाग्यवश दुबै जना सकुशल बाहिर निस्किए ।

उनले कालो कपडा लगाएका चार व्यक्तिले जथाभावी गोली चलाएको बताए । तर प्रहरीले घटनामा एक व्यक्ति मात्र रहेको बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै भगवान तपाइँहरुको साथमा हुनुहुन्छ भनेका छन् ।

घटनाप्रति डेमोक्र्याट पार्टीका सबैजसो नेताहरुले एल पासो गोलीकान्ड अमेरिकी इतिहासकै कालोधब्बा भन्दै अमेरिकी बन्दुक कानुनमा तत्काल संशोधन गर्नुपर्ने आवाज उठाएका छन् ।

एल पासोका मेयर डी मार्गोले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएका छन् । संदिग्ध व्यक्ति क्रुसियसले फेसबुकमा लेखेको भनिएको सन्देशको पनि छानबिन भइरहेको मेयर मार्गोले जानकारी दिए । उक्त सन्देशमा हिस्पानिक समुदायका व्यक्तिहरु अमेरिकामा ठूलो संख्यामा आप्रवासीका रुपमा प्रवेश गरेकोप्रति रोष प्रकट गरिएको छ ।

सन्देशमा हिस्पानिक समुदायका कारण आगामी राष्ट्रपतीय चुनावमा टेक्सास राज्य डेमोक्र्याट पार्टीको पोल्टामा पुग्ने पनि जनाइएको छ ।

सन् २००६ यता ११ पटक ठूलो जनसमुदायमाथि बन्दुक आक्रमण भएको छ । यी घटनामा संलग्न व्यक्तिहरु प्रायः २१ वर्षको हाराहारीका रहेका छन् ।

सन् २०१९ मा मात्र भिडभाड स्थलमा भएका आक्रमणबाट ९६ जनाको ज्यान गइसकेको छ ।

एक साताभित्रै अमेरिकामा भएको यो दोस्रो गोलीकान्ड हो । यसै साता गिलरोए गार्लिक मेलामा एक १९ वर्षीय युवाले जथाभावी गोली चलाउँदा तीन जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएका थिए । एपी

वि.सं.२०७६ साउन १९ आइतवार १२:०७ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...