२१ साउन, काठमाण्डौं । गुठी सम्बन्धी विधेयकमा छलफल गर्नका लागि एक कार्यसमिति गठन गरिएको छ । खल : तथा पुच : सम्मिलित बैठकले डा. महेशमान शाक्यको अध्यक्षतामा उक्त कार्य समिति गठन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा पवित्र बजाचार्य, समितिको सचिवलयमा नेवा : देयू दबूका अध्यक्ष नरेश ताम्राकार रहेका छन् भने सदस्यहरुमा काठमाण्डौंबाट राजभाइ जकःमि, नानीहेरा मर्हजन, सुमन सायमी, गणपतिलाल श्रेष्ठ, उमेश स्थापित, सुरेश किरण मानन्धर, रवीन्द्र श्रेष्ठ, भगवान शाक्य, भक्तपुरबाट श्याम सिल्पकार, शान्ता प्रकाश श्रेष्ठ, ललितपुरबाट नानीकाजी शाक्य, रविन्द्र ताम्राकार, ऋषि प्रसाद श्रेष्ठ र सबिना मर्हजन रहेका छन् ।
त्यस्तै टोखाबाट श्रीकृण मानन्धर, पम्फी संघर्ष समितिबाट रोशन श्रेष्ठ, सक्व संघर्ष समितिबाट राजा श्रेष्ठ, खोना संघर्ष समितिबाट नेपाल डंगोल र अशोक महर्जन, कीर्तिपूरबाट श्रीकृष्ण मर्हजनलाई चयन गरिएको छ ।
त्यस्तै वाङ्मय शताब्दि पुरुष सत्यमोहन जोशी, जनकवि दुर्गालाल श्रेष्ठ, डा. पुष्पराज कर्णिकार, हितकरवीरसिंह कंसाकार, मल्लके सुन्दर र चन्द्र मर्हजनलाई समितिको सल्लाहकारमा चयन गरिएको छ ।
वि.सं.२०७६ साउन २१ मंगलवार ११:११ मा प्रकाशित






























