६ अगस्त, कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारको द्धितीय उपाध्यक्षमा समाजसेवी ईश्वर काफ्लेले उम्मेदवारी घोषणा गरेका छन् ।
अगस्त २३ मा हुन लागेको परिषद्को ८ औ अधिबेशनका लागि काफ्लेले द्धितीय उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उनले समाजसेवामा अझ सक्रिय भएर लाग्ने उद्धेश्यले नै एनआरएनए कतारको द्धितीय उपाध्यक्षमा उम्मेदवारी दिएको बताएका छन् ।
विगत १८ वर्षदेखि कतारलाई कर्मथलो बनाउँदै आएका काफ्ले पाल्पा जिल्लाको रम्भा गाउँपालिकामा जन्मिएका हुन् । उनी विभिन्न संघसंस्थामा आवद्ध भएर सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेका छन् ।
काफ्लेले परिषद्को उपाध्यक्ष बनेर सामाजिक रुपमा अझ बढी सक्रिय हुने र पिछडीएका वर्गलाई सहयोग गर्ने उद्धेश्यले संस्थाको द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएको संसारन्युजलाई बताएका छन् ।
रम्भा गाउँपालिकामा जन्मिएका हुन् । उनी विभिन्न संघसंस्थामा आवद्ध भएर सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेका छन् ।
काफ्लेले परिषद्को उपाध्यक्ष बनेर सामाजिक रुपमा अझ बढी सक्रिय हुने र पिछडीएका वर्गलाई सहयोग गर्ने उद्धेश्यले संस्थाको द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएको संसारन्युजलाई बताएका छन् ।

काफ्लेकै सक्रियतामा सुरु गरिएको अभियानका कारण पाल्पाको रम्भा गाउँपालिकामा १३ लाख रुपैयाँको एम्बुलेन्स सहयोग गरिएको थियो । उक्त कार्यका लागि बाहिरबाट ३ लाख ७० हजार उठाइएको थियो भने अन्य रकम काफ्लेले व्यक्तिगत रुपमा सहयोग गरेका थिए ।
उक्त एम्बुलेन्स नेपाली कांग्रेसका युवा नेता गगन थापाको हातबाट गाउँपालिकालाई हस्तान्तरण गरिएको पनि काफ्लेले जानकारी दिएका छन् । साथै उनकै सक्रियतामा घरबारबिहीन भएर बसेका दाङका एक बृद्ध दम्पत्तीलाई घर बनाउन लगायत सहयोग गरिएको थियो ।
त्यस्तै चितवनकै सहाराको घरलाई दुई वर्षसम्म आफ्नो तलवबाट रु १० हजार छुट्याएर उदार मनले सहयोग गरेका काफ्लेले चलाएको सहयोग अभियानबाटै चितवनकै अर्को सानो घरमा ३ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको थियो ।
त्यस्तै काफ्लेले बस्न फिल्मस् मार्फत् नेपालका १०९ जना राष्ट्रिय कलाकारहरुलाई कतारमै बोलाएर एक भव्य समारोहकाबीच सम्मान समेत गरेका थिए ।
‘१८ बर्ष अघिदेखि कतारलाई कर्मथलो बनाउदै आएँ र अरुका दुखलाई पनि आफ्नै दुख जस्तो ठानेर सहयोग गरेँ, त्यसैले अब झन् सशक्त ढंगले समाजसेवामा अघि बढ्ने चाहनाले नै द्धितीय उपाध्यक्षमा उमेद्वारी दिएको हुँ,’ काफ्लेले उम्मेदवारी घोषणा गर्दै भनेका छन् ।
वि.सं.२०७६ साउन २१ मंगलवार १७:२७ मा प्रकाशित



























