back
CTIZAN AD

सुखद सपना बोकेर पोर्चुगल पुगेको तीन महिनामै एक नेपाली युवाको मृत्यु

वि.सं.२०७६ साउन २१ मंगलवार

948 

shares

६ अगस्त, पोर्चुगल । पोर्चुगलमा कार्यरत एक नेपाली युवाको उपचारका क्रममा मृत्यु भएको छ ।

स्वास्थ्यमा सामान्य समस्या आएपछि अस्पताल पुगेका सोलुखुम्बुका ३५ वर्षीय राम बहादुर बस्नेतको उपचारका क्रममा मृत्यु भएको हो ।

उनको पोर्चुगलस्थित सान्टियागो दि कासेई अस्पतालमा उपचारका क्रममा (१५ साउन) ३१ जुलाई मृत्यु भएको बताइएको छ ।

तीन महिना अघि मात्र पोर्चुगलको कृषि क्षेत्रमा काम गर्न पुगेका बस्नेत पोर्चुगलको पिसफुल प्लानेट कम्पनीबाट कृषि क्षेत्रमा काम गर्दै आएका थिए ।

एक्कासी रुपमा पेटमा समस्या आएको भन्दै अस्पताल पुगेका उनको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।

एनआरएनए पोर्चुगलका अध्यक्ष कुवेर कार्कीले बस्नेतको शव नेपाल पठाइसकिएको संसारन्युजलाई जानकारी दिएका छन् ।

पोर्चुगलमै रहेका उनका काका भुपेन्द्र बस्नेतका अनुसार भोली साउन २२ गते विहान ६ :३० मा बस्नेतको शब आइपुग्ने र ८ :३० बजे उनको पशुपतिमै दाहसंस्कार गरिने छ ।

वि.सं.२०७६ साउन २१ मंगलवार १९:०६ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...