back
CTIZAN AD

गजल

वि.सं.२०७६ साउन २५ शनिवार

1.9K 

shares

धन कमाउने लोभले गर्दा, परदेश आएँ बाबा ।
पैसाको रुख नभेटेपछि, धेरै दुःख पाएँ बाबा ।।

बाह्र घण्टै काम गर्छु, साहु खुसी हुन्न कहिले ।
जहाँ गयो कर्म संगै, ठक्कर मात्र खाएँ बाबा ।।

खोज्छु भन्दा राम्रो जागीर, बितिरहे दिनहरू ।
कहिले यता कहिले उता, जताततै धाएँ बाबा ।।

खान लाउन ठिक्क हुने, पठाउने छैन् कमाइ ।
सोंचे जस्तै नभएर, अँध्यारो मुख लाएँ बाबा ।।

फर्की आउने मन थियो, बाटो खर्च छैन् अझै ।
बाँच्न पनि आफैलाई, बहर जस्तो दाएँ बाबा ।।

विदेशमा भए पनि, झल्को आउँछ नेपालको ।
गाउँ–घरको सम्झनाले, म त त्यतै छाएँ बाबा ।।

जिउँदो छु अहिलेसम्म, नयाँ खबर छैन केहि ।
पीडा मात्र मनभित्र, पीडाकै गीत गाएँ बाबा ।।

बुटवल –११, रुपन्देही

वि.सं.२०७६ साउन २५ शनिवार ०८:३७ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...