back
CTIZAN AD

कविता : धिक्कार समाज

वि.सं.२०७६ साउन २५ शनिवार

2.2K 

shares

घरको भान्सा कोठामा राखिएको
खुकुरी देखि
पूजा कोठामा पूजिएको
त्रिशुल र तामाको दियो चाहि दामी हरे
त्यहि बनाउने चाहि अछुत
कामी हरे !
धिक्कार समाज ।

शिर देखि पाउ सम्म धपक्क
सुन चांदीले सजिनु चाहि शान हरे
त्यहि सुन बनाउने
सुनारको छोरी बिहे गर्न चाहि
अपमान हरे !
धिक्कार समाज ।

दौरा सूरवाल,चौबन्दी चोली चाहि
हाम्रो जातिय पहिरन हरे !
त्यहि दौरा सूरवाल
चौबन्दी चोली सिउने
दमाई चाहि अछुत हरे
धिक्कार समाज ।

चट्ट परेको जुत्ता लाएर
अफिस जाने चाहि ज्ञानी हरे
त्यहि जुत्ता बनाउने सार्की चाहि
समाजमा नचल्ने पानी हरे
धिक्कार समाज ।

पशुलाई देउता मानेर
विज्ञानलाई राक्षस सोच्ने समाज
एक्काईसौ शताब्दीमा पनि
छुवाछुत र जात जातको
पर्खाल बोक्ने समाज
धिक्कार समाज
धिक्कार समाज
धिक्कार समाज ।

ठेगाना-टिस्टा भेल्ली चियाबारी दार्जीलिङ्ग

वि.सं.२०७६ साउन २५ शनिवार ०८:४८ मा प्रकाशित

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

काठमाडौँ । साहित्यकार सुमन शर्माको–“साई सुमनका गजलहरू’ को लोकापर्ण गरिएको...

झिल्का कविता : चुनाव विशेष

झिल्का कविता : चुनाव विशेष

मनोहरी पौडेल,गैडाकोट -१ १. चुनावी मसला भटाभट जहाँतहीँ तरङ्ग ल्याउँदै...

सुसेली : हाम्रो भोटमा

सुसेली : हाम्रो भोटमा

त्रिलोचन आचार्य सुनगाभाटोल, कपन पाखा पखेरा आश्वासन सुनेर सधैं दिक्दार...

चारु

चारु

ऋषिराम भुसाल,गुल्मी मदाने, हाल- काठमाडौं यो देश ह्वारह्वार जलेको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था),कीर्तिपुर घायल बनाउने खुद आँखा विचित्रका छन् आफ्नै...

गजल

गजल

धनसिंह गिरि, दाङ चमत्कारै भयो यो सिर्जनामा मेरो मिल्यो ठूलो...