back
CTIZAN AD

रुकुमपूर्वमा स्याउखेती फस्टाउँदै

वि.सं.२०७६ साउन २६ आइतवार

1.2K 

shares


२६ साउन, रुकुम । केही वर्षअघिसम्म रहरले स्याउ लगाउने रुकुमपूर्वको भूमे गाउँपालिका–१ लुकुमका तीर्थबहादुर पुन अहिले व्यावसायिक कृषक बनेका छन् । उनको बगैंचामा स्याउका करिब तीन सय ५० बिरुवा छन् । ढल्किँदो उमेरमा पनि उनलाई स्याउखेतीले उत्तिकै व्यस्त बनाएको छ ।

‘पहिले स्याउ लगाएर मात्र के गर्नु, बिक्री गर्ने ठाउँ हुन्थेन,’ उनले भने , “अहिले त ग्राहक घरमै आउँछन् ।” आफ्नै गाउँघरमा स्याउ फलाएर सफलता पाएपछि खुशी हुँदै उनले भने, “पहिले जुम्ला जाँदा रुखबाट स्याउ टिपेर खाएको थिए । अहिले त्यो अनुभव घरमै गर्न पाएको छु । ”

स्याउको एउटा बिरुवामा दुई सयभन्दा बढी स्याउका दाना फलेका छन् । गतवर्ष एउटै बोटमा सयभन्दा बढी स्याउको दाना फलेको उनले बताए । विसं २०६९ मा जुम्लाबाट व्यापारीले बेच्न ल्याएको ३३० वटा बिरुवा किनेर स्याउ खेती शुरु गरेको पुनले बताए ।

पुथा उत्तरगङ्गा गाउँपालिका–२ पेल्माका वासु बुढामगरको बगैंचामा पनि एक हजार स्याउका बिरुवा छन् । ती बिरुवा विगत चार वर्षदेखि फल दिन थालेको उनले बताए । एउटा बिरुवामा तीन सयदेखि पाँच सयसम्म स्याउका दाना लाग्ने गरेको बुढामगरको भनाइ छ ।

उनले भने, “पहिले पहिले जुम्ला तथा रोल्पाको विभिन्न ठाउँमा पुग्दा स्याउ फलेको देखेको र अहिले आफ्नै बगैंचामा फलेको स्याउ टिपेर खान पाउँदा निकै खुशी लागेकोे छ ।” “पहिले स्याउ कहाँ पाउँला जस्तो हुन्थ्यो तर, अहिले स्याउ कहाँ लगेर बिक्री गरौं जस्तो भइसक्यो”, उनले भने । गतवर्ष स्याउ ढुवानी नभएर कुहिएर गएकोसमेत उनले भने ।

सडकलगायत पूर्वाधार र अन्य सुविधा पुगेसँगै रुकुमपूर्वमा पुन र बुढामगरजस्ता थुप्रै स्थानीयवासी स्याउसँग जोडिएका छन् । उनीहरूको आर्थिक हैसियत पनि माथि उठेको छ । प्रदेश सरकारले प्रोत्साहनको नीति लागू गरेपछि परम्परागत रूपमा थोरै स्याउ लगाउने किसान व्यावसायिक खेतीमा लागेका छन्  । उत्पादन ह्वात्तै बढेको छ ।

रुकुम (पूर्व) को उच्च हिमाली क्षेत्रका विभिन्न ठाउँमा लगाएको स्याउमा अहिले राम्रो दाना लागेको छ । यतिबेला जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकाको पेल्मा, घुइँवाङ, रल्तिजाङ, हुकाम, मयाङ लगायतको क्षेत्र र भूमे गाउँपालिकाको लुकुम, गुणाम, काँक्री, कोर्जा लगायतको ठाउँमा लगाएको स्याउले राम्रो फल दिन थालेको छ ।

कृषि विज्ञका अनुसार स्याउ मध्यम चिसो र हिमाली भेगमा फल्ने गर्दछ । स्याउ खेतीको लागि मलिलो माटो आवश्यकपर्ने भएकोले त्यस्तो खालको माटो रुकुममा भएको किसान बताउँछन् । रुकुम पूर्वको भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकास्थित विभिन्न ठाउँका नागरिकले जुम्ला, रोल्पाबाट स्याउका बिरुवा किनेर रोपेका छन् । पछिल्लो चरणमा भने स्थानीयस्तरमै स्याउका बिरुवा उत्पादन गर्न थालिएको छ ।

आगामी वर्षमा कलमी गरेर बिरुवा उत्पादन गर्ने सोचमा किसान छन् । परीक्षणकालमै स्याउका बोटले लटरम्म दाना दिन थालेपछि अब व्यावसायिक रुपमा खेती गर्न सकिने किसान बताउँछन् । परीक्षणका क्रममा किसानले प्राविधिकको सल्लाह सुझाव पाउन सकेका छैनन् ।

लगाएको दुई तीन वर्षमै अग्लो र त्यसबाट लटरम्म स्याउ फलेपछि किसान पनि उत्साहित छन् । पुथा उत्तरगङ्गा गाउँपालिकाका विभिन्न ठाउँमा पहिलेदेखि नै स्याउखेती गर्दै आए पनि भूमे गाउँपालिकामा भने भर्खरै मात्रामा लगाइएको बताइएको छ । अहिले पुथा उत्तरगङ्गा गाउँपालिकास्थित विभिन्न क्षेत्रका मानिसले दुई सयदेखि एक हजारसम्म स्याउका बोट लगाएका छन् ।







वि.सं.२०७६ साउन २६ आइतवार १५:१० मा प्रकाशित

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

कर्णाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी...

सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

कर्णाली । नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद...

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...