back
CTIZAN AD

बौद्धिक चोरी भनेको के हो, के भयो भने बौद्धिक चोरी ठहर्छ ?

वि.सं.२०७६ साउन २६ आइतवार

38.1K 

shares

प्लेजियारिज्म अर्थात् बौद्धिक चोरी गर्नुलाई कानुनी अपराध मानिन्छ । अर्काको लिखतलाई आफ्नो बनाउने र त्यसबाट लाभ लिने सबै कार्य बौद्धिक चोरी हुन् तर पनि बौद्धिक चोरी हुने गरेका छन् । खासगरी विश्वविद्यालयमा बुझाउनुपर्ने प्रोजेक्ट प्रतिवेदन, थेसिस तथा अन्य लिखित दस्तावेजमा व्यापक बौद्धिक चोरी हुने गरेको छ ।
शिक्षाविद् मनप्रसाद वाग्ले यसबारे के भन्छन् :


प्लेजियारिज्म अर्थात् बौद्धिक चोरी अपराध मानिन्छ । अर्काको लिखतलाई आफ्नो बनाउने र त्यसबाट लाभ लिने सवै कार्य बौद्धिक चोरी हुन् । खासगरी विश्वविद्यालयमा बुझाउनुपर्ने प्रोजेक्ट प्रतिवेदन, थेसिस तथा अन्य लिखित दस्तावेजमा व्यापक बौद्धिक चोरी हुने गरेको छ ।
१) पिएचडी गरेको दशकौं पछि सन् २०१२ मा बौद्धिक चोरी गरेको प्रमाणित भएपछि जर्मनीमा एकैपटक एक दर्जन राजनीतिज्ञले आफ्नो पदबाट हात धुनु परेको यथार्थ छर ती मध्ये रक्षामन्त्री र शिक्षामन्त्री प्रमुख थिए ।

२) पिएचडीको लागि अनिवार्य गरिएपछि जर्नलमा देखा पर्ने लेखहरुमा प्रायः बौद्धिक चोरी हुने गरेको पाइन्छ ।

३) हाम्रा विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर र विद्यावारिधि गर्ने कतिले बौद्धिक चोरी गरेका छन् भनेर नाप्ने आधार अझै बनाइएको छैन जवकि विश्वमा नाम चलेका विश्वविद्यालयले विद्यार्थीको होमवर्क समेत प्लेजियारिज्म चेकरमा राखेर मात्रै स्वीकार गर्ने परम्परा बसालिसकेका छन् ।

४) बौद्धिक चोरी विद्वानहरुले नै गर्दै आएका छन् । कतै भाषणमा, कतै छोटो लेखनमा, कतै किताव प्रकाशनमा, कतै प्रोजेक्ट डकुमेन्टमा, कतै जर्नल आर्टिकलमा त कतै थेसिसमा र

के के भयो भने बौद्धिक चोरी ठहर्छ त ?
१) अरुको कामलाई बेवास्ता गरी सार्नु र आफ्नो भनेर जनाउनु र यस्तो परम्परा धेरै भेटिन्छ । तर कसैले वास्ता गरेमा वा खोजी गरेमा बौद्धिक चोरी जुनसुकै बेला पनि फेला पर्न सक्छ ।

२) अरुको विचारलाई आफ्नो विचार बनाउनु र सन्दर्भ नदेखाउनु, मौलिक व्यक्तिको पहिचान नखुलाउनु र मौलिक व्यक्तिको पहिचान नखुल्नुनै बौद्धिक चोरीको प्रमुख कारण हो ।

३) अरुको भनाईको प्याराग्राफ जस्ताको तस्तै उतार गर्नु तर कोटेसन चिन्ह भित्र नपार्नु र यसको अर्थ मौलिक व्यक्तिको विचार आफ्नो बनाएको ठहर्छ ।

४) आ ! जे लेखिदिए पनि हुन्छ भनेर एउटा सन्दर्भ लेख्नुपर्ने ठाउँमा अर्कै सन्दर्भ उल्लेख गर्नु । कैले काहीं सन्दर्भ सूची बनाउँदा कतिपयको सन्दर्भ टिप्न बिर्सेको वा कतै परेको हुन सक्छ, यस्तो अवस्थामा काम चलाउ त हो नि भनेर आफ्नो सजिलोको लागि मौलिक लेखक खोज्नु भन्दा अर्कैको सन्दर्भ राख्ने गरेको पनि भेटिन्छ ।

५) अरुको भनाईलाई केही शब्द मात्रै परिवर्तन गरी हुबहू उतार गर्नु र आफ्नो बनाउनु । विद्यार्थीहरुमा यस्तो रोग बढी देखा परेको छ । व्यस्त मान्छेले गर्ने भाषण अर्कैले बनाइदिंदा पनि यो समस्या देखा परेको छ । उदाहरणको लागि त्रिविको पोहर सालको दिक्षान्तमा उपकुलपतिले गरेको भाषण धेरै अगि सोही विश्वविद्यालयका उपकुलपतिले गरेको भाषणको नक्कल भेटिएको हो ।

६) अरुको लेखमा वा कितावमा वा थेसिसमा भएका कुराहरु अधिकांस उतार गरेर आफ्नो बनाउनु । यस्तो अवस्थामा सन्दर्भ उल्लेख भएपनि बौद्धिक चोरी ठहर्छ । खासगरी हाम्रा विश्वविद्यालयमा स्नातकोत्तरको थेसिस लेख्नेले यस्तो बदमासी गरेको उदाहरण बढी भेट्न सकिन्छ ।

यस्तो बौद्धिक चोरीले न त चोरी गर्नेलाई फाइदा पुग्छ न त नयाँ ज्ञानको सिर्जना नै हुन्छ । खासगरी विश्वविद्यालयले यस्तो अपराधको निर्मूल गर्नेतर्फ लाग्नुपर्छ ।

वि.सं.२०७६ साउन २६ आइतवार १५:२७ मा प्रकाशित

खाद्यवस्तुमा फर्मालिनको प्रयोग आम उपभोक्ताको स्वास्थ्यसँग खेलवाड

खाद्यवस्तुमा फर्मालिनको प्रयोग आम उपभोक्ताको स्वास्थ्यसँग खेलवाड

आजको आधुनिक युगमा मानिसको जीवनशैली जति सहज बन्दै गएको छ,...

वाम आन्दोलनको पुनर्जागरणका लागि ३४ आधारहरु

वाम आन्दोलनको पुनर्जागरणका लागि ३४ आधारहरु

अहिले नेपाली कम्युनिस्ट पार्टी र एमाले विच प्रदेश स्तरमा सहकार्य...

मनोगत लक्षण विश्लेषण र सर्वसाधारण जनताका चुनौती

मनोगत लक्षण विश्लेषण र सर्वसाधारण जनताका चुनौती

मनोवैज्ञानिक र सामाजिक विशेषताका आधारमा मानिसहरूको वर्गीकरण गर्ने तरिका नै...

सुशासन, असल शासनको अभ्यास

सुशासन, असल शासनको अभ्यास

काठमाडौँ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ ले मुलुकको...

जिर्ण कोशीब्यारेज बगाउने खतराः जनजिविकामा गम्भीर चुनौती

जिर्ण कोशीब्यारेज बगाउने खतराः जनजिविकामा गम्भीर चुनौती

कोशी ब्यारेजको निर्माण भएको बेला जति स्थानीय नेपाली जनता र...

संज्ञानात्मक द्वन्द्व र नेपालको राजनीति: मनोविज्ञान, विचार र व्यवहार

संज्ञानात्मक द्वन्द्व र नेपालको राजनीति: मनोविज्ञान, विचार र व्यवहार

कुनै पनि व्यक्तिमा आफ्ना विश्वास (beliefs), मूल्य (values), दृष्टिकोण (attitudes)...