Logo
११ मंसिर २०७९, आईतवार
     Sun Nov 27 2022
E-paper
  English Edition
   Unicode
Logo

बौद्धिक चोरी भनेको के हो, के भयो भने बौद्धिक चोरी ठहर्छ ?



प्लेजियारिज्म अर्थात् बौद्धिक चोरी गर्नुलाई कानुनी अपराध मानिन्छ । अर्काको लिखतलाई आफ्नो बनाउने र त्यसबाट लाभ लिने सबै कार्य बौद्धिक चोरी हुन् तर पनि बौद्धिक चोरी हुने गरेका छन् । खासगरी विश्वविद्यालयमा बुझाउनुपर्ने प्रोजेक्ट प्रतिवेदन, थेसिस तथा अन्य लिखित दस्तावेजमा व्यापक बौद्धिक चोरी हुने गरेको छ ।
शिक्षाविद् मनप्रसाद वाग्ले यसबारे के भन्छन् :


प्लेजियारिज्म अर्थात् बौद्धिक चोरी अपराध मानिन्छ । अर्काको लिखतलाई आफ्नो बनाउने र त्यसबाट लाभ लिने सवै कार्य बौद्धिक चोरी हुन् । खासगरी विश्वविद्यालयमा बुझाउनुपर्ने प्रोजेक्ट प्रतिवेदन, थेसिस तथा अन्य लिखित दस्तावेजमा व्यापक बौद्धिक चोरी हुने गरेको छ ।
१) पिएचडी गरेको दशकौं पछि सन् २०१२ मा बौद्धिक चोरी गरेको प्रमाणित भएपछि जर्मनीमा एकैपटक एक दर्जन राजनीतिज्ञले आफ्नो पदबाट हात धुनु परेको यथार्थ छर ती मध्ये रक्षामन्त्री र शिक्षामन्त्री प्रमुख थिए ।

२) पिएचडीको लागि अनिवार्य गरिएपछि जर्नलमा देखा पर्ने लेखहरुमा प्रायः बौद्धिक चोरी हुने गरेको पाइन्छ ।

३) हाम्रा विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर र विद्यावारिधि गर्ने कतिले बौद्धिक चोरी गरेका छन् भनेर नाप्ने आधार अझै बनाइएको छैन जवकि विश्वमा नाम चलेका विश्वविद्यालयले विद्यार्थीको होमवर्क समेत प्लेजियारिज्म चेकरमा राखेर मात्रै स्वीकार गर्ने परम्परा बसालिसकेका छन् ।

४) बौद्धिक चोरी विद्वानहरुले नै गर्दै आएका छन् । कतै भाषणमा, कतै छोटो लेखनमा, कतै किताव प्रकाशनमा, कतै प्रोजेक्ट डकुमेन्टमा, कतै जर्नल आर्टिकलमा त कतै थेसिसमा र

के के भयो भने बौद्धिक चोरी ठहर्छ त ?
१) अरुको कामलाई बेवास्ता गरी सार्नु र आफ्नो भनेर जनाउनु र यस्तो परम्परा धेरै भेटिन्छ । तर कसैले वास्ता गरेमा वा खोजी गरेमा बौद्धिक चोरी जुनसुकै बेला पनि फेला पर्न सक्छ ।

२) अरुको विचारलाई आफ्नो विचार बनाउनु र सन्दर्भ नदेखाउनु, मौलिक व्यक्तिको पहिचान नखुलाउनु र मौलिक व्यक्तिको पहिचान नखुल्नुनै बौद्धिक चोरीको प्रमुख कारण हो ।

३) अरुको भनाईको प्याराग्राफ जस्ताको तस्तै उतार गर्नु तर कोटेसन चिन्ह भित्र नपार्नु र यसको अर्थ मौलिक व्यक्तिको विचार आफ्नो बनाएको ठहर्छ ।

४) आ ! जे लेखिदिए पनि हुन्छ भनेर एउटा सन्दर्भ लेख्नुपर्ने ठाउँमा अर्कै सन्दर्भ उल्लेख गर्नु । कैले काहीं सन्दर्भ सूची बनाउँदा कतिपयको सन्दर्भ टिप्न बिर्सेको वा कतै परेको हुन सक्छ, यस्तो अवस्थामा काम चलाउ त हो नि भनेर आफ्नो सजिलोको लागि मौलिक लेखक खोज्नु भन्दा अर्कैको सन्दर्भ राख्ने गरेको पनि भेटिन्छ ।

५) अरुको भनाईलाई केही शब्द मात्रै परिवर्तन गरी हुबहू उतार गर्नु र आफ्नो बनाउनु । विद्यार्थीहरुमा यस्तो रोग बढी देखा परेको छ । व्यस्त मान्छेले गर्ने भाषण अर्कैले बनाइदिंदा पनि यो समस्या देखा परेको छ । उदाहरणको लागि त्रिविको पोहर सालको दिक्षान्तमा उपकुलपतिले गरेको भाषण धेरै अगि सोही विश्वविद्यालयका उपकुलपतिले गरेको भाषणको नक्कल भेटिएको हो ।

६) अरुको लेखमा वा कितावमा वा थेसिसमा भएका कुराहरु अधिकांस उतार गरेर आफ्नो बनाउनु । यस्तो अवस्थामा सन्दर्भ उल्लेख भएपनि बौद्धिक चोरी ठहर्छ । खासगरी हाम्रा विश्वविद्यालयमा स्नातकोत्तरको थेसिस लेख्नेले यस्तो बदमासी गरेको उदाहरण बढी भेट्न सकिन्छ ।

यस्तो बौद्धिक चोरीले न त चोरी गर्नेलाई फाइदा पुग्छ न त नयाँ ज्ञानको सिर्जना नै हुन्छ । खासगरी विश्वविद्यालयले यस्तो अपराधको निर्मूल गर्नेतर्फ लाग्नुपर्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।