जस्तै चन्द्र, सूर्य कहिल्यै सार्न सकिँदैन,
त्यस्तै मुटुमा बस्नेलाई उतार्न सकिँदैन ।
जुकाले झैँ चुसिरहेछ हरक्षण जिन्दगी ,
तैपनि आउछ उस्कै याद बार्न सकिँदैन ।
देवी, दुर्गा, लक्ष्मी मान्दैन यसकारण ऊ,
भन्छ ! छोरा पाउने होडमा हार्न सकिँदैन ।
न थियो निम्तो न कुनै सूचना दिएर आयो,
जब आयो काल दैलोमा बजार्न सकिँदैन ।
नभन्नु प्यारी हिड्ने बेलामा नजानु नभन्नु ,
घरै बसेर घर ब्यवहार टार्न सकिँदैन ।
ठेगाना–बाह्रदशी, झापा, हाल– साउदी अरब
वि.सं.२०७६ साउन ३२ शनिवार ०९:०० मा प्रकाशित





























