back
CTIZAN AD

कविता : आशु

वि.सं.२०७६ साउन ३२ शनिवार

4.3K 

shares

आईज आँशु तँ
साउने भेल सरि
वर्खामा लगातार परेको पानी सरि
खोलानालामा उर्लिएको बाढि सरि
तँ आँखाबाट आई रह ओईरो लागेर

जब तँ मेरा यी नयनबाट बाहिर निस्किन्छस्
मन हलुङ्गो हुन्छ
ढुङ्गा जस्तो साह्रो मन
छिन भरमा कपास जस्तो हलुङ्गो भईदिन्छ
मन भित्र खिल बनेर बसेका व्यथा
विस्तारै विस्तारै बाहिर निस्किदिन्छ

आईज आँशु तँ
कल धाराबाट पानी आए सरि
चर्को घाँमले हिउँ पग्लिएर जोडसँग बगे सरि
मुल फुटेर पानीको रफ्तार बढे सरि

मनभित्र पीर बोकेर
दुःख लाई कयौँ पटक सहेर
मैले सयौँ रातहरू आँखा नचिम्लि कटाएको छु
मन भित्रका लाखौ वेदनाहरू
आँशु तैले बरफको डल्लो पगाले झै पगालि दिन्छस्
एक टन भारी बोके झै गरूङ्गो मस्तिष्क
हजार चिज लिए झै भारि भयको मन
आँखाबाट तँ आउन साथ सितल भईदिन्छन्

आईज आँशु तँ
मेरा शरिरका हरेक अङ्ग अङ्ग रूजाउने गरि
मन भित्रका सम्पूर्ण पीर बगाउने गरि
फेवाताल भन्दा पनि ठूलो ताल बनाउने गरि
मेघ गर्जन सहित आएको पानी जसरी

मन भित्रका पीडा कसैलाई सुनायो भने
दुःख कसैलाई देखायो भने
घाउँमा नुन खुर्सानी छरे झै छर्कि्दिन्छन
दुःखिको झन मजाक बनाएर उडाई दिन्छन

आईज आँशु तँ
दुःख र पीडाको साथी बनेर
लागेको घाउँमा मलम बनेर
सँगसँगै यात्रा गर्ने सारथी बनेर

वि.सं.२०७६ साउन ३२ शनिवार ०९:२९ मा प्रकाशित

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

काठमाडौँ । साहित्यकार सुमन शर्माको–“साई सुमनका गजलहरू’ को लोकापर्ण गरिएको...

झिल्का कविता : चुनाव विशेष

झिल्का कविता : चुनाव विशेष

मनोहरी पौडेल,गैडाकोट -१ १. चुनावी मसला भटाभट जहाँतहीँ तरङ्ग ल्याउँदै...

सुसेली : हाम्रो भोटमा

सुसेली : हाम्रो भोटमा

त्रिलोचन आचार्य सुनगाभाटोल, कपन पाखा पखेरा आश्वासन सुनेर सधैं दिक्दार...

चारु

चारु

ऋषिराम भुसाल,गुल्मी मदाने, हाल- काठमाडौं यो देश ह्वारह्वार जलेको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था),कीर्तिपुर घायल बनाउने खुद आँखा विचित्रका छन् आफ्नै...

गजल

गजल

धनसिंह गिरि, दाङ चमत्कारै भयो यो सिर्जनामा मेरो मिल्यो ठूलो...