आईज आँशु तँ
साउने भेल सरि
वर्खामा लगातार परेको पानी सरि
खोलानालामा उर्लिएको बाढि सरि
तँ आँखाबाट आई रह ओईरो लागेर
जब तँ मेरा यी नयनबाट बाहिर निस्किन्छस्
मन हलुङ्गो हुन्छ
ढुङ्गा जस्तो साह्रो मन
छिन भरमा कपास जस्तो हलुङ्गो भईदिन्छ
मन भित्र खिल बनेर बसेका व्यथा
विस्तारै विस्तारै बाहिर निस्किदिन्छ
आईज आँशु तँ
कल धाराबाट पानी आए सरि
चर्को घाँमले हिउँ पग्लिएर जोडसँग बगे सरि
मुल फुटेर पानीको रफ्तार बढे सरि
मनभित्र पीर बोकेर
दुःख लाई कयौँ पटक सहेर
मैले सयौँ रातहरू आँखा नचिम्लि कटाएको छु
मन भित्रका लाखौ वेदनाहरू
आँशु तैले बरफको डल्लो पगाले झै पगालि दिन्छस्
एक टन भारी बोके झै गरूङ्गो मस्तिष्क
हजार चिज लिए झै भारि भयको मन
आँखाबाट तँ आउन साथ सितल भईदिन्छन्
आईज आँशु तँ
मेरा शरिरका हरेक अङ्ग अङ्ग रूजाउने गरि
मन भित्रका सम्पूर्ण पीर बगाउने गरि
फेवाताल भन्दा पनि ठूलो ताल बनाउने गरि
मेघ गर्जन सहित आएको पानी जसरी
मन भित्रका पीडा कसैलाई सुनायो भने
दुःख कसैलाई देखायो भने
घाउँमा नुन खुर्सानी छरे झै छर्कि्दिन्छन
दुःखिको झन मजाक बनाएर उडाई दिन्छन
आईज आँशु तँ
दुःख र पीडाको साथी बनेर
लागेको घाउँमा मलम बनेर
सँगसँगै यात्रा गर्ने सारथी बनेर
वि.सं.२०७६ साउन ३२ शनिवार ०९:२९ मा प्रकाशित






























