१ भाद्र, काठमाडौं । सात प्रदेशमा निर्वाचन गरिए १४ औँ महाधिवेशन समिकरण प्रभावित हुने डर सबै समुहमा । संविधान बनेको पाँच महिनापछि २०७२ फागुनमा १३ औँ महाधिवेशन गरेको कांग्रेसले पार्टीलाई संधिय संरचनामा लग्ने तदारुकता देखाएन । त्यसको सकस उसलले अहिलेसम्म बेहोरिरहेकोे छ । पछिल्लोपटक गाउँ—नगर र निर्वाचन क्षेत्रस्तरिय संरचना निर्माण विधि तय गरेको निर्देशिका समितिले पनि प्रदेश संरचना गठनलाई छुटाएपछि प्रदेश समिति बन्छ कि बन्दैन भन्ने संशय उठेको छ ।
१४ आँै महाधिवेशनमा जानु अघि प्रदेश समितिमा निर्वाचन गर्दा महाधिवेशनको शत्ति—सम्बन्ध प्रभावित हुने भएकोले कांग्रेसमा संस्थापनदेखि इतरसस्थापनसम्म निर्वाचनसँग डराइरहेका छन् । सहमहामनत्री डा.प्रकाशशरण महत भने सभापति शेरबाहदुर देउवाले प्रदेश समिति गठनबारे निर्णय गर्ने बताउँछन् । ‘सभापतिले छलफल र सहमतिबाट यो विषयलाई टुंग्याउनुहोला, सभापति चुनाव गर्नक लागि तयार हुनुहुन्छ,’ महतले भने । आइतबारको नयाँ पत्रिका बाट ।
वि.सं.२०७६ भदौ १ आइतवार ०९:४८ मा प्रकाशित






























