back
CTIZAN AD

आन्तरिक मामिलामा हस्तक्षेप नगर्न क्यानडालाई चीनको आग्रह

वि.सं.२०७६ भदौ ४ बुधवार

675 

shares

४ भदौ, बेइजिङ । चीनको परराष्ट्र मन्त्रालयद्वारा हङकङ समस्याबारे आएका भनाइप्रति चासो व्यक्त गर्दै चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न क्यानडासँग आग्रह गरेको छ ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा क्यानाडाले हङकङ मामिलाबारे छलफल गर्ने ‘अधिकार र योग्यता’ नभएको बताउँदै चीनले क्यानाडासँग हङकङ समस्यामा सतर्क भएर बोल्न वा गतिविधि गर्न कडाइका साथ आग्रह गरेको बताएको छ ।

प्रवक्ता कङ श्वाङले भने, “क्यानाडाले चीनको गम्भीर अडानको वेवास्ता गर्दै अन्तरराष्ट्रिय ऐन र सम्बन्धको आधारभूत सिद्धान्त विपरीत चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेकोमा चीनले कडा असन्तुष्टि रहेको छ । चीन यसको दृढताका साथ विरोध गर्दछ ।

हङकङ चीनको आन्तरिक मामिला हो भन्दै कुनै पनि मुलुक, संगठन र व्यक्तिले यस मामिलाको हस्तक्षेप नगर्न प्रवक्ता कङले जोड दिए ।

हालै क्यानाडाका विदेश मन्त्री क्रिस्टिया फ्रिलान्डले हङकङ परिस्थितिबारे वक्तव्य प्रकाशित गरेपछि चीनको उक्त भनाइ आएको हो । चालू वर्षको मे महिनायता फ्रिलान्डले हङकङ समस्याबारे विभिन्न तीन मितिमा वक्तव्य प्रकाशित गरेका छन् । सिन्ह्वा

वि.सं.२०७६ भदौ ४ बुधवार ०८:४८ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...