back
CTIZAN AD

झण्डा को खेती

वि.सं.२०७३ मंसिर ८ बुधवार

2K 

shares

kewal binabiजीवनको उत्तरार्धमा

आज झलझली सम्झिरहेछु
आफैले तुनेका
हजारौं हजार झण्डाहरु
र झण्डा भित्रका
हजारौं हजार झुन्डहरु।

यो पृथ्वीलाई लट्टाइ बनाएर
बेरेको भएआफैले तुनेको धागो
र चङ्गा जस्तै उडाएको भए
यो चन्द्र सुर्य अङ्कित झण्डा
नापी सक्थ्यो सायद
चन्द र सुर्य कै दूरी ।

ती झण्डा पोतिएको रातो रंग
पोतेको भए धर्ती भरि
फ़ेरिइ सक्थ्यो सायद
पृथ्वी को रङ
अर्थात
यो आकाश को रङ ।

मैले तुनेका झण्डा को बस्त्र बनाएर
बाँडेको भए वस्ती भरि
ढाकी सक्थ्यो सायद
हजारौं हजरको नाङ्गो आङ ।

म सम्झीरहेछु
जीवनको अन्तिम समयमा
जस्ले ओढेर गयो
चन्द सुर्य अङ्कित झन्डा
भनेको थियो
ढोक्कल दाइ
च्याती देउ भो
यो राजा महाराजाको झण्डा
सिलाउनु पर्छ अब
हाम्रो चार तारे झण्डा ।

अँह फेरिएन मेरो
जीवन को रङ ।

एक दिन
मेरो आँगनमा उभिए
मुट्ठी कसेका मान्छेहरु
र भने
चार तारा
ज्यान मारा
सिलाउनु पर्छ अब
विश्व सर्वहारा को झण्डा
च्यातेर हजारौं सपनाहरू
बर्षौ बर्ष सिलाइरहें
झुन्ड झुन्डका झण्डाहरु
जाति जाति का झण्डाहरु
धर्म धर्मका झण्डाहरु
ब्यक्ति ब्यक्ति का झण्डाहरु
रङ रङ का झण्डाहरु

तर आजकाल
निदाउन सकेको छैन फिटिक्कै
भन्नेले त
ढोक्कल बहुलाएछ भन्लान
भन्ने ले त
सानो जात ठुली बात पनि भन्लान्

तर,अफसोच
सोचिरहन्छु
किन सत्ताको सोपनमा चढ्दै गरेका
हरेक झण्डामा लतपतिएको देख्छु
सहिदको आलो रगत
र सिंहासनमा बिराजमान देख्छु
लेन्डुपको सग्लो आकृति ।

वि.सं.२०७३ मंसिर ८ बुधवार १०:४५ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...