back

अमेरिकामा बसेर नेपालको विकास भएको छैन भन्नु गलत हो

वि.सं.२०७६ भदौ ८ आइतवार

60 

shares

नेपालमा शान्ति पनि छ । कानुन पनि छ । तपाइ हामी भन्दा राम्रा र ठूला घरमा, शहर बजारमा हास्दै, ठट्टा गर्दै बाँचिरहेका धेरै नेपाली छन नेपालमा ।

सायद तपाइहरू नेपाल नगएको धेरै बर्षहरू भयो होला त्यसैले सामाजिक संन्जालका नकरात्मक कुरा मात्रै हेरेर पढेर नेपालमा शान्ति छैन । कानुनिराज छैन । केहि बिकास भएको छैन भन्दै हुनुहुन्छ । यो गलत सोच हो । हरेक देशमा गाउँबाट शहर र विदेश जाने चलन विश्वभर छ । राजाका पालामा पनि पढ्न र जागिर खान शहर पसेकाहरू राजधानीमा घर बनाएर बसे कै हुन् । आज झन बढि छन् । राजाका पालामा पनि मन्त्री, सासंद, ठूला कर्मचारी, व्यापारी राजधानीमा घर र व्यवसाय गरेर बसेकै थिए आज झन बढेका छन् । आज जताततै गाउ शहरमा रूपान्तर हुदैछ ।
जहा सम्म विदेश जाने काम र चलनको कुरा छ, पंचायतमा कम थियो बहुदल आएपछि र आज गणतन्त्र आए पनि झन बढि रहेको छ । यो अवसर पनि हो । लै–लै, फेसन, आवस्यकता र बाध्यता पनि हो । यो जुन सुकै शासन, शासक आए पनि भैरहने कुरा हुन् । किनकि नेपालको एक बर्षको कमाइ अमेरिका, युरोप, जापान, कोरिया, अष्ट्रेलिया तिर एक महिनाको कमाइ हो । बचत नहोला तर कमाइ त हो नी ।

नेपालमा दिनहुँ मासुभात खान धनी हुनुपर्छ या त भोज यात पाहुना यात भ्रमण यात चाडपर्व पर्नुपर्छ भन्ने भन्ने गरिन्छ । तर, विदेशमा छाकै पिच्छे मासु हुन्छ । जहासम्म अरब र मलेसियाको कुरा छ आम्दानी र सुविधा कम छ तर पनि नेपालमा काम गरे बच्दैन विदेशमा थोरै भए पनि बच्छ यसका पनि अनेक कारण छन् । तपाइ हामी नेपालमा करोडौ जाने जमिन र हजारौ आउने जागिर छोडेर किन विदेशमा समाज र आराम नभनि बसि रहेकाछौ ? यो नेपालको पहाड, हिमाल र मधेशका गाउँबाट शहर र सदरमुकाम बसे झरे जस्तै हो । यो रोकिन्न । यसलाइ नै दुखको मानक नमानौ ।

भष्ट्रचार र ब्रह्मलुट हरेक समाज, सरकार र राष्ट्रमा छन् । यसको सबैले बिरोध गरिनु पर्छ तर बलत्कार र आत्महत्या जस्ता बिषयमा भष्ट्रचार जोडेर सरकार र शासन प्रणाली वा सत्ता पल्टाउने नायक र बाटो बनाउने खेल कसैले खेल्नु हुन्न । त्यस्ता जालमा कोही पर्नु हुन्न ।

वि.सं.२०७६ भदौ ८ आइतवार १८:०६ मा प्रकाशित

युुएईमा जारी कोप-२८ : सम्बोधन होला त नेपालजस्ता देशको माग ?

युुएईमा जारी कोप-२८ : सम्बोधन होला त नेपालजस्ता देशको माग ?

रमेश लम्साल, काठमाडौँ । मानव र समग्र प्राणी जगत्को अस्तित्वमाथि...

शासकीय प्रणाली सुधारका लागि १२ सुझाव

शासकीय प्रणाली सुधारका लागि १२ सुझाव

नेपालको बर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था १५ बर्ष पुग्दानपुग्दै...

एमाले कार्यकर्ताहरुलार्ई खुला पत्र

एमाले कार्यकर्ताहरुलार्ई खुला पत्र

प्रिय कमरेडहरु अभिवादन । सर्वप्रथम यो देशको सबैभन्दा धेरै प्रजातान्त्रिक,...

छठ पर्वले मानव सभ्यताको अर्थ बोध दिन्छ

छठ पर्वले मानव सभ्यताको अर्थ बोध दिन्छ

हिमांशु चौधरी, काठमाडौँ । छठ पर्र्व तराईको समतल फाँटदेखि हिमालको...

मेट्रो एफएमका पाका कुरा

मेट्रो एफएमका पाका कुरा

जेष्ठ नागरिक भनेका हाम्रा समाजका गहना हुन् । अहिले नेपालमा...

चुनौतीको चाङमा न्यायाधीश समाज

चुनौतीको चाङमा न्यायाधीश समाज

सम्वत् २०८० सालको विजया दशमीको समापनसाथ न्यायाधीश समाजले नयाँ नेतृत्व...