back
CTIZAN AD

अमेरिकामा बसेर नेपालको विकास भएको छैन भन्नु गलत हो

वि.सं.२०७६ भदौ ८ आइतवार

1K 

shares

नेपालमा शान्ति पनि छ । कानुन पनि छ । तपाइ हामी भन्दा राम्रा र ठूला घरमा, शहर बजारमा हास्दै, ठट्टा गर्दै बाँचिरहेका धेरै नेपाली छन नेपालमा ।

सायद तपाइहरू नेपाल नगएको धेरै बर्षहरू भयो होला त्यसैले सामाजिक संन्जालका नकरात्मक कुरा मात्रै हेरेर पढेर नेपालमा शान्ति छैन । कानुनिराज छैन । केहि बिकास भएको छैन भन्दै हुनुहुन्छ । यो गलत सोच हो । हरेक देशमा गाउँबाट शहर र विदेश जाने चलन विश्वभर छ । राजाका पालामा पनि पढ्न र जागिर खान शहर पसेकाहरू राजधानीमा घर बनाएर बसे कै हुन् । आज झन बढि छन् । राजाका पालामा पनि मन्त्री, सासंद, ठूला कर्मचारी, व्यापारी राजधानीमा घर र व्यवसाय गरेर बसेकै थिए आज झन बढेका छन् । आज जताततै गाउ शहरमा रूपान्तर हुदैछ ।
जहा सम्म विदेश जाने काम र चलनको कुरा छ, पंचायतमा कम थियो बहुदल आएपछि र आज गणतन्त्र आए पनि झन बढि रहेको छ । यो अवसर पनि हो । लै–लै, फेसन, आवस्यकता र बाध्यता पनि हो । यो जुन सुकै शासन, शासक आए पनि भैरहने कुरा हुन् । किनकि नेपालको एक बर्षको कमाइ अमेरिका, युरोप, जापान, कोरिया, अष्ट्रेलिया तिर एक महिनाको कमाइ हो । बचत नहोला तर कमाइ त हो नी ।

नेपालमा दिनहुँ मासुभात खान धनी हुनुपर्छ या त भोज यात पाहुना यात भ्रमण यात चाडपर्व पर्नुपर्छ भन्ने भन्ने गरिन्छ । तर, विदेशमा छाकै पिच्छे मासु हुन्छ । जहासम्म अरब र मलेसियाको कुरा छ आम्दानी र सुविधा कम छ तर पनि नेपालमा काम गरे बच्दैन विदेशमा थोरै भए पनि बच्छ यसका पनि अनेक कारण छन् । तपाइ हामी नेपालमा करोडौ जाने जमिन र हजारौ आउने जागिर छोडेर किन विदेशमा समाज र आराम नभनि बसि रहेकाछौ ? यो नेपालको पहाड, हिमाल र मधेशका गाउँबाट शहर र सदरमुकाम बसे झरे जस्तै हो । यो रोकिन्न । यसलाइ नै दुखको मानक नमानौ ।

भष्ट्रचार र ब्रह्मलुट हरेक समाज, सरकार र राष्ट्रमा छन् । यसको सबैले बिरोध गरिनु पर्छ तर बलत्कार र आत्महत्या जस्ता बिषयमा भष्ट्रचार जोडेर सरकार र शासन प्रणाली वा सत्ता पल्टाउने नायक र बाटो बनाउने खेल कसैले खेल्नु हुन्न । त्यस्ता जालमा कोही पर्नु हुन्न ।

वि.सं.२०७६ भदौ ८ आइतवार १८:०६ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...