back
CTIZAN AD

बयान नसकिएपछि आज पनि रवि प्रहरी हिरासतमै रहने

वि.सं.२०७६ भदौ ८ आइतवार

867 

shares

८ भदौ, काठमाण्डौं । संचारकर्मी रवि लामिछानेको बयान आज हुन नसकेपछि भोली लिइने भएको छ ।

बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएका पत्रकार युवराज कँडेल, अस्मिता भनिने (रुकु) कार्की र संचारकर्मी रवि लामिछाने लामिछानेलाई बयान लिने समय सकिएपछि लामिछाने र पत्रकार युवराज कँडेल आज पनि चितवन प्रहरीको हिरासतमै रहने बताइएको छ ।
उनीहरु तीनैजनाविरुद्ध चितवन प्रहरीले आज सरकारी वकिलको कार्यालयमार्फत् आत्महत्या दुरुत्साहनको मुद्धा दर्ता गरेको थियो ।

आजको बयानमा रुकुको बयान सकिएपनि लामिछाने र कँडेलको बयान लिन नभ्याइएकोले भोली लिइने बताइएको छ ।

स्मरण रहोस्, माउन्टेन टेलिभिजनमा कार्यरत नुवाकोटका पत्रकार साउन २१ गते चितवनको नारायणगढथित बसपार्कमा रहेको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । उनले आत्महत्या गर्नुपूर्व गरिएको भिडियो रेर्कडमा लामिछाने, कँडेल र कार्कीका कारण आत्महत्या गर्न बाध्य भएको बताएका थिए । सोहि आधारमा चितवन प्रहरीले अनुसन्धानका लागि भन्दै लामिछानेसहित तीनजनालाई साउन ३० गते हिरासतमा लिएको थियो ।

वि.सं.२०७६ भदौ ८ आइतवार १८:३१ मा प्रकाशित

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

काठमाडौँ । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल...

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

गण्डकी । समाजमा अवैध गतिविधि, गुण्डागर्दी गर्ने र शान्तिसुरक्षामा खलल...

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिका...

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

महेन्द्रनगर (धनुषा) । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षामा...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई तत्काल...