back
CTIZAN AD

दिपक सापकोटाद्धारा एनआरएनए डेनमार्कको आइसीसी सदस्यमा उम्मेदवारी

वि.सं.२०७६ भदौ ८ आइतवार

1.3K 

shares

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्को (एनआरएनए) डेनमार्कको आइसीसी सदस्यमा दिपक सापकोटाले उम्मेदवारी दिएका छन् ।


एनआरएनए डेनमार्ककका पूर्वअध्यक्ष समेत रहेका सापकोटाले २०१९–०२१ का लागि आइसिसि सदस्यमा आफ्नो उम्मेदवारी दिदैं एनआरएनए डेनमार्कका लागि मात्र नभएर सम्पूर्ण एनआएनएहरुको हितमा बिभिन्न प्रतिवद्धता समेत जाहेर गरेका छन् ।


आगामी ३१ अगस्तमा हुन लागेको संघको निर्वाचनका लागि आइसिसि सदस्यमा उम्मेदवारी घोषणा गर्दै उनले डेनमार्कमा आर्जित ज्ञान सीप र पुँजीलाई प्रभावकारी माध्यमबाट नेपालसम्म पुर्याउन सहजीकरण गर्ने, डेनमार्कमा नेपाली व्यवसायिक फोरमको निर्माण गर्ने तथा यूरोपस्तरमा नेपाली व्यवसायीहरु विच भेला अन्तक्र्रिया तथा अनुभव आदानप्रदानको वातारण सृजना गर्ने, नेपाली भाषा साहित्य कला तथा संस्कृतिको संबद्र्धनको निम्ति युरोप स्तरमा समन्वय सहकार्यताको लागि अभिप्रेरित गर्ने लगायतका लोकप्रिय कार्यक्रमहरु अघि सारेका छन् ।

उम्मेदवारी घोषणा गर्दै उनले भनेका छन,
यही २०१९ अगस्ट ३१ शनिवार सम्पन्न हुने गैर–आवासीय नेपाली संघ डेनमार्कको निर्वाचनमा म दिपक सापकोटा, आइसीसी प्रतिनिधिको प्रत्यासीको हैसियतले यहाँहरु समक्ष उपस्थित भएको छु । विगतमा एनआरएनए डेनमार्कको अध्यक्षको जिम्मेवारी बहन गरिसकेको सर्वविदित नै छ । २०१३–१५ को कार्यकालमा मेरो नेतृत्व एवम विशेष पहलकदमीमा तत्कालिन आइसिसि अध्यक्ष शेष घले एवम संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोको उपस्थितिमा सामाजिक कोषको स्थापना, नेपाल प्रबद्र्धन कार्यक्रम, नर्डिक क्षेत्रमा विशेष समन्वय सहकार्यताको प्रारम्भ, डेनमार्कमा यूरोपियन क्षेत्रीय बैठक आयोजना हुने वातारणको सृजना लगायतका गतिविधि तथा संगठनको संस्थागत विकासको महत्वपूर्ण आधारशिला तयार भएको तथ्य यहाँहरुलाई स्मरण गराउँन चाहन्छु । साथै नेपाल पर्यटन बोर्डको मानार्थ प्रतिनिधिको जिम्मेवारीमा हँुदा नेपाल प्रवद्र्धनका विविध कार्यक्रमको साथ दुवै देशमा डेनमार्क र नेपाल विच मैत्रिपूर्ण भलिबल खेलको सम्पन्न गरिएको यहाँहरुलाई अवगत गराउन चाहन्छु ।

नेपाल र नेपाली समुदाय, एनआरएन अभियानको हित तथा सहयोगको निम्ति अझै थप योगदान तथा भूमिका निर्वाह गर्न आइसिसि प्रतिनिधिको जिम्मेवारी प्राप्त भएको अवस्थामा एनआरएन डेनमार्कले आयोजना गर्ने विभिन्न कार्यक्रमहरुमा आइसिसि तथा अन्य सरोकारवाला निकायहरुको सहयोग तथा सहकार्यता जुटाउन पहल, डेनमार्कमा आर्जित ज्ञान सीप र पूँजीलाई प्रभावकारी माध्यमबाट नेपालसम्म पुर्याउन सहजीकरण, डेनमार्कमा नेपाली व्यवसायिक फोरमको निर्माण गर्ने तथा यूरोपस्तरमा नेपाली व्यवसायीहरु विच भेला अन्तक्र्रिया तथा अनुभव आदानप्रदानको वातारण सृजना गर्ने, नेपाली भाषा साहित्य कला तथा संस्कृतिको संबद्र्धनको निम्ति युरोप स्तरमा समन्वय सहकार्यताको लागि अभिप्रेरित गर्ने, डेनमार्कमा रहेका प्रतिभाशाली नेपाली खेलाडीहरुलाई नेपालको राष्ट्रिय खेलकुदमा सहभागिताको लागि आइसिसि खेलकुद विभाग मार्फत पहल गर्ने, लगायत कार्यहरुमा मेरो प्राथमिकताका साथ सक्रियता रहने छ भन्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु ।

आफ्नो अमूल्य मत दिई एनआरएन डेनमार्कको आइसिसि प्रतिनिधित्वको अवसर प्रदान गर्नु हुनेछ भन्ने असीम विश्वासको साथ अनुरोध गर्दछु ।’
प्रार्थि :
दिपक सापकोटा
प्रत्यासी,
आईसिसि प्रतिनिधि, एनआरएन डेनमार्क,

वि.सं.२०७६ भदौ ८ आइतवार १९:०८ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...